Techie IT
  • The Film Nepal
  • २०८३ बैशाख २ बुधबार

    अपडेट
    गृहपृष्ठविश्वइन्डोनेसियामा बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ५०२

    इन्डोनेसियामा बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ५०२


    काठमाडौं। इन्डोनेसियामा चक्रवाती तुफानका कारण भएको अत्यधिक वर्षामा परी हालसम्म मृत्यु हुनेको संख्या ५०२ पुगेको छ ।‘चक्रवात सेन्यार’ तुफानका कारण इन्डोनेसियामा विनाशकारी बाढीपहिरोमा परी कैयौँ घर बगेका छन् भने भवन डुबेका छन् ।
    अझै पनि बाढी प्रभावित क्षेत्र मुख्य सहरबाट पहुँचविहीन छन् । केही ठाउँमा पाँच दिनदेखि मोबाइल सिग्नल नआएको बताइएको छ ।सम्पर्कविहीन भएका मानिस खोज्न उद्धारकर्मी परिचालन गरिएको छ ।

    यसै महिना एसियाभरि भएको अत्यधिक वर्षा र तुफानले थाइल्यान्ड, मलेसिया, फिलिपिन्सका केही भागमा विनाश  निम्त्याएको छ । उक्त विनाशले लाखौं मानिसलाई प्रभावित भएका छन् ।गत महिनाको सुरुमा भियतनाममा धेरै दिनसम्म भएको भारी वर्षामा कम्तीमा ९० जनाको ज्यान गएको थियो ।यसैगरी, थाइल्यान्डमा १७० जना र मलेसियामा तीन जनाको मृत्यु पुष्टि भएको छ । नोभेम्बरको सुरुमा फिलिपिन्समा आएको तुफानले ३०० जनाको ज्यान लिएको थियो ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    होर्मुजमा नाकाबन्दी गर्ने तयारी,तेलको भाउ अकासिने चिन्ता

    काठमाडौँ।अमेरिका र इरानबिच जारी युद्ध अन्त्य गर्ने प्रयास असफल भएसँगै विश्व बजारमा कच्चा तेलको मूल्यमा तीव्र वृद्धि भएको छ। अमेरिकी

    इरानलाई हतियार नदिन चीनलाई ट्रम्पको चेतावनी

    काठमाडौँ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई हतियार नदिन चीनलाई चेतावनी दिएका छन्। चीनले इरानलाई हतियार पठाउन लागेको भनेर अमेरिकी खुफिया संस्थाको

    इस्लामावाद पुग्यो इरानी वार्ता टोली

    काठमाडौँ। अमेरिकासँग वार्ताका लागि इरानको उच्चस्तरीय प्रतिनिधिमण्डल शुक्रबार अबेर राति पाकिस्तानको इस्लामावाद आइपुगेको छ । टोलीको नेतृत्व इरानी संसद्का सभामुख

    ट्रम्पले महान्यायाधिवक्ता बोन्डीलाई पदबाट हटाए, सेना प्रमुखलाई पनि राजीनामा दिन…

    काठमाडौँ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महान्यायाधिवक्ता पाम बोन्डीलाई पदबाट हटाएका छन्।सँगसँगै, अमेरिकी रक्षामन्त्री पिट हेगसेथले सेना प्रमुख र्‍यान्डी जर्जलाई पदबाट राजीनामा

    अमेरिकाद्धारा नेपालका लागि ट्राभल एड्भाइजरी जारी

    काठमाडौँ।अमेरिकाले नेपाल यात्रा गर्ने आफ्ना नागरिकका लागि ट्राभल एड्भाइजरी अद्यावधिक गर्दै थप सतर्कता अपनाउन आग्रह गरेको छ ।३१ मार्चमा अद्यावधिक

    युद्धविरामका लागि अमेरिकाले इरानलाई युद्धविरामका लागि प्रस्ताव पठायो

    काठमाडौँ । अमेरिकाले इरानलाई युद्बविरामका लागि १५ बुँदे प्रस्ताव पठाएको छ।यही साताको सुरूवातमा अमेरिकाले मध्यस्थकर्तामार्फत इरानलाई युद्धविरामका लागि १५ बुँदे प्रस्ताव

    Techie IT