Techie IT
  • The Film Nepal
  • २०८३ असार १८ बिहीबार

    अपडेट
    गृहपृष्ठखेलकुदफ्रान्स स्विडेनलाई ३–० ले हराउँदै अन्तिम १६ मा, एम्बाप्पेको दुई गोल

    फ्रान्स स्विडेनलाई ३–० ले हराउँदै अन्तिम १६ मा, एम्बाप्पेको दुई गोल


    काठमाडौँ| फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा फ्रान्सले स्विडेनलाई ३–० गोलअन्तरले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको छ ।

    अमेरिकाको न्यूजर्सीस्थित रंगशालामा भएको खेलमा फ्रान्सको जितका लागि किलियन एम्बाप्पेले दुई गोल गरे । उनले खेलको ४५औँ र ७४औँ मिनेटमा गोल गरेका हुन् । यस्तै, ब्राडली बारकोलाले ५३औँ मिनेटमा एक गोल थपे ।

    यस जितसँगै फ्रान्सले अन्तिम १६ मा प्रवेश गरेको छ । अब फ्रान्सले पाराग्वेसँग प्रतिस्पर्धा गर्नेछ ।

    यता, अन्तिम–३२ अन्तर्गत गएराति भएको अर्को खेलमा नर्वेले आइभरी कोस्टलाई २–१ गोलअन्तरले पराजित गरेको थियो । साथै, आज बिहान ६ः४५ बजे मेक्सिको र इक्वेडोरबीच प्रतिस्पर्धा हुँदैछ ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    युरी टिलेमान्सको उत्कृष्ट प्रदर्शनमा सेनेगललाई हराउँदै बेल्जियम अन्तिम १६ मा

    काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत खेलमा बेल्जियमले सेनेगललाई ३–२ ले पराजित गरेको छ । सिएटलमा भएको खेलमा सेनेगललाई ३–२

    ब्राजिल अन्तिम १६ मा प्रवेश, जापान २–१ ले पराजित

    काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत सोमबार राति सम्पन्न खेलमा ब्राजिलले जापानलाई २–१ गोलअन्तरले पराजित गर्दै अन्तिम १६ मा स्थान

    दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

    काठमाडौं । सहआयोजक क्यानडाले अतिरिक्त समयको दोस्रो मिनेटमा स्टेफेन एउस्ताकियोले गरेको निर्णायक गोलको मद्दतमा दक्षिण अफ्रिकालाई १–० ले पराजित गर्दै पहिलो

    विश्वकपको समूह चरण सकियो : ३२ टोली नकआउटमा, १६ देश…

    काठमाडौँ । जारी फिफा विश्वकप फुटबलको समुह चरणको समूह चरणका खेल सम्पन्न हुँदा ३२ राष्ट्र नकआउट चरणमा प्रवेश गरेका छन्

    डेम्बेलेको ह्याट्रिकमा फ्रान्स समूह विजेता बन्दै नकआउट चरणमा

    काठमाडौँ, १३ असारः उसमान डेम्बेलेको शानदार ह्याट्रिकको मद्दतमा फ्रान्सले नर्वेलाई ४–१ गोलअन्तरले पराजित गर्दै फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘आई’

    लिग–२ र युके टूरका लागि रोहितको कप्तानीमा नेपाली टोली घोषणा

    काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आइसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ सिरिज तथा युके प्रिपेरेसन टूरका लागि रोहित पौडेलको

    Techie IT