राष्ट्रपतिबाट दक्षिणकाली माताकाे पूजा अर्चना
काठमाडौ/ २१ असाेज, राष्ट्रपति रामचन्द्र पाैडेल प्रथम महिला सबिता पाैडेलसहित बडादशैंकाे अवसरमा साेमबार बिहान दक्षिणकाली मन्दिर जानुभई दक्षिणकाली माताकाे पूजा अर्चना गर्नुका साथै पूजारीबाट टीका प्रसाद ग्रहण गर्नुभयो ।
काठमाडौंकाे दक्षिण भेग दक्षिणकाली नगरपालिकामा पर्ने याे मन्दिर उपत्यकाको प्रमुख शक्तिपीठ मध्ये एक मानिन्छ ।
साे अवसरमा दक्षिणकाली नगरपालिकाका प्रमुख माेहन बस्नेतले मन्दिर क्षेत्रमा हालैको बाढीले पारेको क्षतिको विवरण प्रस्तुत गर्दै पीडितलाई राहत तथा मन्दिर क्षेत्रकाे पुननिर्माणमा सहयाेगका लागि आग्रह गर्नुभयो । साथै काठमाडौ मकवानपुरकाे सडक छिटो पुननिर्माण गरी सडक निर्वाध सञ्चालनकाे आवश्यकता आैल्यानुभयाे ।
साे अवसरमा राष्ट्रपति पाैडेलले बाढी पैह्राेले यस क्षेत्रमा भएको धनजनको क्षतिप्रति सहानुभूति व्यक्त गर्दै मन्दिर क्षेत्र र सडक निर्माण एवम् पीडितलाई राहतका लागि सरकारकाे ध्यानाकर्षण गराउने बताउनुभयो ।
राष्ट्रपति पाैडेल मन्दिर पुग्नुहुँदा स्थानीय निकायका जनप्रतिनिधि, मन्दिर व्यवस्थापन समितिका पदाधिकारी र सर्वसाधारणले स्वागत गर्नुभएको थियोे
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ कलाकार सागर लम्साल ‘बले’ हाजिरी जमानीमा रिहा
- २ सिन्धु त्रिवेणीघाटको सम्भावना
- ३ यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
- ४ खाना पकाउने ग्याससहित सबैजसो पेट्रोलियम पदार्थको भाउ बढ्यो
- ५ कालीगण्डकीमा बेपत्ता युवा मृत फेला
- ६ ९ वटा बैंकको ब्याजदर घट्यो, १० वटाको स्थिर
- ७ नेपाल तथा भारतका २८ जना प्राज्ञलाई नइ प्रज्ञा पुरस्कार

तपाईको प्रतिक्रिया दिनुहोस