Techie IT
  • The Film Nepal
  • २०८३ बैशाख ३ बिहीबार

    अपडेट
    गृहपृष्ठराष्ट्रियआज नाग पञ्चमी पर्व मनाइँदै

    आज नाग पञ्चमी पर्व मनाइँदै


    काठमाडौँ |  नाग पञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना गरी घरका मूल ढोकामा टाँसेर मनाइँदै छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइन्छ । घरको मूल ढोकामा नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको छ ।

    नागको पूजा अर्चनाका लागि दूध, मिठाई, फूल अनि धान भुटेर तयार भएको लाभा चढाइन्छ । सामान्यतया अगाडी सर्प नै राखेर पूजा गर्न डरलाग्दो र जोखिमयुक्त हुने भएकाले नाग देवताको प्रतिमा, काठ या चित्रमा आजको दिन पूजा गरिन्छ ।

    नागहरू अकिंत चित्र लिएर ब्राह्मण पुरोहितहरू आआफ्नो जजमानको घरमा दैलोमा गाइको गोबर, दूबो लिएर नाग टाँस्न पुग्दछन् । यसरी दैलोमा टाँसिएको नागको चित्रले वर्षभरि रक्षा गर्ने जनविश्वास छ । नाग पञ्चमीको वास्तविक ऐतिहासिक जरो महाभारतसँग जोडिएको पनि पाइन्छ ।

    नाग पूजाको प्रचलन वैदिककालदेखि नै शुरु भएको हो । वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको हो । वराहपुराणमा उल्लेख भएअनुसार श्रावण शुक्ल पञ्चमीमा नागराजसँग ब्रह्माको संवाद भएकाले पनि आजको दिन नाग पूजाका लागि प्रसिद्ध मानिन्छ ।

    नागको पूजा गर्नेहरुको घुइँचो

    आज काठमाडौंको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशभरका नागदह, कुण्ड र नाग स्थानमा पूजा गर्नेहरुको घुइँचो छ ।

    नागको पूजा गरी गाईको दूध, अक्षता, दुबो, खीर, रोटीलगायतका परिकार प्रसादको रुपमा चढाउने र खाने गरिन्छ ।

    वैज्ञानिकरुपमा प्रकृतिमा भएका विषालु पदार्थलाई नाग, सर्पलगायतका जीवले शोषण गरी मानवलगायत अन्य जातिलाई विषालु पदार्थको प्रभाव पर्न नदिने भएकाले ऋषिमुनिहरुले नागजातिको पूजाआजा गर्ने रित बसालेको विश्वास छ ।

    नागपञ्चमीसँगै चाडबाडको याम सुरु हुन्छ ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    डिजल/मट्टीतेलमा प्रतिलिटर ३० र हवाई इन्धनमा ५ रुपैयाँले बढ्याे, पेट्रोलको…

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आजदेखि लागु हुने गरि डिजेल मट्टितेलमा प्रति लिटर

    संसदीय समितिका सभापतिको निर्वाचन,आज मनोनयन दर्ता

    काठमाडौँ । संघीय संसद्अन्तर्गत संसदीय समितिहरूको सभापतिमा आज वैशाख ३० मनोनयन दर्ता हुँदै छ ।संघीय संसद् सचिवालयका अनुसार, दिउँसो १ देखि

    कालीगण्डकीमा बेपत्ता युवा मृत फेला

    पाल्पा । पाल्पाको बगनासकाली गाउँपालिका–७, दैलातुङस्थित कालीगण्डकी नदीमा बेपत्ता भएका एक युवक मृत फेला परेका छन् ।बगनासकाली गाउँपालिका–९, चापपानी झिरभञ्ज्याङका

    वाणिज्य विभागद्धारा छपन्न व्यावसायिक फर्ममा अनुगमन

    काठमाडौँ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँका विभिन्न स्थानमा बुधबार एकैदिन ५६ व्यावसायिक फर्ममा अनुमगन अनुगमन गरेको छ ।खाद्य पदार्थ

    कांग्रेस नेता खड्कालाई थुनामै राख्न सर्वोच्चको आदेश

    काठमाडौं । नेपाली कांग्रेसका नेता दीपक खड्कालाई थुनामै राख्न सर्वोंच्च अदालतले आदेश दिएको छ । न्यायाधीश तिलप्रसाद श्रेष्ठ र शान्तिसिंह

    प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

     काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा बस्ने गरी प्रधानमन्त्री शाहले बैठक अपराह्न ४ः३०

    Techie IT