Techie IT
  • The Film Nepal
  • २०८२ फाल्गुन २८ बिहीबार

    अपडेट
    गृहपृष्ठविश्वअफगानिस्तानमा शक्तिशाली भुकम्प

    अफगानिस्तानमा शक्तिशाली भुकम्प


    काठमाडौं। अफगानिस्तानमा आइतबार राति शक्तिशाली भूकम्प गएको छ ।पाकिस्तानको सीमानजिकैको दक्षिण–पूर्वी अफगानिस्तानमा गएको भूकम्पको तीव्रता ६.० म्यग्निच्युड मापन गरिएको छ । भूकम्पका कारण कम्तीमा २० जनाको मृत्यु भएको छ । एक सयजना घाइते भएको बीबीसीले बताएको छ ।

    दर्जनौँ घरहरू भग्नावशेषमा परिणत भएको तालिवान सरकारका विभिन्न स्रोतहरूले बताएका छन् । मृतकको संख्या बढ्न सक्ने आशंका गरिएको बीबसीले जनाएको छ । तालिवान सरकारका अधिकारीहरूले मानवीय संस्थाहरूलाई दुर्गम पहाडी क्षेत्रहरूमा उद्धार कार्यमा सहयोग गर्न आग्रह गरेका छन् ।

    पहिरो र बाढीका कारण केही ठाउँमा हवाई मार्गबाट मात्र पुग्न सकिने बताइएको छ ।भूकम्पले काबुलदेखि ३०० किलोमिटर टाढा रहेको पाकिस्तानको राजधानी इस्लामाबादसम्मका भवनहरूलाई हल्लाएको बताइएको छ । अमेरिकी जियोलोजिकल सर्वेका अनुसार भूकम्पको केन्द्रबिन्दु नन्गरहार प्रान्तको जलालाबादनजिकै आठ  किलोमिटर गहिराइमा थियो ।आइतबार स्थानीय समयअनुसार राति ११ : ४७ बजे भूकम्प गएको थियो ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    इरानसँगको युद्धमा १४० अमेरिकी सैनिक घाइते

    काठमाडौं । इरानसँग जारी युद्धका क्रममा करिब १४० अमेरिकी सैनिक घाइते भएको अमेरिकाको रक्षा मन्त्रालय ‘पेन्टागन’ले दिएको छ ।पेन्टागनका प्रवक्ता

    इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा

    काठमाडौं । इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ ।उनको निधनमा ४० दिन शोक

    दिल्ली जाँदै गरेको विमान झारखण्डमा दुर्घटना, सबैको मृत्यु

    काठमाडौं।भारतको झारखण्डमा विमान दुर्घटना भएको छ।सोमबार बेलुकी राँचीबाट बिरामी लिएर दिल्ली उडेको एयर एम्बुलेन्स झारखण्डको चतरामा दुर्घटना भएको हो।चतरा जिल्लाकी

    पेरुमा हेलिकप्टर दुर्घटना हुँदा बालबालिकासहित १५ जनाको मृत्यु

     काठमाडौ । पेरुको दक्षिणी क्षेत्रमा आएको बाढीपीडितको उद्धारमा खटिएको पेरुभियन वायुसेनाको एमआई-१७ हेलिकप्टर दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ

    ट्रम्पको इरानलाई १५ दिने अल्टिमेटम

    काठमाडौं।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आणविक कार्यक्रम सम्बन्धि सम्झौता गर्न १५ दिनको अल्टिमेटम दिएका छन्। वासिङ्टन डिसीमा बिहीबार आयोजित बोर्ड

    बंगलादेशको प्रधानमन्त्रीको सपथ ग्रहणमा नेपालसहित १३ देशलाई औपचारिक निम्ता

    काठमाडौं । हालै सम्पन्न निर्वाचनमा दुईतिहाइ सिट जित्दै स्पष्ट जनादेश प्राप्त गर्नुभएका तारिक रहमानले ११ फागुनमा बंगलादेशका प्रधानमन्त्रीका रूपमा शपथ

    Techie IT