दोलखामा हिमपहिरोमा परि २ नेपाली सहित ७ जनाको मृत्यु, ४ बेपत्ता
दोलखा। गौरीशंकर गाउँपालिका–९ स्थित रोल्वालिङ हिमश्रृंखला अन्तर्गतको यलुङ रि हिमालको बसेक्याम्पमा हिम पहिरोमा परेर ५ जना विदेशी र २ नेपाली आरोहीको मृत्यु भएको छ ।हिमपहिरोमा ४ जना बेपत्ता छन् । ४ जना घाइते छन् ।
मृत्यु हुनेमा अमेरिकी नागरिक ३ जना, क्यानडाका १ र इटालीका १ गरी ५ जना विदेशी छन् । उनीहरुसँगै रहेका दुई जना नेपालीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।५ हजार ६ सय ३० मिटर अग्लो यलुङ रि आरोहणका लागि सोमबार बिहान ५ विदेशीसहित १० नेपाली पथप्रदर्शक त्यसतर्फ गएका थिए । बिहान करिब साढे ८ बजे आरोहणमा सहभागी सबैलाई हिमपहिरोले पुरेको हो । उनीहरु रोल्वालिङ क्षेत्रमा रहेको यलुङ रि हिमालको बेसक्याम्पनजिकै हिमपहिरोमा परेका हुन्।
दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी औलाखबहादुर आलेले सोमबार दिउँसो केहीबेर हेलिकप्टरमार्फत बेपत्ताको खोजी र घाइतेको उद्धार प्रयास भए पनि मौसम खराब हुँदा सफल नभएको बताए ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ पर्वतमा रास्वपाका सागर भुसाल विजयी
- २ बालेनले बुझाए चुनावमा १४ लाख १७ हजार रुपैयाँ खर्च भएको विवरण
- ३ काठमाडौं–१ मा रञ्जु न्यौपाने विजयी, १५ हजार ४५५ मत प्राप्त
- ४ काठमाडौंमा मोबाइल छापप्रति जनलहर बढदो, खुल्यो खगेश रञ्जिकारको सम्पर्क कार्यालय
- ५ म्याग्दीमा महावीर पुन विजयी
- ६ काठमाडौं–८ का उम्मेदवार खगेश रञ्जितको घरदैलो कार्यक्रम तिब्र
- ७ बालेन शाह ओलीभन्दा दोब्बरभन्दा बढी मतले अगाडि

तपाईको प्रतिक्रिया दिनुहोस