Techie IT
  • The Film Nepal
  • २०८२ फाल्गुन २८ बिहीबार

    अपडेट
    गृहपृष्ठराजनीतिविश्वप्रकाशको ‘ऐना’को दोस्रो सिजनअसार २० देखि, देशको प्रगति र बेथिति उजागर गरिने

    विश्वप्रकाशको ‘ऐना’को दोस्रो सिजनअसार २० देखि, देशको प्रगति र बेथिति उजागर गरिने


    काठमाडौं ।  नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको कार्यक्रम ‘ऐना’ असार २० गतेदेखि प्रसारण हुने भएको छ । महामन्त्री शर्मा प्रस्तोता रहने ‘ऐना’ को दोस्रो संस्करण विकास निर्माणका मुद्दालाई केन्द्रमा राखेर तयार पारिएको छ । निर्देशक प्रकाश लामिछानेले मंगलबार विज्ञप्तिमार्फत भनेका छन्, ‘समुन्नतिको यात्रामा नेपाल कहाँ पुगेको छ ? कहाँ छुटेको छ ? हुनुपर्ने प्रगति के भएको छ र हुनु–नपर्ने बेथिति किन भएको छ ? प्रश्न र गुनासा किन उब्जिएका छन्, सम्भावना र नवीन आशा के–कस्ता छन् ? देशको विभिन्न कुना पुगेर तयार गरिएका सामग्रीका साथ कार्यक्रम ऐनाको दोस्रो सिजनमा उपस्थित छौँ ।’
    लामिछानेले पहिलो संस्करणका प्रस्तोता विश्वप्रकाश शर्माले नै दोस्रो संस्करण पनि सञ्चालन गर्ने जानकारी दिँदै दोस्रो संस्करणमा कांग्रेस महामन्त्री शर्माले जनप्रतिनिधिकै रूपमा संवाद गरे बताएका छन् । ‘राजनितिकर्मीकै रूपमा सरोकारवालाहरुको प्रश्न सुन्नुहुनेछ, अनि संसदको रोस्ट्रमबाट झैं सरकारलाई पनि प्रश्न गर्नुहुनेछ र समाधानका सुत्र खोजीसाथ छलफल चलाउनुहुनेछ,’ उनले भने ।

    साहित्य लेखनमा रुचि राख्ने महामन्त्री शर्मा शब्दमा संगीत पनि भर्ने गर्छन् । पछिल्लो समय हिमाल आरोहीका रुपमा पनि शर्माले परिचय बनाएका छन् । छापामाध्यममा सम्पादक रहिसकेका शर्मासँग रेडियो र टेलिभिजनकर्मको अनुभव पनि छ ।

    कार्यक्रमको विषयवस्तु

    कार्यक्रम ऐनाको पहिलो सिजनमा सामाजिक विसंगतिविरुद्ध रुपान्तरणका पक्षमा थियो । बालश्रम, जातीय विभेद, घरेलु हिंसा, सार्वजनिकस्थलमा हुने दुर्व्यवहार, एसिड आक्रमण लगायतका विसंगतिबाट नेपाली समाजले भोगिरहेको पीडालाई केन्द्रीय बहसमा ल्याइएको थियो । साथै निराकरणका लागि जनचेतना जगाउने र सम्बन्धित सबैलाई घच्घच्याउने प्रयास पनि भएको थियो ।

    निर्देशक लामिछानेले ‘ऐना’ केवल एउटा टेलिभिजन शो नभई समुन्नतिको दिशामा एउटा बुलन्द आवाज भएको बताए । ‘कमजोरी पहिचान गर्दै, सच्याउन जोडबल गरौँ, गर्न बाँकी धेरै कर्म छन्, तिनलाई हासिल गर्ने संकल्प गरौँ, त्यही यात्रामा जोडबल गर्ने कार्यक्रम ‘ऐना’ को दोस्रो सिजनमा पनि पहिलो सिजनमाझैं तपाईंको उत्तिकै माया पाउने, विश्वास हामीले लिएका छौँ,’ लामिछानेले भने ।

    कार्यक्रम निर्माण–निर्देशन, अनुसन्धान, रिपोर्टिङ, लेखन, भिडियोग्राफी, सम्पादन र व्यवस्थापनमा प्रकाश लामिछाने, आरके धिताल, जनक पौड्याल, भानु बोखिम, सोविता रिसाल, जीवन तिम्सिना, मनिका खतिवडा, ज्योति भट्टराई, युवराज साउद, सुशील बुढाथोकी, युवराज श्रेष्ठ लगायत रहेका छन् ।

    लामिछानेले कार्यक्रमका प्रायोजक नेपाली व्यवसायीको नेपालभित्रकै उत्पादनसँग अघिल्लो सिजनजस्तै यसपटक पनि जोडिएको बताए। कार्यक्रम ‘ऐना’ कान्तिपुर टेलिभिजन र ओएसआर रियालिटीमार्फत प्रसारण हुनेछ ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    ६ दलले पाए राष्ट्रिय दलको मान्यता

    काठमाडौं।२१ फागुनको निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दल बनेका छन् ।जसमा एउटा नयाँ र पाँच वटा दल पुरानै रहेका

    प्रधानन्यायाधीशको निम्ति ६ न्यायाधीशहरुको नाम संवैधानिक परिषदमा

    काठमाडौं।भावी प्रधानन्यायाधीशका निम्ति न्याय परिषद्ले सर्वोच्च अदालतका ६ न्यायाधीशको सूची संवैधानिक परिषद्को सचिवालयमा पठाएको छ । न्याय परिषद्ले योग्यता पुगेका

    अन्तिम चरणमा पुग्यो समानुपातिक तर्फको मतगणना,कसले कति पाए ?

    काठमाडौं।यही फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ ।हालसम्म समानुपातिकतर्फ  एक करोड ७ लाख

    गृहमन्त्री अर्यालसँग चिनियाँ राजदूत माओमिङले शिष्टाचार भेट

    काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङले शिष्टाचार भेट गरेका छन् ।गृह मन्त्रालयमा मंगलबार भएको भेटमा

    आजदेखि क्रमिक रूपमा तुवाँलो हट्ने

    काठमाडौं : केही दिनदेखि देशका विभिन्न भागमा देखिएको तुवाँलो आजदेखि क्रमिक रूपमा हट्दै जाने मौसमविद्ले बताएका छन् । मौसमविद् सञ्जीव

    प्रत्यक्ष तर्फका १६५ स्थानकै नतिजा आयो,कसले कति सीट जिते ?

    काठमाडौं। प्रतिनिधि सभा निर्वाचनअन्तर्गत १६५ क्षेत्रकै परिणाम आएको छ।राष्ट्रिय स्वतन्त्र पार्टी प्रत्यक्षतर्फ १२५ सिट जितेको छ।दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले

    Techie IT