Techie IT
  • The Film Nepal
  • २०८३ बैशाख ३ बिहीबार

    अपडेट
    गृहपृष्ठराजनीतिविश्वप्रकाश शर्मा भन्छन् : भष्ट्राचारमा सामेल सबै कांग्रेसलाई कारवाही हुनुपर्छ

    विश्वप्रकाश शर्मा भन्छन् : भष्ट्राचारमा सामेल सबै कांग्रेसलाई कारवाही हुनुपर्छ


    काठमाडौंं । नेपाली कांग्रेका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचार गर्ने कसैलाई नछोड्न सरकारलाई आग्रह गरेका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले कांग्रेसका जति पनि भ्रष्टाचारमा सामेल छन् सबैलाई कारवाही गनुपर्ने बताएका हुन् ।

    उनले भने,‘आशंका गरिएका दुईवटा फाइलहरु छन् । एउटा नक्कली भुटानी शरणार्थी प्रकरण र अर्को गिरिबन्धु जग्गा प्रकरण । गरिमामय संसदमा उभिएर म कसैलाई दोषी ठहर्याउन चाँहदैन र कसैलाई निर्दोष करार गर्न पनि चाहन्न । केवल यति मात्र भन्न चाहन्छु देशको मुहार फेर्न संकल्प लिएर खुलेका दलहरु हुन् कांग्रेस र एमाले । यी दलहरुले सरकारको नेतृत्व गरिरहेको बेला प्रधानमन्त्रीकै शब्दलाई सापट लिएर भन्न चाहन्छु–इमान्दार भएर सबैको अनुसन्धान हुनुपर्छ, । अनुसन्धानले हामी आफैंमाथि प्रश्न खडा हुन सक्छ । त्यसका लागि अनुसन्धानको दायरामा उभिन तयार छौं । अरुमाथि अनुसन्धानको माग गर्न सजिलो हुन्छ तर गार्हो हुन्छ आफूमाथि अनुसन्धान गर्दा । तर आज म यो जिम्मेवार संसदमा उभिएर गिरिबन्धु जग्गाको ७० प्रतिशत जग्गा कांग्रेसले बेचेर खाएको हो भन्ने आरोप छ । तर यो प्रकरणमा कांग्रेसका को व्यक्ति हुन हो छानविनको दायरामा ल्याओस ।’ंंंंंंंंंंंंंंंंंंं

    साथै उनले सरकारले शोकमा दुई खालको व्यवहार गरेको टिप्पणी गरेका छन् । गत साउन ९ गते सौर्य एयर र गत २०७९ माघ १ गते पोखरामा यती एयरलाइन्सको विमान दुर्घटनामा सरकारले फरक व्यवहार गरेको बताएका हुन् ।

    उनले हवाइ र विमान दुर्घटनापछिको शोकमा पनि सरकारले फरक व्यवहार गरेको उनको भनाइ छ । उनले आगामी दिनमा शोकमा सरकारले फरक व्यवहार नगरोस् भन्दै ध्यानाकार्षण गराए ।

    ‘सौर्य एयरको जहाज दुर्घटनाको भोलिपल्ट हामीले राष्ट्रिय झण्डा आधा झुकायौं । २०७९ माघ १ मा पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना भयो । यसको भोलिपल्ट हामीले राष्ट्रिय शोकको घोषणा गर्यौं । एउटै प्रकृतिको दुर्घटना, तर शोकमा हामीले दुई खालको व्यवहार गर्यौं । दुर्घटना र मृत्यु सबै दुःखद् हुन्छन्,’ उनले भने, ‘यसबीचमा चौतर्फी रुपमा ध्यानाकार्षण नागरिक पंक्तिबाट गराइएको छ । त्रिशुलीमा पनि बस खस्यो तर, न हामीले आधा झण्डा झुकायौं न कुनै शोकको घोषणा गर्यौं । म कामना गर्छु– आगामी दिनमा हवाइ होस्, या सडक होस्, यो प्रकृतिका दुर्घटनाहरु सुन्न नपरोस् । दुर्घटना भइहाल्यो भने राज्यले गर्ने व्यवहारमा एकरुपता कायम हुन सकोस् ।’

     




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    डिजल/मट्टीतेलमा प्रतिलिटर ३० र हवाई इन्धनमा ५ रुपैयाँले बढ्याे, पेट्रोलको…

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आजदेखि लागु हुने गरि डिजेल मट्टितेलमा प्रति लिटर

    संसदीय समितिका सभापतिको निर्वाचन,आज मनोनयन दर्ता

    काठमाडौँ । संघीय संसद्अन्तर्गत संसदीय समितिहरूको सभापतिमा आज वैशाख ३० मनोनयन दर्ता हुँदै छ ।संघीय संसद् सचिवालयका अनुसार, दिउँसो १ देखि

    कालीगण्डकीमा बेपत्ता युवा मृत फेला

    पाल्पा । पाल्पाको बगनासकाली गाउँपालिका–७, दैलातुङस्थित कालीगण्डकी नदीमा बेपत्ता भएका एक युवक मृत फेला परेका छन् ।बगनासकाली गाउँपालिका–९, चापपानी झिरभञ्ज्याङका

    वाणिज्य विभागद्धारा छपन्न व्यावसायिक फर्ममा अनुगमन

    काठमाडौँ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँका विभिन्न स्थानमा बुधबार एकैदिन ५६ व्यावसायिक फर्ममा अनुमगन अनुगमन गरेको छ ।खाद्य पदार्थ

    कांग्रेस नेता खड्कालाई थुनामै राख्न सर्वोच्चको आदेश

    काठमाडौं । नेपाली कांग्रेसका नेता दीपक खड्कालाई थुनामै राख्न सर्वोंच्च अदालतले आदेश दिएको छ । न्यायाधीश तिलप्रसाद श्रेष्ठ र शान्तिसिंह

    प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

     काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा बस्ने गरी प्रधानमन्त्री शाहले बैठक अपराह्न ४ः३०

    Techie IT