Techie IT
  • The Film Nepal
  • २०८३ बैशाख २ बुधबार

    अपडेट
    गृहपृष्ठसमाचारमेयर बालेनले कानुनी राज्यकाे उपहास गरेको सडक डिभिजन काठमाडौंको प्रतिक्रिया

    मेयर बालेनले कानुनी राज्यकाे उपहास गरेको सडक डिभिजन काठमाडौंको प्रतिक्रिया


    काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो कार्यालय प्रवेशद्वारमा फोहोर फालेको भन्दै सडक विभाग अन्तरगत रहेको सडक डिभिजन काठमाडौंले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । शनिबार साँझ एक विज्ञप्ति जारी गर्दै मिनभवन स्थित कार्यालयको गेटमा महानगरपालिकाको मिनी टिप्परबाट कार्यालय परिसर छिर्न समेत अवरोध हुने गरी फोहोर फालिएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

    डिभिजनको गेटमा देशकै ठुलो तथा जिम्मेवार स्थानीय सरकारबाट कानुनी राज्यको उपहास हुने गरी बलमिच्याई तथा अराजक शैलीबाट भएको यस किसिमको व्यवहारले महानगरको गरिमा कदापि नबढ्ने विज्ञप्तीमा उल्लेख गरिएको छ ।

    विज्ञप्तीमा भनिएको छ, ‘काठमाडौं महानगरपालिककाको मिनि टिप्परबाट कार्यालय परिसर छिर्न समेत अवरोध हुनेगरी फोहोर फालिएको विषयले सडक डिभिजन काठमाण्डौंको गम्भिर ध्यानाकर्षण भएको छ । काठमाण्डौं जिल्ला भित्रका सडक निर्माण तथा मर्मत संभारको महत्वपूर्ण जिम्मेवारी पाएको यस सडक डिभिजनको गेटमा देशकै ठूलो तथा जिम्मेवार स्थानिय सरकारबाट कानुनी राज्यको उपहास हुने गरी बलमिच्याई तथा अराजक शैलीवाट भएको यस किसिमको व्यवहारले महानगरको गरिमा कदापि नबढ्ने विषय छर्लङ्ग छ ।’

    त्यस्तै जथाभाबी सडक काट्न रोकेपछि बालेनले डिभिजनसँग सरोकार नै नभएको विषयलाई कारण बनाई कानुनी राज्यको उपहास गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । ‘मिति २०८१।०२।११ गते शुक्रवार काठमाण्डौँ महानगरपालिकाका मेयर तथा यस डिभिजनका डिभिजन प्रमुख विच महानगर भित्रका सडक सुधारका विविध विषयमा छलफल भई नियम बमोजिम सहकार्य गरेर अगाडि जाने तथा साझा धारणा बनाई महानगर भित्रका सडक सुन्दर तथा व्यवस्थित बनाउने विषयमा छलफल भएको थियो। साथै यस अघि महानगरपालिकाबाट नियमबमोजिम यस डिभिजनमा सडक काट्न माग भई आएका सबै अनुमती दिइएको समेत जानकारी गराईन्छ । आज मिति २०८१।०२।१२ गते शनिबार करिब १२ बजे न्यूरोड क्षेत्रमा यस डिभिजनको जिम्मामा रहेको सडकमा विना अनुमती सडक काटी सडकको चौडाई घटाउने कार्यमा महानगरपालिका लागेको बखत बिना अनुमती सडक काटेर साघुरो बनाउन नहुने भनि सडक डिभिजनबाट सो कार्यमा रोक लगाईएको विषयलाई विषयान्तर गरी डिभिजन सँग सरोकार नभएको विषयलाई कारण बनाई गरिएको यस किसिमको व्यवहारले कानुनी राज्यको उपहास गरेको ठम्याई यस सडक डिभिजनको रहेको छ’ विज्ञप्तीमा उल्लेख छ ।

    यसअघि मेयर बालेन्द्र शाह ९बालेन०ले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई धूलो उपहार पठाएका थिए । महानगरले शनिबार साँझ ‘एक ट्रक धुलो उपहार’ भन्दै विभागको कार्यालय अघि धुलो खन्याएको थियो । विगत १५ वर्षदेखि काठमाडौँका जनताले कलंकीदेखि महाराजगञ्जसम्म रिङरोड विस्तारको नाममा धेरै धूलो र कष्ट व्यहोर्नुपरेको बालेनको भनाइ छ ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    कांग्रेस नेता खड्कालाई थुनामै राख्न सर्वोच्चको आदेश

    काठमाडौं । नेपाली कांग्रेसका नेता दीपक खड्कालाई थुनामै राख्न सर्वोंच्च अदालतले आदेश दिएको छ । न्यायाधीश तिलप्रसाद श्रेष्ठ र शान्तिसिंह

    प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

     काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा बस्ने गरी प्रधानमन्त्री शाहले बैठक अपराह्न ४ः३०

    आजदेखि ७५३ स्थानीय तहमा व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

    काठमाडौं । आजदेखि देशका ७५३ वटै स्थानीय तहले विभिन्न कार्यक्रमका साथ ‘व्यक्तिगत घटना दर्ता सप्ताह’ सञ्चालन गर्ने भएका छन् । राष्ट्रिय

    दुई दशकपछि मुख्यमन्त्रीको कुर्सीबाट ओर्लिए नितिश कुमार

    काठमाडौँ।भारत, बिहारको राजनीतिका प्रभावशाली नेता नितिश कुमारले मंगलबार मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन्।  राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडिए) ले गठबन्धनको विधायक

    उपत्यकामा चल्यो रात्रिकालीन साझा बस

    काठमाडौँ।काठमाडौं उपत्यकामा आजदेखि रात्रिकालीन बस सेवा सुरू गरिएको छ। साझा यातायातले राति ८ बजेदेखि ११ बजेसम्म दुई रूटमा सेवा सञ्चालन

    सरकारद्वारा ‘राष्ट्रिय प्रतिबद्धता’ मस्यौदा सार्वजनिक

    काठमाडौं । सरकारले फागुन २१ गते सम्पन्न निर्वाचनमा राष्ट्रिय मान्यता प्राप्त गरेका ६ वटा राजनीतिक दलका घोषणापत्रका आधारमा ‘राष्ट्रिय प्रतिबद्धता’को

    Techie IT