जनमोर्चाको घोषणापत्र सार्वजनिक : संघीयता खारेजीको एजेन्डा
काठमाडौं । राष्ट्रिय जनमोर्चाले संघीयता खारेजीको एजेन्डासहितको चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।बुधबार बुटवलमा आयोजित एक कार्यक्रमबीच राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलगायत नेताले प्रतिनिधिसभा निर्वाचन घोषणा पत्र २०८२ सार्वजनिक गरेका हुन् ।
पार्टीको घोषणापत्र सार्वजनिक गर्दै अध्यक्ष केसीले संघीयता खारेज हुनुपर्ने र देशको राष्ट्रियता, सार्वभौमता र अखण्डताको रक्षा हुनुपर्ने बताए ।उनले यसअघिको सरकारमा, सत्तामा भएकाबाट आफ्ना उद्देश्य पूरा नहुने हुनाले चलिरहेको संसदलाई विघटन गरेर एनजीओ आईएनजीओका मान्छे सरकारमा राखेर चूनाव गराउन खोजिएको आरोप लगाए ।
समयमा नै चूनाव नहुने विश्वासका साथ सरकारमा गएकाहरू चूनाव हुने भए पनि आफ्नो फाइदा हेरेर राजीनामा दिँदै चूनावमा होमिएको उनको टिप्पणी थियो ।अध्यक्ष केसीले नेपाल राष्ट्रमाथि, नेपाली जनतामाथि अहिले ठूलो संकट रहेको र देशको राष्ट्रियता नै अप्ठ्यारो स्थितिमा रहेको धारणा राखे ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ नेप्से परिसूचकमा करेक्सन, कारोबार रकम घट्यो
- २ लामिछाने अस्पताल भर्ना
- ३ देशभरका निर्वाचन क्षेत्रबाट ४९ उम्मेदवारले मनोनयन फिर्ता लिए
- ४ शेयर बजार ९ अङ्कले बढ्याे, ९ अर्ब रुपैयाँभन्दा धेरैकाे काराेबार
- ५ माधव नेपालविरुद्ध उजुरी, उम्मेदवारी खारेज गर्न माग
- ६ विश्वविख्यात ओटीटी प्लेटफर्म ‘अमेजन’ मा हरिवंशको ‘भूठान’
- ७ आजको मौसम कस्तो रहला?

तपाईको प्रतिक्रिया दिनुहोस