Techie IT
  • The Film Nepal
  • २०८३ असार २ मंगलवार

    अपडेट
    गृहपृष्ठमनोरञ्जनचलचित्र ‘जारी २’को प्रिमियर सम्पन्न, आजबाट देशभर प्रदर्शनमा

    चलचित्र ‘जारी २’को प्रिमियर सम्पन्न, आजबाट देशभर प्रदर्शनमा


    काठमाडौं । प्रदर्शनको पूर्वसन्ध्यामा फिल्म ‘जारी २ : सङ अफ च्याब्रुङ’ लाई राजधानीको एक हलमा भव्य प्रिमियर गरिएको छ ।यो सिनेमाको रिलिजको पूर्वसन्ध्यामा हिजो कमलपोखरीस्थित बिग मूभिजमा प्रिमियर शोको आयोजना गरिएको थियो ।

    कवि उपेन्द्र सुब्बाको निर्देशनमा निर्माण भएको सिनेको प्रिमियर शोमा सिनेमाकर्मी र रंगपत्रकारको बाक्लो उपस्थिति रहेको थियो । प्रिमियर शोमा पुगेका अधिकांशले लिम्बु संस्कृतिमा आधारित सिनेमा उत्कृष्ट बनेको प्रतिक्रिया दिएका थिएका छन् । यो सिनेमाले माओवादी जनयुद्ध ताका कसरी धर्म संस्कृति संकटमा परेको थियो भन्ने पक्षलाई उत्कृष्ट ढंगले प्रस्तुत गरेको प्रतिक्रिया उपस्थित दर्शकहरुको थियो ।

    उपेन्द्र सुब्बा निर्देशित फिल्मलाई बाँसुरी फिल्म्सका रामबाबु गुरुङसहितले निर्माण गरेका हुन् । यो फिल्म नेपालसहित अन्तर्राष्ट्रिय बजारमा पनि शुक्रबारदेखि नै प्रदर्शनमा आएको छ । सिनेमा हेर्न विघठित प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगर पनि पुगेकी थिइन् ।

    उनले सिनेमा हेरिसकेपछि मिडियासँग प्रतिक्रिया दिँदै भनिन्, ‘मैले जारीको पहिलो भाग पनि हेरेकी थिए । आज दोस्रो भाग पनि हेर्न पाए । निकै खुशी लाग्यो । यो सिनेमाले राम्रो सन्देश दिएको छ । त्यसमाथी पहिलो भाग  फरक कालखण्डको सेटअपमा निर्माण गरिएको छ । जसलाई निर्देशकले सुन्दर ढंगले पस्किनु भएको छ । मलाई मन पर्यो । दर्शकलाई पनि मन पर्ने छ । सवैले एक पटक हुर्नु होला ।’

    प्रिमियरमा विशेषगरी अभिनेत्री मिरूना मगरको लिम्बु संस्कृति झल्कने पहिरनले धेरैको ध्यान तानेको थियो।

    फिल्म नेपालमा उच्च शोसहित प्रदर्शनमा आएको हो। विशेषगरी पूर्वी नेपालका हलमा फिल्मको व्यापार आक्रामक हुने देखिएको छ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    ‘रोल नं १’ आजदेखि प्रदर्शनमा, देशभर १५० हाराहारी शो

    काठमाडौं । विनोद पौडेल निर्मित चलचित्र ‘रोल नं १’ आजदेखि देशभर प्रदर्शनमा आएको छ । ‘पूर्ण बहादुरको सारङ्गी’बाट चर्चामा आएका

    कमजोर पटकथाको शिकार ‘काजी’

    चलचित्र समीक्षा सस्मिता पाठक   काठमाडौं । समय परिवर्तित छ । यद्यपी सामाजिक विश्वासहरू हाम्रो समाजमा अझै पनि यथावत छन्, जहाँ

    ‘गंगारानी’मा वर्षा शिवाकोटी अनुबन्धित

    काठमाडौँ । अभिनेत्री वर्षा शिवाकोटी आगामी नेपाली सिनेमा गंगारानी मा अनुबन्धित भएकी छन् । निर्माण टिमले उनलाई औपचारिक रूपमा स्वागत

    ‘मितज्यू’ र ‘काजी’ आजदेखि एकसाथ प्रदर्शनमा

    काठमाडौँ ।  आजदेखि दुई नेपाली फिल्म ‘मितज्यू’ र ‘काजी’ देशभर एकसाथ प्रदर्शनमा आएका छन्। मितेरी साइनोको कथामा आधारित फिल्म ‘मितज्यू’

    कान्स फिल्म फेस्टिभलमा सहभागी हुन सुनिता डंगोल फ्रान्स प्रस्थान

    काठमाडौं । कान्स फिल्म फेस्टिभलको ७९औँ संस्करणमा सहभागी हुन काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल आइतबार फ्रान्स प्रस्थान गरेकी छन्

    चलचित्र ‘बाः एक योद्धा’को वितरण कुवेर सिने डिस्ट्रिब्युसनलाई, भदौ १९…

    काठमाडौं । चलचित्र ‘बाः एक योद्धा’को वितरण अधिकार कुवेर सिने डिस्ट्रिब्युसनले प्राप्त गरेको छ । निर्माता वसन्त लम्साल र कुवेर

    Techie IT