Techie IT
  • The Film Nepal
  • २०८३ बैशाख ४ शुक्रबार

    अपडेट
    गृहपृष्ठअन्तराष्ट्रियपोर्चुगलमा कन्सुलर सेवाः बाहिर खुलेआम रकम असुल्छन्, भित्र कर्मचारी आँखा चिम्लिन्छन्’

    पोर्चुगलमा कन्सुलर सेवाः बाहिर खुलेआम रकम असुल्छन्, भित्र कर्मचारी आँखा चिम्लिन्छन्’


    लन्डन । पोर्चुगलमा नेपाली राजदूतावास पेरिसले विगत केही दिनयता घुम्ती शिविर संचालन गरी कन्सुलर सेवा उपलब्ध गराउँदै आएको छ । राजदूतावासले पोर्चुगलस्थित महाबाणिज्य दूतावास बन्द गरिदिएपछि उत्पन्न समस्या समाधानका लागि राजदूतावास आफैंले कर्मचारी पठाएर सेवा दिएको हो । तर राजदूतावासबाट खटिएका कर्मचारी र गैर आवासीय नेपाली संघ पोर्चुगलका पदाधिकारीले खुलेआम सेवाग्राहीसँग अतिरिक्त रकम उठाउँदा आएका छन् । जसको पोर्चुगलबासीले चर्को विरोध गरेका छन् ।
    कन्सुलर सेवा उपलब्ध गराइएको स्थानमा खटिएका संघका पदाधिकारी, संघकै अन्य कर्मचारीले कागजात प्रमाणीकरणका लागि आएका सेवाग्राहीसँग जनही २० युरो अतिरिक्त शुल्क लिइएको भेटिएको हो । पेरिसस्थित नेपाली राजदूतावासबाट खटिएकी सिता बस्नेत र दिपेन्द्र शाहले समेत अतिरिक्त शुल्क उठाउँदा चुप लागेर बसेको संघकै एक पदाधिकारीले बताए । उनका अनुसार कागजात प्रमाणीकरणका लागि ल्याउँदा सेवाग्राहीेले सुरुमा १० युरो र कागजात बुझिलिन आउँदा थप १० युरो अतिरिक्त शुल्क बुझाउँदै आएका छन् । जुन सरासर लुट हो ।
    सेप्टेम्बर २० तारिख आइमामा अपोइन्टमेन्ट भएका बागलुङका किरण गर्बुजाले आफ्नो प्रहरी प्रतिवेदनमा छाप लगाउनका लागि २० युरो अतिरिक्त शुल्क बुझाएको बताए । ‘मैले मेरो लगायत ८ जनाको प्रहरी प्रतिवेदन एनआरएनए पोर्चुगलमा बुझाउँदा राजस्व बाहेक प्रतिव्यक्ति १० यूरोको दरले कुल ८० युरो बुझाएँ । फेरी त्यही कागजात बुझिलिन जाँदा थप ८० युरो अतिरिक्त शुल्क बुझाएँ ।’ उनले भने, ‘नेपाली राजदूतावास पेरीस र एनआरएनए पोर्चुगलको यो कस्तो खालको सेवा हो । आखिर यो लुट किन ?’ गर्बुजामात्रै होइन् चितवन भण्डाराका पवित्रा राना मगरले पनि यस्तै गुनासो पोखिन् । ‘एनआरएनएको ढोकामा बस्ने दाइहरुले कागजात खोज्नुपर्ने भएकोले पैसा दिएमात्रै खोजेर ल्याइदिने भनेपछि मैले १० युरो थमाइदिएँ अनि बल्ल एक घण्टापछि कागजात पाएँ ।’ यो त प्रतिनिधी पात्रमात्रै हुन् । कन्सुलर शिविरमा आउने अधिकांश सेवाग्राही यही समस्याबाट ग्रस्त भएका छन् । सरकारी कर्मचारीको आडमा एनआरएनए पोर्चुगलका पदाधिकारीले गरेको हर्कतले पोर्चुगलका संघ संस्थासमेत आजित बनेका छन् ।
    अनाधिकृत रुपमा सेवाग्राहीसँग अतिरिक्त शुल्क लिएकोबारे एनआरएनए पोर्चुगलका अध्यक्ष उमेश कुमार खड्कासँग बुझ्दा उनले नेपाली राजदूतावास पेरिससँग समन्वय गरेर लिएको बताए । तर यसप्रति राजदुतावासकी कर्मचारी सिता वस्नेतले भने यसबारे आफुलाई केही थाहा नभएको बताइन् । तर बस्नेतले एनआरएनएका कर्मचारीले खुलेआम सेवाग्राहीसँग रकम असुल्दा कानमा तेल हालेर बसेको आरोप नेपाली समुदायले लगाएका छन् । यसअघि महाबाणिज्य दूतावासले प्रति कागजात ९ युरोमा प्रमाणिकरण तथा अनुवाद गर्दै आएको थियो । तर नेपाली राजदूतावास पेरीसले महाबाणिज्य दूतावास बन्द गराएर पोर्चुगलका नेपाली समुदायलाई दुःख दिएको यहाँस्थित नेपालीहरुको भनाई छ ।



    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    आज अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस मनाइँदै

    काठमाडौं । आज अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस मनाइँदै छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष विमान

    इन्डोनेसियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प

    काठमाडौं । इन्डोनेसियामा बिहीबार बिहान ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ ।भूकम्पपछि त्यस क्षेत्रमा सुनामीको चेतावनी दिइएको छ । अमेरिकी

    अमेरिकामा दमकलसँग ठोक्कियो विमान

    काठमाडौं । अमेरिकामा एक विमान दमकलसँग ठोक्किएको छ ।अमेरिकाको न्यूयोर्कको ला गार्डिया विमानस्थलमा आइतबार अवतरणका क्रममा एयर क्यानडाको उक्त विमान दमकलसँग ठोक्किएको

    अमेरिकाले गर्‍यो इरानविरुद्ध बी–२ स्टेल्थ बमवर्षक विमान परिचालन

    काठमाडौं । पश्चिम एसियामा बढ्दो तनावबीच अमेरिकाले इरानविरुद्ध आफ्नो सैन्य कारबाही अझ तीव्र पारेको छ । अमेरिकाले इरानी शासनविरुद्धको अमेरिकी

    संयुक्त राष्ट्रसंघद्वारा सबै पक्षलाई ‘विवेक प्रयोग गर्न’ आग्रह

    काठमाडौं । संयुक्त राष्ट्रसंघका मानवअधिकार प्रमुख भोल्कर टर्कले मध्यपूर्वमा शनिबार भएका आक्रमणहरूको निन्दा गर्दै सबै पक्षलाई वार्तामा फर्कन आग्रह गरेका

    महाशिवरात्रिका लागि पशुपतिमा आएका साधुसन्तलाई आज बिदा गरिँदै

    काठमाडौं । महाशिवरात्रिको अवसरमा पशुपतिनाथको दर्शनका लागि आएका साधुसन्तलाई आज दान दक्षिणासहित बिदा गरिँदैछ । फागुन कृष्ण एकादशीका दिन पशुपतिमा आएका

    Techie IT