Techie IT
  • The Film Nepal
  • २०८३ बैशाख ४ शुक्रबार

    अपडेट
    गृहपृष्ठसमाचारजेनजी हत्यारा ओली, लेखकलाई गिरफ्तारका लागि जनदबाब गर्न देशैभरी भण्डाफोर अभियान गर्दै COMMON GEN-Z NEPAL

    जेनजी हत्यारा ओली, लेखकलाई गिरफ्तारका लागि जनदबाब गर्न देशैभरी भण्डाफोर अभियान गर्दै COMMON GEN-Z NEPAL


    काठमाडौं, २३ कात्तिक । COMMON GEN-Z NEPAL राष्ट्रिय भेलाले सातै प्रदेशमा इन्चार्ज र संयोजकको जिम्मेवारी तोकेका छ ।

    COMMON GEN-Z NEPAL का राष्ट्रिय अध्यक्ष विकेश साहले आज (आइतबार) विज्ञप्ती जारी गर्दै राष्ट्रिय भेलाले गरेको निर्णय सार्वजनिक गरेका छन् ।

    राष्ट्रिय अध्यक्ष साहका अनुसार उपत्यका विशेष प्रदेशको इन्चार्जमा साहिल साह र संयोजकमा समृद्धि रेग्मी, कोशी प्रदेशको इन्चार्जमा सुशिल पासवान र संयोजकमा नविन साह, मधेस प्रदेशको इन्चार्जमा रविन्द्र यादव र संयोजकमा प्रदिप साह, बागमती प्रदेशको इन्चार्जमा विकास झा र संयोजकमा प्रसुन्ना आचार्य रहेका छन् ।

    यसैगरी, गण्डकी प्रदेशको इन्चार्जमा मुस्कान घले र संयोजकमा रितिका परियार, लुम्बिनी प्रदेशको इन्चार्जमा विकेश यादव र संयोजकमा पवन साह, कर्णाली प्रदेशको इन्चार्जमा प्रिन्स साह र संयोजकमा सोनिया पटेल र सुदुरपश्चिम प्रदेशको इन्चार्जमा दिपेन्द्र सिंह कुँवर र संयोजकमा राजन साहलाई जिम्मेवारी तोकिएको छ ।

    राष्ट्रिय भेलाले अन्तरिम संविधान र जेनजी नेतृत्वमा नयाँ सरकार गठनको माग गरेको छ । ⁠जेनजी हत्यारा र देश लुटने भ्रष्टाचारीलाई कारवाही गर्नुपर्ने, ⁠जेनजी आन्दोलनकारीमाथिको धरपकड बन्द गर्नुपर्ने, ⁠निकास र विकासमा असफल सुशीला कार्की सरकार तुरुन्त विघटन गर्नुपर्ने, ⁠जेनजीमाथि मुद्धा लगाउने निकम्मा गृहमन्त्री ओमप्रकाश अर्यालले राजिनामा दिनुपर्ने, ⁠जेनजी आन्दोलनका शहिद, घाइते परिवारलाई रोजगारी दिनुपर्ने, ⁠जेनजी आन्दोलनका घाइतेको उपचारमा भइरहेको हेलच्क्रयाई बन्द गर्नुपर्ने लगायतका माग भेलाले गरेको छ ।

    यि माग पुरा गराउनका लागि विभिन्न संघर्षका कार्यक्रम समेत सार्वजनिक गरिएको छ । जेनजी आन्दोलनसंग भएको धोखा बारेमा देशैभरी भण्डाफोर अभियान गर्ने, ⁠जेनजी हत्यारा केपी ओली, रमेश लेखकलाई गिरफ्तारका लागि जनदबाब सृजना गर्ने, ⁠जेनजी आन्दोलनकारीमाथि भइरहेको धरपकडको प्रतिकार गर्ने, ⁠जेनजी आन्दोलनका हत्यारालाई एक हप्ताभित्रमा कारबाही नगरे गृहमन्त्रीलाई ऐरियाबन्दी गर्ने निष्कर्ष भेलाले गरेको अध्यक्ष साहले जनाएका छन् ।

    यस्तै राष्ट्रिय भेलाबाट भएको निर्णय, निष्कर्ष एवं आफ्ना धारणा सार्वजनिक गर्ने उदेश्यले COMMON GEN-Z NEPAL ले सोमबार रिपोर्टर्स क्लब भृकुटीमण्डप, काठमाडौंमा पत्रकार सम्मेलन गर्दैछ ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    डिजल/मट्टीतेलमा प्रतिलिटर ३० र हवाई इन्धनमा ५ रुपैयाँले बढ्याे, पेट्रोलको…

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आजदेखि लागु हुने गरि डिजेल मट्टितेलमा प्रति लिटर

    संसदीय समितिका सभापतिको निर्वाचन,आज मनोनयन दर्ता

    काठमाडौँ । संघीय संसद्अन्तर्गत संसदीय समितिहरूको सभापतिमा आज वैशाख ३० मनोनयन दर्ता हुँदै छ ।संघीय संसद् सचिवालयका अनुसार, दिउँसो १ देखि

    कालीगण्डकीमा बेपत्ता युवा मृत फेला

    पाल्पा । पाल्पाको बगनासकाली गाउँपालिका–७, दैलातुङस्थित कालीगण्डकी नदीमा बेपत्ता भएका एक युवक मृत फेला परेका छन् ।बगनासकाली गाउँपालिका–९, चापपानी झिरभञ्ज्याङका

    वाणिज्य विभागद्धारा छपन्न व्यावसायिक फर्ममा अनुगमन

    काठमाडौँ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँका विभिन्न स्थानमा बुधबार एकैदिन ५६ व्यावसायिक फर्ममा अनुमगन अनुगमन गरेको छ ।खाद्य पदार्थ

    कांग्रेस नेता खड्कालाई थुनामै राख्न सर्वोच्चको आदेश

    काठमाडौं । नेपाली कांग्रेसका नेता दीपक खड्कालाई थुनामै राख्न सर्वोंच्च अदालतले आदेश दिएको छ । न्यायाधीश तिलप्रसाद श्रेष्ठ र शान्तिसिंह

    प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

     काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा बस्ने गरी प्रधानमन्त्री शाहले बैठक अपराह्न ४ः३०

    Techie IT