दशैं अगाबै तातोपानी नाका खुलाउन पूर्वमन्त्री बस्नेतकाे पहल
सिन्धुपाल्चोक/ १६ असाेज, नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मनेहनबहादुर बस्नेतले गत विहिबारदेखि शनिबारसम्म परेकाे अभिरल बर्षातका कारण अबरुद्ध बनेको तातोपानी नाकासम्मकाे सडक खुलाउन तिव्र पहल थाल्नुभएकाे छ।

बस्नेतको निर्देशनअनुसार तत्कालै सडक सुचारु गर्नका लागि क्षतीग्रस्त पूल मर्मत गर्न र सडक मर्मत गरि सुचारु गर्न भोटेकोशी गाउँपालिका अध्यक्षकाे समन्वयमा सरोकारवाला निकायको संयोजनमा बैठक बसेर द्रुतगतिमा काम गर्ने तयारी भएको पालिका अध्यक्ष पासाङ नाेर्बु शेर्पाले जानकारी गराउनुभयाे ।
“नेपाल-चीनबीचको सबैभन्दा पुरानो नाका लिपिङ तातोपानी सम्मको मोटरबाटो अन्तर्गत पर्ने लार्चाको मोटररेबल पुल, लिपिङ्ग खोला पुल पूर्ण रुपमा बगाएको छ, कोदारी क्षेत्रमा पहिरोले सडक पूर्ण रुपमा बगाएको छ।” अध्यक्ष शेर्पाले भन्नुभयो ।

बस्नेतले तत्कालै सबै उपाय लगाएर क्षतीग्रस्त पूल तथा मोटर बाटो अस्थायी रुपमा यथाशीघ्र निर्माण गरी पूर्ण रुपमा अवरोध हटाउन निर्देशन दिनुभएको अध्यक्ष शेर्पाले बताउनुभयो । “मंगलबार भएको बैठकमा उहाँ आफै सहभागी भएर सहजीकरण गर्नका लागि मार्गनिर्देश गर्नुभएको छ । तातोपानी नाकालाई चाडपर्व अगावै सञ्चालनमा ल्याउन र पुल बगाएको ठाउँमा अस्थायी पुल निर्माण गर्ने कार्य सुचारु गरिएको छ ।” शेर्पाले भन्नुभयो ।

मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ कलाकार सागर लम्साल ‘बले’ हाजिरी जमानीमा रिहा
- २ सिन्धु त्रिवेणीघाटको सम्भावना
- ३ यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
- ४ खाना पकाउने ग्याससहित सबैजसो पेट्रोलियम पदार्थको भाउ बढ्यो
- ५ कालीगण्डकीमा बेपत्ता युवा मृत फेला
- ६ ९ वटा बैंकको ब्याजदर घट्यो, १० वटाको स्थिर
- ७ नेपाल तथा भारतका २८ जना प्राज्ञलाई नइ प्रज्ञा पुरस्कार

तपाईको प्रतिक्रिया दिनुहोस