पुराना दललाई फसाउन आयोग गठन गरिएको ओलीको आरोप
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३/२४ गते भएको घटनालाई पूर्वनियोजित षड्यन्त्र भएको दाबी गरेका छन्।
दर्ता नवीकरण तथा विस्तार–उत्प्रेरणा कार्यशाला कार्यक्रममा बोल्दै ओलीले उक्त घटनालाई कसैले आन्दोलन र कसैले क्रान्ति भन्ने गरे पनि आफूले त्यसलाई योजनाबद्ध रूपमा गरिएको षड्यन्त्रपूर्ण घटना ठान्ने बताए।
उनले घटनाको नाममा युवाहरूको हत्या भएको उल्लेख गर्दै त्यसलाई क्रान्तिको संज्ञा दिन नमिल्ने धारणा राखे। साथै, घटनाका जिम्मेवार पक्षहरूले आफ्नो भूमिका लुकाएर अरूमाथि आरोप लगाउने प्रयास गरेको आरोप समेत लगाए।
ओलीले राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदनको सारसंक्षेपमा पनि उक्त घटना पूर्वनियोजित र प्रायोजित भएको उल्लेख गरिएको दाबी गरे। उनका अनुसार आयोगको प्रतिवेदनले घटनालाई योजनाबद्ध रूपमा सञ्चालन गरिएको निष्कर्ष निकालेको छ।
उनले त्यसबेला एमाले नेतृत्वको सरकार संवैधानिक, लोकतान्त्रिक तथा जनमतका आधारमा बलियो अवस्थामा रहेको बताए। जनताबाट निर्वाचित बहुमतको सरकारलाई संवैधानिक, कानुनी तथा संसदीय प्रक्रियामार्फत हटाउने विभिन्न प्रयास असफल भएपछि वैधानिक तथा आपराधिक माध्यम प्रयोग गरेर सरकार विस्थापित गर्ने षड्यन्त्र भएको उनको भनाइ थियो।
ओलीले जनमतबाट स्थापित सरकारलाई असंवैधानिक तरिकाले कमजोर पार्ने प्रयास भएको आरोप लगाउँदै त्यसबेलाका घटनाबारे सत्य तथ्य सार्वजनिक हुनुपर्ने धारणा व्यक्त गरे।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ आज देशभर बकर ईद मनाइँदै, मस्जिद र इदगाहमा मुस्लिम समुदायको उल्लासपूर्ण सहभागिता
- २ प्रधानमन्त्री शाहको दाबी : भारतले मात्र होइन, नेपालले पनि केही स्थानमा भारतीय भूमि अतिक्रमण गरेको तथ्य भेटियो
- ३ संसद्का दुवै सदनको बैठक बस्दै
- ४ पूजा महतोको शानदार अर्धशतक, चीनसामु नेपालले राख्यो १२६ रनको लक्ष्य
- ५ आज आउँदै आगामी आर्थिक वर्षको बजेट, २२ खर्बसम्मको आकार हुने अनुमान
- ६ प्रधानमन्त्रीको अभिव्यक्ति सच्चिएपछि मात्र सदन चलाउन दिने निर्णय
- ७ अछाममा असार ३ गते ‘रामारोशन स्काई रन २०२६’ हुँदै, ७ लाख ५२ हजार रुपैयाँ पुरस्कार

तपाईको प्रतिक्रिया दिनुहोस