Techie IT
  • The Film Nepal
  • २०८३ बैशाख ३ बिहीबार

    अपडेट
    गृहपृष्ठसमाचारनेकपा एकता राष्ट्रिय अभियान मकवानपुरको सिंगो कमिटी आजपामा समाहित

    नेकपा एकता राष्ट्रिय अभियान मकवानपुरको सिंगो कमिटी आजपामा समाहित


    काठमाडौं, २५ कात्तिक । नेकपा एकता राष्ट्रिय अभियानका केन्द्रीय सदस्य एवं मकवानपुर जिल्ला ईन्चार्ज नवराज ढुङगाना सहित सिंगो मकवानपुर जिल्ला कमिटी नै आम जनता पार्टी (आजपा) मा समाहित भएको छ ।

    आजपाको केन्द्रीय कार्यालय कोटेश्वर, काठमाडौंमा आज (मंगलबार) ढुङगाना नेकपा एकता राष्ट्रिय अभियान परित्याग गरि आजपामा प्रवेश गरेका हुन । आजपा अध्यक्ष एंव पूर्वमन्त्री प्रभु साहले ढुंगानालाई टिका, अबिर, खादा लगाएर पार्टी प्रवेश गराएका हुन ।

    विगत लामो समयदेखि नेपालको वामपन्थी आन्दोलनमा सक्रिय ढुङगाना नेकपा एकता अभियानका केन्द्रीय सदस्य एवं मकवानपुर जिल्ला ईन्चार्ज थिए । ढुंगाना सहित जिल्ला अध्यक्ष सुमन गौतम सहित ३३ सदस्यीय जिल्ला कार्यसमितिका सबै नेता आजपामा प्रवेश गरेको छ ।

    देशको निकास एवं विकासका लागि अबको विकल्प आम जनताको साझा शक्ति आम जनता पार्टी नै रहेको ठहर सहित उनी आजपामा आबद्ध भएका हुन ।

    ‘नेकपा एकता राष्ट्रिय अभियान पार्टीमा भएका मकवानपुर जिल्ला कार्य समितिका अध्यक्ष सुमन गौतमको नेतृत्व्मा ३३ सदस्य पूर्णकार्य समिति आबद्ध छ । हाल वर्तमान राजनैतिक अस्थिरतामा रुपलिदै गरेको अवस्थामा अबको राजनैतिक विकल्प बोकेको अग्रगामी सोच र परिवर्तनको बाहक रहेको जनताको पार्टी नै आम जनता पार्टी भएकाले हामी मकवानपुर जिल्ला कार्य समितिका सम्पूर्ण सदस्यहरु आजकै दिनदेखी आम जनता पार्टीमा गोलबन्द भएर देश विकासको लागि अगाडी बढने प्रतिबद्धता सहित समाहित भएको जानकारी गराउदछौं,’ जिल्ला इन्चार्ज ढुङगानाद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

    नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतम तत्कालीन नेकपा एकीकृत समाजवादीसंग एकता गरेपछि ढुङगाना सहितका नेताहरू एकतामा गएनन ।

    राष्ट्रियता, लोकतन्त्र, अर्थतन्त्र लगायतका बिषयमा आजपाले उठाउदै आएको महत्वपूर्ण बिषय आफुलाई ठिक लागेको र मुलुक तथा नेपाली जनताको हितमा रहेकाले आजपामा प्रवेश गरेको ढुङगानाले जनाएका छन ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    कांग्रेस नेता खड्कालाई थुनामै राख्न सर्वोच्चको आदेश

    काठमाडौं । नेपाली कांग्रेसका नेता दीपक खड्कालाई थुनामै राख्न सर्वोंच्च अदालतले आदेश दिएको छ । न्यायाधीश तिलप्रसाद श्रेष्ठ र शान्तिसिंह

    प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

     काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा बस्ने गरी प्रधानमन्त्री शाहले बैठक अपराह्न ४ः३०

    आजदेखि ७५३ स्थानीय तहमा व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

    काठमाडौं । आजदेखि देशका ७५३ वटै स्थानीय तहले विभिन्न कार्यक्रमका साथ ‘व्यक्तिगत घटना दर्ता सप्ताह’ सञ्चालन गर्ने भएका छन् । राष्ट्रिय

    दुई दशकपछि मुख्यमन्त्रीको कुर्सीबाट ओर्लिए नितिश कुमार

    काठमाडौँ।भारत, बिहारको राजनीतिका प्रभावशाली नेता नितिश कुमारले मंगलबार मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन्।  राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडिए) ले गठबन्धनको विधायक

    उपत्यकामा चल्यो रात्रिकालीन साझा बस

    काठमाडौँ।काठमाडौं उपत्यकामा आजदेखि रात्रिकालीन बस सेवा सुरू गरिएको छ। साझा यातायातले राति ८ बजेदेखि ११ बजेसम्म दुई रूटमा सेवा सञ्चालन

    सरकारद्वारा ‘राष्ट्रिय प्रतिबद्धता’ मस्यौदा सार्वजनिक

    काठमाडौं । सरकारले फागुन २१ गते सम्पन्न निर्वाचनमा राष्ट्रिय मान्यता प्राप्त गरेका ६ वटा राजनीतिक दलका घोषणापत्रका आधारमा ‘राष्ट्रिय प्रतिबद्धता’को

    Techie IT