Techie IT
  • The Film Nepal
  • २०८३ बैशाख २ बुधबार

    अपडेट
    गृहपृष्ठसमाचारधौलागिरि क्षेत्रमा ब्रह्माण्डीय महायज्ञ

    धौलागिरि क्षेत्रमा ब्रह्माण्डीय महायज्ञ


    गलकोट । राष्ट्रपति रामचन्द्र पौडेलले धौलागिरि क्षेत्र पवित्र तपोभूमि रहेको बताएका छन् ।
    पवित्र शालिग्राम पाइने कालीगण्डकी नदी, मुक्ति क्षेत्र, पञ्चकोट, गलेश्वरधाम र कालिका मन्दिरले धौलागिरि क्षेत्र एक पवित्र धार्मिक तपोभूमि रहेको उनले बताएका हुन् ।
    बागलुङ नगरपालिका–६ सर्वसिद्धिधाम पञ्चकोटमा भइरहेको अनन्तश्री ब्रह्माण्डीय महायज्ञमा धारणा राख्दै राष्ट्रपति पौडेलले धौलागिरि क्षेत्रमा पछिल्लो समय पञ्चकोटको महत्व र महिमा बढेको बताए । उनले पाँचकोटको सङ्गमस्थलमा स्वामी कमलनयनाचार्यको सत्कङ्कल्पमा यी बृहत् संरचना निर्माण भएको देखेर आफूलाई खुसी लागेको पनि राष्ट्रपतिले बताए ।
    ‘धौलागिरि क्षेत्र आफैंमा तपोभूमि हो, मुक्तिक्षेत्र, दामोदर कुण्ड, गलेश्वर धामसँगै अहिले पञ्चकोटको नाम आइरहेको छ, म पहिला शालिग्राम सङ्ग्रहालय आएको थिएँ, नदी र जल सम्पदाको संरक्षणमा यो महायज्ञ आयोजना भएको मैले पाएँ’ राष्ट्रपति पौडेलले भने, ‘कुडुलेमा सवा लाख शालिग्राम दर्शन गरेको थिएँ, अहिले यो पवित्र भूमि पञ्चकोट आउँदा आफूलाई खुसी लागेको छ, महायज्ञले धार्मिक प्रसार मात्रै गरेको छैन, जलसम्पदा, सङ्कटमा रहेको शालिग्रामलाई जोगाउन थालेको छ ।’

    संस्कृत, परम्परा, मूल्य र मान्यताले नेपालीलाई एकताबद्ध बनाएको भन्दै राष्ट्रपति पौडेलले नेपालका नदीहरु पवित्र रहेको पनि बताएका छन् ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    आजदेखि ७५३ स्थानीय तहमा व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

    काठमाडौं । आजदेखि देशका ७५३ वटै स्थानीय तहले विभिन्न कार्यक्रमका साथ ‘व्यक्तिगत घटना दर्ता सप्ताह’ सञ्चालन गर्ने भएका छन् । राष्ट्रिय

    दुई दशकपछि मुख्यमन्त्रीको कुर्सीबाट ओर्लिए नितिश कुमार

    काठमाडौँ।भारत, बिहारको राजनीतिका प्रभावशाली नेता नितिश कुमारले मंगलबार मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन्।  राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडिए) ले गठबन्धनको विधायक

    उपत्यकामा चल्यो रात्रिकालीन साझा बस

    काठमाडौँ।काठमाडौं उपत्यकामा आजदेखि रात्रिकालीन बस सेवा सुरू गरिएको छ। साझा यातायातले राति ८ बजेदेखि ११ बजेसम्म दुई रूटमा सेवा सञ्चालन

    सरकारद्वारा ‘राष्ट्रिय प्रतिबद्धता’ मस्यौदा सार्वजनिक

    काठमाडौं । सरकारले फागुन २१ गते सम्पन्न निर्वाचनमा राष्ट्रिय मान्यता प्राप्त गरेका ६ वटा राजनीतिक दलका घोषणापत्रका आधारमा ‘राष्ट्रिय प्रतिबद्धता’को

    आजदेखि नयाँ वर्ष २०८३ साल सुरु, हर्षोल्लासका साथ मनाइँदै

    काठमाडौँ । विक्रम संवतको पात्रोअनुसार आजदेखि २०८३ नयाँ वर्ष शुरु भएको छ । हरेक वैशाख १ गते हुने नयाँ वर्षलाई

    उपसभामुखले गरिन पदभार ग्रहण

    काठमाडौं । उपसभामुख रुबीकुमारी ठाकुरले पदभार ग्रहण गरेकी छन् ।सोमबार सिंहदरबार स्थित कार्यकक्षमा पुगेर उनले पदभार सम्हालेकी हुन् । पदभार

    Techie IT