Techie IT
  • The Film Nepal
  • २०८२ चैत्र २५ बुधबार

    अपडेट
    गृहपृष्ठराजनीतिसमानुपातिकतर्फ निर्वाचित सांसदहरूलाई प्रमाणपत्र वितरण

    समानुपातिकतर्फ निर्वाचित सांसदहरूलाई प्रमाणपत्र वितरण


    काठमाडौं |  निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरूलाई प्रमाणपत्र वितरण गरेको छ ।आयोग परिसरमा आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयोगक रामप्रसाद भण्डारीसहित आयुक्तहरुले समानुपातिक तर्फका ११० सांसदहरुलाई प्रमाण पत्र वितरण गरेका हुन् ।

    समानुपातिक निर्वाचनतर्फ रास्वपाबाट ५७, नेपाली कांग्रेसबाट २०, नेकपा एमालेबाट १६, नेकपाबाट ९, श्रम संस्कृति पार्टी र राप्रपाबाट ४-४ जना सांसद निर्वाचित भएका छन् ।

    आयोगले राष्ट्रपति पौडेललाई प्रतिवेदन बुझाएपछि साँझ साढे ५ बजे पत्रकार सम्मेलन गरेर निर्वाचनसम्बन्धी सम्पूर्ण जानकारी दिने बताएको छ। यस निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सबैभन्दा बढी १८२ सिट जितेर दुई तिहाई नजिकको जनादेश पाएको छ ।

    आज सांसदहरूलाई निर्वाचित प्रमाणपत्र दिएपछि आजै प्रतिनिधिसभा सदस्य निर्वाचन२०८२ को निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बुझाउने तयारी आयोगले गरेको छ ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    बढ्यो सार्वजनिक यातायातमा भाडा

    काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि भएपछि सार्वजनिक यातायातमा पनि भाडा वृद्धि भएको छ ।यातायात व्यवस्था विभागका अनुसार मन्त्रालयको सहमतिसँगै

    देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र उनकी पत्नीसमेत रहेकी पूर्वपरराष्ट्र मन्त्री आरजु राणा देउवाविरूद्ध पक्राउ पुर्जी

    राष्ट्रिय सभाका समिति सभापतिहरूले लिए शपथ

    काठमाडौं । राष्ट्रिय सभाअन्तर्गतका चार वटा विषयगत समितिका नव निर्वाचित सभापतिहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । संघीय संसद्

    नेउवा महासंघमा चुनावी सरगर्मी :सुष्मा महराको उम्मेदवारीमा महिला उद्यमीको भरोसा

    काठमाडौँ। नेपालको निजी क्षेत्रको छाता संगठन, नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनको सरगर्मीै बढिरहेको छ ।निर्वाचनका उम्मेदवारहरुको उत्साह चुलिँदै गर्दा

    पेट्रोलियम पदार्थमा ५० प्रतिशत कर छुट

    काठमाडौँ।मध्यपूर्वको तनावका कारण कच्चा तेलको मूल्यमा उच्च वृद्धि भएपछि सरकारले स्थानीय उपभोक्तालाई राहत दिन पेट्रोलियम पदार्थमा लाग्ने करमा ५० प्रतिशत

    राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा भट्टको नियुक्ति

    काठमाडौँ।राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा.गुणाकर भट्ट नियुक्त भएका छन्।मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले भट्टलाई नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी

    Techie IT