Techie IT
  • The Film Nepal
  • २०८२ फाल्गुन २८ बिहीबार

    अपडेट
    गृहपृष्ठराजनीतिनेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक जारी

    नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक जारी


    ललितपुर, १३ कातिक: नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपामा जारी छ।

    केन्द्रीय कार्यसमिति बैठक दिउँसो २ बजेबाट सुरु भएको बैठकमा सदस्यहरुले धारणा राख्नेक्रम जारी रहेको छ। असोज २८ गतेबाट सुरु भएको बैठक कातिक १ गतेबाट स्थगित भएको थियोे।

    आजको वैठकमा सदस्यहरुले फागुन २१ गतेका लागि निर्वाचन घोषणा भएको अवस्थामा अहिलेको प्राथमिकता निर्वाचन हो कि पार्टीको महाधिवेशन भन्नेमा सदस्यहरुले धारणा राख्नुभएको बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले बताउनुभयो।

    असोज २८ गते सभापति शेरबहादुर देउवाले सम्बोधन गरि उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएसंगै स्थगित भएको बैठक असोज ३० र ३० गते कार्यवासभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बसेको थियोे।
    असोज ३१ गतेको बैठकमा केन्द्रीय सदस्यहरू रमेश रिजाल, जीपछिरिङ लामा, दिलेन्द्रप्रसाद बडू, अर्जुनप्रसाद जोशी, पुष्पा भुसाल, प्रदीप पौडेल, डा. डिला संग्रौला, डा. गोपाल दहित, सञ्जयकुमार गौतम, मानबहादुर नेपाली, गोविन्दबहादुर शाह, महिन्द्रकुमारी लिम्बू, डा. चन्द्रमोहन यादव, मैकुलाल वाल्मिकी, सरस्वती बजिमय, मुक्ताकुमारी यादव, कान्तिका सेजुवाल, दिनेश कोइराला, सुशीला थिङ, भरतकुमार शाह, आमन्त्रित सदस्य नारायणी रायमाझी र आमन्त्रित प्रदेश सभापतिहरु, उद्धव थापा (कोशी), शुक्रराज शर्मा (गण्डकी), ललितजंग शाही (कर्णाली) र बीरबहादुर बलायर (सुदूरपश्चिम) ले आआफ्नो धारणा राख्नु भएको थियो ।
    त्यस्तै असोज ३० गतेको बैठकमा केन्द्रीय सदस्यहरू डा. शेखर कोइराला, मोहनबहादुर बस्नेत, देवेन्द्रराज कण्डेल, शिवप्रसाद हुमागाँइ, राजीव कोइराला, गुरू बराल र नृपबहादुर वडले आआफ्नो धारणा राख्नु भएको थियो ।
    केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरुका साथै आमन्त्रित केन्द्रीय सदस्य र प्रदेश सभापतिहरुसमेत १ सय ६५ सदस्यले भाग लिने केन्द्रीय कार्यसमिति बैठकमा बाँकी पदाधिकारी एवम् सदस्यहरुले विभिन्न १० वटा प्रस्तावहरूमा धारणा राख्ने  मुख्यसचिव पौडेलले बताउनुभयो।
    नेपाली कांग्रेसको केन्द्रीय समिति वैठकमा जेनजेड प्रदर्शन र विकसित राजनीतिक घटनाक्रम, पार्टीको पन्ध्रौं महाधिवेशन तयारी, प्रतिनिधि सभा विघटन र घोषित फागुन २१ को निर्वाचन, तोडफोड र आगजनीबाट भगनावेश भएका केन्द्रीय कार्यालय लगयातका मुलुकभरका विभिन्न कार्यालयहरुको पुनः निर्माण, मुलुकको शान्ति सुरक्षा एवम् सुशासनको अवस्था सम्बन्धमा, प्राकृतिक विपद र क्षतिपूर्ति तथा पुनः निर्माण, कार्यसम्पादन समितिको निर्णय र अनुशासन सम्बन्धि व्यवस्थालगायतका बिषयहरुमा छलफल जारी रहेको केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठले जानकारी दिनुभयो।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    ६ दलले पाए राष्ट्रिय दलको मान्यता

    काठमाडौं।२१ फागुनको निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दल बनेका छन् ।जसमा एउटा नयाँ र पाँच वटा दल पुरानै रहेका

    प्रधानन्यायाधीशको निम्ति ६ न्यायाधीशहरुको नाम संवैधानिक परिषदमा

    काठमाडौं।भावी प्रधानन्यायाधीशका निम्ति न्याय परिषद्ले सर्वोच्च अदालतका ६ न्यायाधीशको सूची संवैधानिक परिषद्को सचिवालयमा पठाएको छ । न्याय परिषद्ले योग्यता पुगेका

    अन्तिम चरणमा पुग्यो समानुपातिक तर्फको मतगणना,कसले कति पाए ?

    काठमाडौं।यही फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ ।हालसम्म समानुपातिकतर्फ  एक करोड ७ लाख

    गृहमन्त्री अर्यालसँग चिनियाँ राजदूत माओमिङले शिष्टाचार भेट

    काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङले शिष्टाचार भेट गरेका छन् ।गृह मन्त्रालयमा मंगलबार भएको भेटमा

    आजदेखि क्रमिक रूपमा तुवाँलो हट्ने

    काठमाडौं : केही दिनदेखि देशका विभिन्न भागमा देखिएको तुवाँलो आजदेखि क्रमिक रूपमा हट्दै जाने मौसमविद्ले बताएका छन् । मौसमविद् सञ्जीव

    प्रत्यक्ष तर्फका १६५ स्थानकै नतिजा आयो,कसले कति सीट जिते ?

    काठमाडौं। प्रतिनिधि सभा निर्वाचनअन्तर्गत १६५ क्षेत्रकै परिणाम आएको छ।राष्ट्रिय स्वतन्त्र पार्टी प्रत्यक्षतर्फ १२५ सिट जितेको छ।दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले

    Techie IT