Techie IT
  • The Film Nepal
  • २०८३ बैशाख २ बुधबार

    अपडेट
    गृहपृष्ठराष्ट्रियआयात १.१ प्रतिशतले वृद्धि चालु

    आयात १.१ प्रतिशतले वृद्धि चालु


    काठमाडौं/ ३० असाेज, आर्थिक वर्षको भदौमा मात्र वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३.८५ प्रतिशत भएको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको प्रतिवेदन अनुसार उपभोक्ता मुद्रास्फीति ३.८५ प्रतिशत रहेको छ; जुन अघिल्लो आवको सोही महिनामा यस्तो मुद्रास्फीति ८.१९ प्रतिशत थियो ।
    समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.०३ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.१९ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा यी समूहको मुद्रास्फीति क्रमशः ९.७७ प्रतिशत र ७.१९ प्रतिशतले वृद्धि भएको थियो ।
    आयात/निर्यात
    चालु आव २०८१/८२ को दुई महिना (साउन–भदौ) मा कुल वस्तु आयात १.१ प्रतिशतले वृद्धि भई २६२ अर्ब ५४ करोड पुगेको नेपाल राष्ट्र बैङ्कको प्रतिवेदनमा उल्लेख छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ५.१ प्रतिशतले कमी आएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत तथा अन्य देशबाट भएको आयात क्रमशः ०.१ प्रतिशत र ५१ प्रतिशतले कमी आएको छ भने चीनबाट भएको आयात ११.९ प्रतिशतले वृद्धि भएको छ ।
    वस्तुगत आधारमा यातायात उपकरण, सवारीसाधन तथा अन्य सवारीसाधनका स्पेयर पार्टस्, खानेतेल, रासायनिक मल, दूरसञ्चार उपकरण तथा पार्ट्स, वस्तुको आयात बढेको छ भने सुन, एमएस विलेट, धान तथा चामल, कच्चा पाम तेल, विद्युतीय उपकरणलगायतका वस्तुको आयात घटेको प्रतिवेदनमा उल्लेख छ ।
    निर्याततर्फ भैरहवा, सुक्खा बन्दरगाह, कैलाली, कृष्णनगर तथा नेपालगन्ज भन्सार कार्यालयबाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । आयाततर्फ भैरहवा, सुक्खा बन्दरगाह, जलेश्वर, कैलाली, मेची, रसुवा तथा तातोपानी भन्सार कार्यालयबाहेकका सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा कमी आएको बताइएको छ ।
    आव २०८१/८२ को दुई महिनामा कुल वस्तु व्यापार घाटा १.८ प्रतिशतले वृद्धि भई २३७ अर्ब ४५ करोड रुपियाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ४.७ प्रतिशतले कमी आएको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ९.६ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १०.२ प्रतिशत थियो । समीक्षा अवधिमा भारतबाट विदेशी मुद्रा भुक्तानी गरी २९ अर्ब ९३ करोड रुपियाँ बराबरको वस्तु आयात भएको छ ।
    अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३२ अर्ब १४ करोड बराबर थियो ।
    चालु आवको दुई महिनामा कुल वस्तु निर्यात ५.१ प्रतिशतले घटी २५ अर्ब नौ करोड रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो निर्यातमा ७.८ प्रतिशतले कमी आएको थियो । भारततर्फ ४.५ प्रतिशत, चीनतर्फ ४५.३ प्रतिशतले कमी आएको छ ।
    खर्च तथा राजस्व
    चालु आवको दुई महिनामा नेपाल सरकारको कुल खर्च १३७ अर्ब ५५ करोड रुपियाँ रहेको बैङ्कको प्रतिवेदनमा उल्लेख छ । समीक्षा अवधिमा चालु खर्च ८२ अर्ब ९९ करोड, पुँजीगत खर्च १४ अर्ब ८९ करोड र वित्तीय व्यवस्था खर्च ३९ अर्ब ६७ करोड रुपियाँ रहेको छ ।
    त्यस्तै समीक्षा अवधिमा सरकारको कुल राजस्व परिचालन १६६ अर्ब ३९ करोड पुगेको छ । यस अन्तर्गत कर राजस्व १४५ अर्ब १९ करोड र गैरकर राजस्व २१ अर्ब १९ करोड परिचालन भएको प्रतिवेदनमा उल्लेख छ ।
    सरकारसँग भदौ मसान्तमा नेपाल राष्ट्र बैङ्कमा रहेका सरकारका विभिन्न खातामा २६९ अर्ब ५३ करोड नगद मौज्दात छ । २०८१ असार मसान्तमा यस्तो मौज्दात ९१ अर्ब ७८ करोड थियो ।
    चालु आवको भदौ महिनामा मात्र एक खर्ब २६ अर्ब २१ करोड रुपियाँ रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैङ्कले जनाएको छ । साउनमा एक खर्ब ३६ अर्ब ९३ करोड रुपियाँ बराबरको रेमिट्यान्स आएको थियो । योसँगै दुई महिनामा रेमिट्यान्स आप्रवाह दुई खर्ब ६३ अर्ब १४ करोड पुगेको नेपाल राष्ट्र बैङ्कको प्रतिवेदनमा उल्लेख छ ।
    यो अवधिमा भएको आप्रवाह अघिल्लो आवको दुई महिनामा भएको रेमिट्यान्स आप्रवाहको तुलनामा २२.८० प्रतिशत बराबर हो । त्यसमध्ये डलरमा आएको रेमिट्यान्स एक अर्ब दुई करोड रुपियाँ बराबर रहेको प्रतिवेदनमा उल्लेख छ ।
    दुई महिनाको अवधिमा मात्रै वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिनेको सङ्ख्या ३६ हजार ९२८ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या २२ हजार ६४७ रहेको छ । श्रम स्वीकृति लिनेको सङ्ख्या घटे पनि यो अवधिमा पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या बढेको छ ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    आजदेखि ७५३ स्थानीय तहमा व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

    काठमाडौं । आजदेखि देशका ७५३ वटै स्थानीय तहले विभिन्न कार्यक्रमका साथ ‘व्यक्तिगत घटना दर्ता सप्ताह’ सञ्चालन गर्ने भएका छन् । राष्ट्रिय

    दुई दशकपछि मुख्यमन्त्रीको कुर्सीबाट ओर्लिए नितिश कुमार

    काठमाडौँ।भारत, बिहारको राजनीतिका प्रभावशाली नेता नितिश कुमारले मंगलबार मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन्।  राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडिए) ले गठबन्धनको विधायक

    उपत्यकामा चल्यो रात्रिकालीन साझा बस

    काठमाडौँ।काठमाडौं उपत्यकामा आजदेखि रात्रिकालीन बस सेवा सुरू गरिएको छ। साझा यातायातले राति ८ बजेदेखि ११ बजेसम्म दुई रूटमा सेवा सञ्चालन

    सरकारद्वारा ‘राष्ट्रिय प्रतिबद्धता’ मस्यौदा सार्वजनिक

    काठमाडौं । सरकारले फागुन २१ गते सम्पन्न निर्वाचनमा राष्ट्रिय मान्यता प्राप्त गरेका ६ वटा राजनीतिक दलका घोषणापत्रका आधारमा ‘राष्ट्रिय प्रतिबद्धता’को

    आजदेखि नयाँ वर्ष २०८३ साल सुरु, हर्षोल्लासका साथ मनाइँदै

    काठमाडौँ । विक्रम संवतको पात्रोअनुसार आजदेखि २०८३ नयाँ वर्ष शुरु भएको छ । हरेक वैशाख १ गते हुने नयाँ वर्षलाई

    उपसभामुखले गरिन पदभार ग्रहण

    काठमाडौं । उपसभामुख रुबीकुमारी ठाकुरले पदभार ग्रहण गरेकी छन् ।सोमबार सिंहदरबार स्थित कार्यकक्षमा पुगेर उनले पदभार सम्हालेकी हुन् । पदभार

    Techie IT