Techie IT
  • The Film Nepal
  • २०८३ बैशाख ४ शुक्रबार

    अपडेट
    गृहपृष्ठमनोरञ्जनचलचित्र गोबर गणेश को शीर्ष गीत सार्वजनिक साथमा भिडियो सहित

    चलचित्र गोबर गणेश को शीर्ष गीत सार्वजनिक साथमा भिडियो सहित


    काठमाडौं | चलचित्र ‘गोबर गणेश’को शीर्ष गीत सार्वजनिक भएको छ। ‘गोबर गणेश’ बोलको गीतमा मरिचमान श्रेष्ठ (बल्छी धुर्वे)को स्वर छ। शब्द तथा संगीत बाबुल गिरीको छ।क्याची र रमाइलो शैलीको यस गीतले चलचित्रको समग्र मुड झल्काउने प्रयास गरेको छ। गीतले चलचित्र कमेडी बेसमा निर्माण भएको स्पष्ट संकेत गर्छ र कथाको प्रस्तुति शैलीबारे पनि झिनो झलक दिन्छ।

    गीतको भिडियो, शब्द र संगीतले सिनेमाको बेस कमेडी रहेको प्रष्ट्याएको छ । गीतले सबै कुरामा परफेक्ट रहेको व्यक्ति पढाइमा भने कमजोर रहेको पक्षले पार्ने असरलाई देखाएको छ ।पढाई कमजोर हुँदा त्यसले आत्मविश्वास कसरी गिर्छ भन्ने गीतले प्रष्ट पार्छ । सबै कुरामा अब्बल हुँदा पनि पढाई मात्रै कमजोर हुँदा त्यसले समाज र साथीभाइबीच पार्ने नकारात्मक प्रभावलाई गीतले देखाएको छ ।

    गम्भीर विष्टले कोरियोग्राफी गरेको भिडियोमा मरिचमान केन्द्रमा छन् । उनीसँगै वर्षा शिवाकोटी र निर्मल शर्माले पनि राम्रो स्थान पाएका छन् । चलचित्र ‘गोबर गणेश’ माघ १ गते रिलिज हुँदैछ । चलचित्रलाई मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) ले निर्देशन गरेका हुन । छायांकन सकेको यो चलचित्र अहिले पोस्टप्रोडक्सनमा छ ।

    बल्छी धुर्वे फिल्मसको प्रस्तुतिमा निर्माण भइरहेको यो चलचित्रमा बल्छी र वर्षासँगै विनोद न्यौपाने, पदम तामाङ, निर्मल शर्मा, लक्ष्मीनाथ तिमलसेना, सन्तोष बानिया, सन्दीप लामा, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना, पुजन घिमिरे (पुकु), बुद्धि तामाङ, विशाल पहाडी, रमेश बुढाथोकी, स्वस्तिका लामिछानेलगायतका कलाकारको अभिनय छ।

    चलचित्रमा तारानाथ न्यौपाने चिफ एडी, योगेश काजी शाहको बीजीएम, शंकर पाण्डेको प्रोडक्सन, शिवराम श्रेष्ठको छायांकन (डीओपी) र विपीन मल्लको सम्पादन रहेको छ। टौवा स्टुडियोले पब्लिसिटी डिजाइन गरेको यस चलचित्रको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ। नेपालभर चलचित्रको वितरण श्री ब्याकटेस इन्टरटेनमेन्ट ले गर्नेछ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    बलिवुडकी चर्चित गायिका आशा भोसलेलाई हृदयघात, उपचार हुदै

    काठमाडौँ । बलिवुडकी चर्चित पार्श्व गायिका आशा भोसलेलाई हृदयघात भएको छ । ९२ वर्षीया उनी हृदयघातका कारण अस्पताल भर्ना भएको

    कलाकार सागर लम्साल ‘बले’ हाजिरी जमानीमा रिहा

    काठमाडौँ । कलाकार सागर लम्साल (बले) हाजिर जमानीमा रिहा भएका छन् । बलात्कार आरोपमा चैत २१ गते काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ

    चलचित्र ‘बाः एक योद्धा’ मा एकसाथ देखिँदै आमा-छोरी झरना र…

    काठमाडौं । नेपाली चलचित्र क्षेत्रकी सफल अभिनेत्री तथा निर्देशक झरना थापा र उनकी छोरी अभिनेत्री सुहाना थापा पहिलो पटक एउटै

    फिल्म ‘लालीबजार’ पोस्टरमा देखिए स्वस्तिमा र डेब्यु अभिनेता विशाल

    काठमाडौं- आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । नयाँ पोस्टरमा अभिनेत्री स्वस्तिमा

    फिल्म ‘जेरी अन टप’ भारतमा प्रदर्शन हुदै

    काठमाडौं । अनमोल केसी स्टारर फिल्म ‘जेरी अन टप’ भारतमा प्रदर्शन हुने भएको छ । त्यहाँस्थित नेपालीभाषी दर्शकलाई लक्षित गर्दै

    ‘प्रवासी जीवन’ को गीत ‘ढल्दा लागेको घाउ’ सार्वजनिक

    काठमाडौँ । फिल्म ‘प्रवासी जीवन’ को गीत ‘ढल्दा लागेको घाउ’ सार्वजनिक गरिएको छ । गीतमा गायक प्रमोद खरेलको स्वर रहेको

    Techie IT