सागसब्जीका बेर्ना बेचेर वार्षिक २६लाख आम्दानी
स्याङ्जा/१४ मङ्सिर, यहाँका एक किसानले व्यावसायिक रूपमा सागसब्जी र तिनका बेर्ना बिक्री गरेर २६ लाख आम्दानी गरेका छन् । वालिङ नगरपालिका–६ लालुपातेका किसान रेशम रेग्मीले मौसमी तथा बेमौसमी सागसब्जी र बेर्ना बिक्री गरेर लाखौं आम्दानी गर्न सफल हुनुभएकाे हाे ।
उहाँले अघिल्लो वर्षको कात्तिकदेखि यस वर्षको कात्तिकसम्ममा उत्पादन भएका सागसब्जी बिक्रीबाट रु २० लाख र बेर्ना बिक्रीबाट छ लाख आम्दानी भएको बताउनुभयाे । उहाँले खेत तथा बारीमा काउली, बन्दा, गोलभेँडा, सिमी, बोडी, काक्रा, भण्टा, भिण्डी, मुला, खुर्सानी, प्याजलगायत सागसब्जी तथा बेर्ना बिक्री गर्दै आउनुभएकाे छ।
विसं २०५२ बाट व्यवसाय थाल्नुभएका रेग्मीले २०७४ सालमा ‘समर्पण कृषि फार्म’ दर्ता गर्नुभएकाे हाे। व्यावसायिक रूपमा तरकारी तथा नर्सरी व्यवसाय गरेको २० रोपनीमध्ये आधा आफ्नै र आधा भाडामा लिनुभएकाे छ । ‘बीस रोपनी जग्गामध्ये झण्डै दुई रोपनीमा चारवटा टनेलमा नर्सरी छ र त्यहाँ विभिन्न प्रजातिका बिरुवा उत्पादन हुँदै आएको छ, बाँकी जग्गामा मौसमअनुसारका तरकारी बाली लगाउँदै आएको छु’, उहाँले भन्नुभयाे ।
यहाँ उत्पादित सागसब्जी तथा बेर्ना पोखरा, स्याङ्जा, वालिङ तथा बुटवलमा बिक्री हुने गरेको छ । बाल्यकालदेखि कृषि पेशाप्रति इच्छा भएकाले लागे तापनि केही वर्षपछि खेतीसम्बन्धी तालिमले झनै निखारता ल्याएको उहाँले बताउनभयाे ।
कहिलेकाहीँ भारत तथा तराईबाट आउने सागसब्जीसित बजार प्रतिस्पर्धा गर्नुपर्दा गाह्रो भए पनि समग्रमा आफू यो पेशाबाट सन्तुष्ट रहेको उहाँले बताउनुभयाे । कृषि ज्ञान केन्द्रलगायत कृषि क्षेत्रमा सक्रिय सङ्घसंस्थाले समय समयमा प्राविधिक ज्ञान दिने गरेकाले व्यवसाय सञ्चालनमा सहज भएको उहाँले बताउनुभयाे । कृषिकर्ममा उदाहरणीय कार्य गरेकामा २०७६ सालमा उहाँले राष्ट्रपतिबाट पुरस्कृत पनि हुनु भएकाे थियाे ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ काठमाडौंमा मोबाइल छापप्रति जनलहर बढदो, खुल्यो खगेश रञ्जिकारको सम्पर्क कार्यालय
- २ पर्वतमा रास्वपाका सागर भुसाल विजयी
- ३ बालेनले बुझाए चुनावमा १४ लाख १७ हजार रुपैयाँ खर्च भएको विवरण
- ४ काठमाडौं–१ मा रञ्जु न्यौपाने विजयी, १५ हजार ४५५ मत प्राप्त
- ५ काठमाडौं–८ का उम्मेदवार खगेश रञ्जितको घरदैलो कार्यक्रम तिब्र
- ६ म्याग्दीमा महावीर पुन विजयी
- ७ बालेन शाह ओलीभन्दा दोब्बरभन्दा बढी मतले अगाडि

तपाईको प्रतिक्रिया दिनुहोस