आजको मौसम : मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
काठमाडौं। हाल नेपालमा पश्चिमी वायू, उपल्लो वायूमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।
बिहीबार बिहान कोशी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा छिटपुट वर्षा भएको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो चौबीस घन्टामा कोशी प्रदेशका विभिन्न भूभागमा वर्षा भएको छ।
संखुवासभाको खाँदबारीमा ५७.६ मिलिमिटर वर्षा मापन भएको छ। तुम्लिङटारमा ५२ मिलिमिटर, तार्केघाटमा ३०.६ मिलिमिटर, इलामको कन्याममा ४३.४ मिलिमिटर, हिमाली गाउँमा ४८ मिलिमिटर वर्षा भएको छ।
महाशाखाका अनुसार बिहीबार दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको सहित कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा साधरणतया बादल लाग्नेछ भने बाँकी भूभागमा आंशिक बादल लाग्नेछ।
यसैगरी कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागका केही स्थानहरूमा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभाग तथा मधेश प्रदेशको थोरै स्थानहरुमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ पर्वतमा रास्वपाका सागर भुसाल विजयी
- २ बालेनले बुझाए चुनावमा १४ लाख १७ हजार रुपैयाँ खर्च भएको विवरण
- ३ काठमाडौं–१ मा रञ्जु न्यौपाने विजयी, १५ हजार ४५५ मत प्राप्त
- ४ काठमाडौंमा मोबाइल छापप्रति जनलहर बढदो, खुल्यो खगेश रञ्जिकारको सम्पर्क कार्यालय
- ५ म्याग्दीमा महावीर पुन विजयी
- ६ काठमाडौं–८ का उम्मेदवार खगेश रञ्जितको घरदैलो कार्यक्रम तिब्र
- ७ बालेन शाह ओलीभन्दा दोब्बरभन्दा बढी मतले अगाडि

तपाईको प्रतिक्रिया दिनुहोस