Techie IT
  • The Film Nepal
  • २०८२ फाल्गुन २७ बुधबार

    अपडेट
    गृहपृष्ठअर्थतन्त्रनेप्सेमा ४६.७८ अंकको गिरावट, १३ अर्ब १८ करोडको कारोबार

    नेप्सेमा ४६.७८ अंकको गिरावट, १३ अर्ब १८ करोडको कारोबार


    काठमाडौं । धितोपत्र मापक नेप्से परिसूचक दोस्रो दिन पनि उच्च अंकले घटेको छ ।  हिजो ३२.८ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज ४६.७८ अङ्कले घटेर २७९६.५७ विन्दुमा झरेको छ । चुनाव सकिएपछिको पहिलो कारोबार दिन अस्ति सोमवार तीनवटा ब्रेकरसहित १ सय ६२ अङ्कले बढेको नेप्से हिजो र आज लागातार घटेको हो ।

    आज ३२९ कम्पनिका ३ करोड ६० लाख ४९ हजार ४५१ कित्ता शेयर १३ अर्ब १८ करोड २ लाख ५५ हजार १५७ मा कारोबार भएको थियो । आज म्युचुअल फण्ड बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

    आज सालपा विकास बैंकको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै नेशनल हाइड्रोको शेयर ९.९६ प्रतिशतले बढेको छ भने रिलायन्स स्पिनिंग मिल्सको शेयर ९. ३३ प्रतिशतले बढेको छ । त्यसैगरी आज सबैभन्दा बढी कालिका पावरको शेयर ८.४७ प्रतिशतले घटेको छ ।

    ३२९ कम्पनीको कारोबार हुँदा ३४ वटा कम्पनीको मात्रै मूल्य बढ्यो । बाँकी २२५ कम्पनीको मूल्य घट्दा तीन कम्पनीको स्थिर रह्यो ।आज नेप्सेसँग कारोबार रकममा पनि ठूलो गिरावट आएको छ । हिजो २१ रुपैयाँ भन्दा धेरैको कारोबार भएकोमा आज ३ सय २९ वटा कम्पनीका ३ करोड ६० लाख कित्ता शेयर १३ अर्ब १८ करोड रुपैयाँमा किनबेच भएको छ ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    यस्तो छ ,आजको लागि विदेशी मुद्राको विनिमयदर

    काठमाडौं |नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर

    सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

    काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर रहेको छ । भने चाँदीको बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका

    शेयर बजार आज सामान्य बढ्याे , ५ अर्ब १३ करोडको…

    काठमाडौँ । नेप्सेमा सामान्य करेक्सन आएको छ । सोमबार नेप्से २.४१ अंकले बढेर २६१६.९७ विन्दुमा पुगेर रोकिएको छ ।  पछिल्ला तीन

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमय दर अनुसार

    नेप्से ८.१६ अंकले घट्यो, कारोबार रकम पनि खुम्चियो

    काठमाडौं । नेप्सेमा गिरावट आएको छ । साताको दाेस्राे कारोबार दिन आज सोमबार नेप्से आठ दशमलव १६ अंकले घटेर २६

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ । पेट्रोलको मूल्यमा एक रुपैयाँ र डिजेलमा तीन रुपैयाले वृद्धि भएको नेपाल आयल

    Techie IT