Techie IT
  • The Film Nepal
  • २०८३ बैशाख ३ बिहीबार

    अपडेट
    गृहपृष्ठराष्ट्रियप्रधानमन्त्रीद्वारा ‘समृद्धिको अन्तर्वस्तुु’ लोकार्पण

    प्रधानमन्त्रीद्वारा ‘समृद्धिको अन्तर्वस्तुु’ लोकार्पण


    काठमाडौं/ २२ असोज, प्रधानमन्त्री केपी शर्मा ओलीले प्रा डा तत्व तिम्सिनाद्वारा लिखित ‘समृद्धिको अन्तर्वस्तुु’ पुस्तकको आज लोकार्पण गर्नुभएको छ ।
    प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले पुस्तक लोकार्पण गर्दै सुख प्राप्ति हरेक प्राणीको हुने तर मानिसले सम्मानित तथा सुरक्षित जीवन बाँच्न चाहने भएकाले गरिबीको अन्त्य गरी ‘समृद्ध विश्व, सुखी मानव जाति’ तर्फको यात्रामा अग्रसर हुनुपर्नेमा जोड दिनुुभयो । उहाँले कसैलाई पछाडि नपारिने संयुक्त राष्ट्रसङ्घको सङ्कल्पबमोजिम मानिसले अपमानित नभई सम्मानित, सभ्य र शान्त जीवन बाँच्न पाउनुुपर्ने बताउनुुभयो । प्रधानमन्त्री ओलीले समृद्धिका कुरा गर्दा वातावरण संरक्षणका कुरामा ध्यान दिनुुपर्ने बताउनुुभयो ।
    पुस्तकका लेखक त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा तिम्सिनाले प्रधानमन्त्री ओलीद्वारा अघि सारिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षाको आलोकमा खुसी र सुखको वैज्ञानिक विश्लेषण पुस्तकमा गरिएको जानकारी दिनुुभयो । समृद्धि अध्ययन तथा अनुसन्धान केन्द्रद्वारा प्रकाशित पुस्तकमा समृद्धिलाई मन, मस्तिष्क र मनस्थितिका आधारमा विविध सामाजिक र आर्थिक पक्षको लेखाजोखा गरिएको छ । कार्यक्रममा विभिन्न संकायमा अध्ययनरत युवा विद्यार्थीले समृद्धिबारे आफ्नो बुुझाइ प्रस्तुत गरेका थिए ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    डिजल/मट्टीतेलमा प्रतिलिटर ३० र हवाई इन्धनमा ५ रुपैयाँले बढ्याे, पेट्रोलको…

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आजदेखि लागु हुने गरि डिजेल मट्टितेलमा प्रति लिटर

    संसदीय समितिका सभापतिको निर्वाचन,आज मनोनयन दर्ता

    काठमाडौँ । संघीय संसद्अन्तर्गत संसदीय समितिहरूको सभापतिमा आज वैशाख ३० मनोनयन दर्ता हुँदै छ ।संघीय संसद् सचिवालयका अनुसार, दिउँसो १ देखि

    कालीगण्डकीमा बेपत्ता युवा मृत फेला

    पाल्पा । पाल्पाको बगनासकाली गाउँपालिका–७, दैलातुङस्थित कालीगण्डकी नदीमा बेपत्ता भएका एक युवक मृत फेला परेका छन् ।बगनासकाली गाउँपालिका–९, चापपानी झिरभञ्ज्याङका

    वाणिज्य विभागद्धारा छपन्न व्यावसायिक फर्ममा अनुगमन

    काठमाडौँ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँका विभिन्न स्थानमा बुधबार एकैदिन ५६ व्यावसायिक फर्ममा अनुमगन अनुगमन गरेको छ ।खाद्य पदार्थ

    कांग्रेस नेता खड्कालाई थुनामै राख्न सर्वोच्चको आदेश

    काठमाडौं । नेपाली कांग्रेसका नेता दीपक खड्कालाई थुनामै राख्न सर्वोंच्च अदालतले आदेश दिएको छ । न्यायाधीश तिलप्रसाद श्रेष्ठ र शान्तिसिंह

    प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

     काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा बस्ने गरी प्रधानमन्त्री शाहले बैठक अपराह्न ४ः३०

    Techie IT