विश्वका २० जना भ्रष्टचार विरोधी अभियन्तालाई एन्टी करप्शन अवार्ड
काठमाडौँ – विश्वका भ्रष्टचारविरोधी विश्वका २० जना उत्कृष्ट अभिन्ताहरूलाई उज्बेकस्तानको राजधानी तासकन्द शहरमा आयोजित एक कार्यक्रममा सम्मान गरिएको छ।
कतारी आमिर अनख तमिम बिन हमाद अल थानीको नाममा स्थापित एन्टी करप्शन अवार्ड मंगलबार उज्बेकस्तानका राष्ट्रपति शवकट मिर्जियोयेवले विश्वका २० जना अभियन्तालाई प्रदान गर्नुभएको हो।
भ्रष्टाचारविरूद्ध सांसदहरूको विश्वव्यापी संगठन (गोपाक) को समेत सहकार्यमा विश्वका २० जना भ्रष्टचार अभियन्ताहरूलाई उक्त अवार्ड प्रदान गरिएको गोपाकका कार्यकारी बोर्ड सदस्य एवं नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव जगन्नाथ खतिवडाले बताउनु भएको छ।
संयुक्त राष्ट्र संघ अन्तरगतको लागुऔषध तथा अपराध सम्बन्धि संयुक्त राष्ट्र संघीय कार्यालयको प्रयासमा भ्रष्टाचारविरूद्धको अभियानमा सक्रिय संसारभरका २० जना अभियन्ताहरूलाई अवार्डका निम्ति छनौट गरिएको थियो।
अन्तर्राष्ट्रिय भ्रष्टाचार विरोधी उत्कृष्ट अवार्ड २०२३ बाट सम्मानित हुनेमा नाइजेरियाकी डा।सोप विलियम्स फेलो, केन्याका श्री जोन गिथोन्गो, इन्डोनेसियाका एरी हार्दजापामेकस, जिम्बाब्बेका होपवेल चिनोनो, लेवनानकी सेरेना इब्राहिम, इटालीका डा।अर्नेस्टो सरोना, अमेरिकाकी डा।लिसा ए किहल, नवप्रवर्तक तथा खोजि पत्रकारिता गरेवापत ब्राजिलियन संस्था ओपिएस र लेवनानका रियाद कोबैसी रहेको उपमहासचिव खतिवडाले बताउनु भयो।
त्यस्तै उपमहासचिव खतिवडाकानुसार अवार्ड प्राप्त गर्नेमा बेलायतका प्रो। माइकल लेवी, बेल्जीयमको संस्था जेउनेसस म्यजिकल्स इन्टरनेशनल, मेक्सिकोकी फर्नान्डा एन्जेलिका, पानाका डा।रोजर कोरेन्टेङ्ग, नाइजेरियाका श्री नुहु रिबाडु, लाइबेरियाकी रोबर्ट नेजाइ पायली, भारतीय संस्था आइ पेएड ब्रिब, चिनकी प्रो।जुर्मेल वाङ, जोर्डनकी हानान खान्दगजी रहनु भएको छ।
कार्यक्रममा खुला हातले पारदर्शिताको संकेत गरेको लोगो घुमाएको भिडियो प्रस्तुत गरिएको थियो। कार्यक्रमलाई उज्बेकस्तानका राष्ट्रपति, संयुक्त राष्ट्र संघ अन्तरगतको लागुऔषध तथा अपराधसम्बन्धि संयुक्त राष्ट्र संघीय कार्यालयका प्रतिनिधि, गोपाकका अध्यक्ष मो।अली विनलगायतले सम्बोधन गर्नुभएको थियो।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया दिनुहोस