Techie IT
  • The Film Nepal
  • २०८२ आश्विन १३ सोमबार

    अपडेट
    गृहपृष्ठसमाचारआज दशैंको पाँचौं दिन, स्कन्दमाताको पूजा गरिँदै

    आज दशैंको पाँचौं दिन, स्कन्दमाताको पूजा गरिँदै


     काठमाडौं । आज बडादशैंको पाँचौं दिन । हिन्दूधर्मालम्बीहरूले पाँचौं देवी स्कन्दमाताको पूजा–आराधना गरेर मनाउँदै छन् । प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको पाँचौँ दिन नवदुर्गामध्येकी पाँचौँ देवी स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिन्छ ।मृत्यु लोकमा साधकलाई परमशान्ति तथा सुखको अनुभव मिल्ने र मोक्षको द्वार खुल्ने  जनविश्वास छ । स्कन्दमातालाई केरा अधिक प्रिय छ भने श्रद्धा भक्तिले गरिएको सबै प्रकारको पूजा, फलफूल, पकवान्न, एवं पुष्पहरू प्रिय छन् ।

    स्कन्दकुमार कार्तिकेयको बालस्वरुपलाई सदैव काखमा राखी ममतामयी स्नेह प्रदान गर्ने हुनाले नवरात्रीको पाँचौँ दिन यीनलाई स्कन्दमाताको नामबाट पुकार्ने गरिन्छ। चार हात मध्ये दायाँतर्फको माथिल्लो हातले स्कन्दकुमार कार्तिकेयलाई काखमा च्याप्दै बायाँतर्फको तल्लो हातमा कमलको फूल र माथिल्लो हातले बरमुद्रा धारण गरिएको शास्त्रहरुमा उल्लेख गरिएको छ।

    दुर्गा पक्ष समेत भनिने दशैंको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यिनै नौवटा दुर्गाका रूपलाई नवदुर्गा पनि भनिन्छ ।

    स्कन्दको अर्थ सनतकुमार रहेको छ । स्कन्दमाताको प्रतिमा लक्षणमा यिनी सिंहासनमा बसेकी तथा दुवै हातले कमलपुष्प समाएको हुने विवरण पाइन्छ ।

    दसैंको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजाआधाना गर्ने गरिन्छ ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    हर्क सामपाङले दल दर्ताको प्रकृया अगाडि बढाए

    काठमाडौं। धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई ‘साम्पाङ’ ले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दर्ता गरेका छन् ।उनले ‘राष्ट्रिय संस्कृति

    भारतमा अभिनेता थलापति विजयको र्‍यालीमा भागदौड हुँदा ३९जनाको मृत्यु

    काठमाडौँ । भारतको दक्षिणी राज्य तमिलनाडुमा आयोजित एक राजनीतिक र्‍यालीमा भागदौड मच्चिँदा बालबालिकासहित कम्तीमा  ३९जनाको मृत्यु भएको त्यहाँका अधिकारीहरूले बताएका

    बडादशैं: आज कात्यायनी देवीको पूजाआराधना गरिदै

    काठमाडौं । बडा दशैंको आज सातौ दिन, आश्विन शुक्ल षष्ठीका दिन आज दशैँ घर वा पूजा कोठामा कात्यायनी देवीको विधिपूर्वक

    जेन जेड आन्दोलनमा बाह्य र देश द्रोही शक्तिहरुका साथै नेपालको…

    सिन्धुपाल्चोक/ ११ असोज: नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले जेन जेड आन्दोलनमा बाह्य र देश द्रोही शक्तिहरुका साथै

    गुण्डुमा गुण्डा भेला गर्नुको साटो सार्वजनिक रुपमा माफी मागेर राजनीतिबाट…

    काठमाडौं, ११ असोज आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले केपी शर्मा ओलीको हठ, घमण्ड र अहंकारले मुलुक

    बडादशैं: आज स्कन्दमाताको पूजाआराधना गरिदै

    काठमाडौं । असोज शुक्ल बडादशैं पञ्चमीको दिन आज देवी स्कन्दमाताको पूजा आराधना गरेर मनाइदैछ । यसअघि विहिबार र शुक्रबार चतुर्थी

    Techie IT