अन्तिम चरणमा पुग्यो समानुपातिक तर्फको मतगणना,कसले कति पाए ?
काठमाडौं।यही फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ ।हालसम्म समानुपातिकतर्फ एक करोड ७ लाख ३० हजार ५५१ मतगणना भएको छ ।पछिल्लो परिणाम अनुसार रास्वपाले ५१ लाख ३५ हजार ६२१ मत पाएको छ ।
दोस्रोमा रहेको नेपाली कांग्रेसले १७ लाख ४७ हजार ७३७, तेस्रो भएको एमालेले १४ लाख ४८ हजार ३१८ र चौथौ भएको नेकपाले ८ लाख ३ हजार ६२७ मत पाएको छ । यस्तै, पाँचौ भएको श्रम संस्कृति पार्टीले ३ लाख ७८ हजार ५८७ मत पाउँदा छैटौं स्थानमा रहेर थ्रेसहोल्ड कटाएको राप्रपाले ३ लाख २९ हजार ४५७ मत ल्याएको छ ।
जसपा नेपालले एक लाख ७४ हजार ३०६ मत पाउँदा जनमत पार्टीले ७८ हजार ९४९ मत पाएको छ । जनमतभन्दा अघि रहेको राष्ट्रिय परिवर्तन पार्टीले एक लाख ७१ हजार ४९७ मत पाएको छ ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ काठमाडौंमा मोबाइल छापप्रति जनलहर बढदो, खुल्यो खगेश रञ्जिकारको सम्पर्क कार्यालय
- २ पर्वतमा रास्वपाका सागर भुसाल विजयी
- ३ बालेनले बुझाए चुनावमा १४ लाख १७ हजार रुपैयाँ खर्च भएको विवरण
- ४ काठमाडौं–१ मा रञ्जु न्यौपाने विजयी, १५ हजार ४५५ मत प्राप्त
- ५ काठमाडौं–८ का उम्मेदवार खगेश रञ्जितको घरदैलो कार्यक्रम तिब्र
- ६ म्याग्दीमा महावीर पुन विजयी
- ७ बालेन शाह ओलीभन्दा दोब्बरभन्दा बढी मतले अगाडि

तपाईको प्रतिक्रिया दिनुहोस