Techie IT
  • The Film Nepal
  • २०८३ बैशाख १२ शनिबार

    अपडेट
    गृहपृष्ठराजनीतिमौन अवधि सुरु, आचारसंहिता अनुगमन गर्न आयोगको निर्देशन

    मौन अवधि सुरु, आचारसंहिता अनुगमन गर्न आयोगको निर्देशन


    काठमाडौँ । फाल्गुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको लागी लागि सोमबार रातिदेखि मौन अवधि सुरु भएको छ । निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारलाई यही ४ फागुनदेखि सोमबार मध्यरात १२ बजेसम्म प्रचारप्रसारको समय दिएको थियो ।

    मतदान हुनु ४८ घण्टाअघिदेखि मतदान सम्पन्न नभएसम्म कायम हुने मौन अवधिमा प्रचारप्रसार, भाषण, भेला, छलफल, समीक्षालगायत निर्वाचनलाई प्रभाव पार्नेगरी कुनै पनि गतिविधि गर्न नपाइने व्यवस्था छ । मौन अवधिमा मत माग्न, पोस्ट गर्न, निर्वाचनलाई प्रभाव पार्नेगरी हिँडडुललगायतका क्रियाकलाप गर्न नपाइने आयोगले जनाएको छ ।

    निर्वाचन आचारसंहिता कार्यान्वयन सुनिश्चित गर्न सहायक प्रमुख जिल्ला अधिकारी र कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुखलाई फरक फरक जिम्मेवारीसहित निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तोकिएको छ ।

    निर्वाचन आचारसंहितामा समावेश भएका व्यवस्थाअनुसार आजदेखि फागुन २१ गतेसम्म आचारसंहिताले तोकेका सबै पक्षले पालना गर्नुपर्ने आचरणको प्रभावकारी परिपालनाको अनुगमन गर्न आयोगले निर्देश गरेको छ ।त्यसैगरी आयोगले मतदान हुने दिनको ४८ घण्टाअघि मतदान स्थलको तीन सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसार सामग्री हटाउनुपर्ने बताएको छ ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ

    काठमाडौं| राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता एवं पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ परेका छन् । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले

    दक्षिणपूर्वी एसियाबाट ६१२ नेपालीको उद्धार, थप ५३ जनालाई ल्याउने तयारी

    काठमाडौं  | परराष्ट्र मन्त्रालयले दक्षिणपूर्वी एसियामा सञ्चालित अनलाइन डिजिटल स्क्यामिङ सेन्टरहरूमा फसेका नेपालीहरूको उद्धार कार्यलाई तीव्रता दिएको जनाएको छ। मन्त्रालयका

    वैशाख १५ देखि काठमाडौंका सबै विद्यालय नियमित सञ्चालन हुने

    काठमाडौं ।  काठमाडौं महानगरपालिका ले नयाँ शैक्षिक सत्र २०८३ अन्तर्गत महानगरभित्रका सबै विद्यालयको पठनपाठन तथा शैक्षिक गतिविधि आगामी वैशाख १५

    आज बीसौँ लोकतन्त्र दिवस मनाइँदै

    काठमाडौँ । आज नेपालभर लोकतन्त्र दिवस (वैशाख ११) विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। यो दिन नेपाली जनताको अधिकार, स्वतन्त्रता र लोकतान्त्रिक

    शेखर गोल्छा पक्राउ

    काठमाडौं : प्रहरीले व्यवसायी शेखर गोल्छालाई पक्राउ गरेको छ । उनलाई काठमाडौं नारायण चौरबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले

    सुकम्बासी बस्तीमा डोजर चले प्रतिकार गर्न तयार रहेको सुकुम्बासी संघको…

    काठमाडौं, १० वैशाख । सुकुम्बासी बस्तीमा डोजर चलाउने सरकारी तयारीले सुकुम्बासी बस्तीमा बसोबास गर्दै आएकाहरु त्रसित भएका छन् । सुकुम्बासीको

    Techie IT