Techie IT
  • The Film Nepal
  • २०८२ फाल्गुन २८ बिहीबार

    अपडेट
    गृहपृष्ठखेलकुदएसीसी मेन्स यु–१६ क्रिकेट : नेपालसँग जापान ९ विकेटले पराजित

    एसीसी मेन्स यु–१६ क्रिकेट : नेपालसँग जापान ९ विकेटले पराजित


    काठमाडौं । नेपालले एसीसी यू-१६ इस्ट जोन क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ।नेपालले आज भएको खेलमा जापानलाई ९ विकेटले पराजित गरेको हो।मलेसियाको कोजल टुन्कु जाफर ओभलमा मंगलबार नेपालले जापानलाई नौ विकेटले हराएको हो ।यो जितसँगै नेपालले ४ अंक जोडेको छ । जापानले दिएको ८१ रनको लक्ष्य नेपालले १४.२ ओभरमा १ विकेट गुमाउँदै पूरा गरेको थियो ।

    नेपालका लागि सिवान्स बजगाईँले अविजित ३८ र प्रसिद्ध जोशीले अविजित ३३ रन बनाए । जापानका केइसीइ कोबायशी डोगेटले एक विकेट लिए । त्यसअघि मलेशियाको कोजल टुन्कु जाफर ओभरल क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको जापान ३४ ओभर तीन बलमा अलआउट भयो ।

    जवाफमा नेपालले ८१ रनको लक्ष्य १४.२ ओभरमा मात्र १ विकेट गुमाएर पूरा गर्‍यो।नेपालले पहिलो खेलमा सिंगापुरलाई ५ विकेटले हराएको थियो।

    यू-१६ इस्ट जोन कपमा नेपालसहित १० टोली सहभागी छन्। नेपाल समूह ‘ए’ मा सिंगापुर, इन्डोनेसिया, जापान र भुटानसँगै रहेको छ। नेपालले अब तेस्रो खेल २९ जुनमा इन्डोनेसिया विरुद्ध खेल्नेछ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    टी-२० विश्वकपको सुपर-८ मा पुगे यी आठ टोली

    काठमाडौं । आइसिसी टी-२० विश्वकप २०२६ को सुपर-८ मा पुग्ने आठै टोलीको टुंगो लागेको छ। समूह चरणका केही खेलहरू बाँकी

    टी–२० विश्वकप : नेपालले आफ्नो अन्तिम खेलमा आज स्कटल्यान्डसँग खेल्दै

    काठमाडौं : नेपालले भारत र श्रीलंकामा जारी आईसीसी पुरुष टी– २० विश्वकपको आफ्नो अन्तिम खेलमा आज स्कटल्यान्डको सामना गर्दैछ ।

    भारतद्धारा ६१ रनले पाकिस्तान पराजित भएसँगै सुपर ८ मा स्थान…

    काठमाडौं ।  पाकिस्तान आईसीसी टी–२० विश्वकप २०२६ मा भारतसँग ६१ रनले पराजित भएको छ ।आइतबार श्रीलंकाको कोलम्बोस्थित आर प्रेमादासा क्रिकेट

    दीपेन्द्रको अर्धशतकमा नेपालले वेस्ट इन्डिजविरुद्ध नेपालले बनायो १३३ रन

    काठमाडौं।आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले दुई पटकको टी-२० विश्वकप विजेता वेष्ट इन्डिजलाई १३४ रनको लक्ष्य दिएको

    जिम्बाब्वेसँग अस्ट्रेलिया पराजित

    काठमाडौं। कोलम्बोमा भएको टी-२० विश्वकप २०२६ को खेलमा जिम्बाब्वेले अस्ट्रेलियालाई २३ रनले हराउँदै सनसनी मच्चाएको छ।यो जितसँगै टी-२० विश्वकपमा अस्ट्रेलिया

    नेपालमाथि इटालीको ऐतिहासिक जित

    काठमाडौं। आइसिसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ मा नेपालले लगातार दोस्रो खेलमा पराजय भोग्दा इटालीले भने ऐतिहासिक जित निकालेको

    Techie IT