Techie IT
  • The Film Nepal
  • २०८३ बैशाख १२ शनिबार

    अपडेट
    गृहपृष्ठसमाचारप्रभु साहलाई प्रधानमन्त्री बनाउन र देशको विकासको जिम्मेवारी दिन विश्वेन्द्र पासवानको अपिल

    प्रभु साहलाई प्रधानमन्त्री बनाउन र देशको विकासको जिम्मेवारी दिन विश्वेन्द्र पासवानको अपिल


    काठमाडौं, १३ फागुन बहुजन शक्ति पार्टी नेपालका अध्यक्ष तथा पूर्वमन्त्री विश्वेन्द्र पासवानले आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साह देशको प्रधानमन्त्री बन्नु पर्ने नेता भएकाले सबैलाई मोवाइल छापमा मतदान गर्न अपिल गरेका छन् ।

    रौतहट पुगेका पासवानले साहको विकासको कामको प्रशंसा गर्दै अब मुलुक बनाउने जिम्मेवारी दिनुपर्ने जिकिर गरेका छन् । फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा ‘मोवाइल’ छापमा मतदान गरेर प्रभु साहलाई प्रधानमन्त्री बनाउन र देशको विकासको जिम्मेवारी दिन पासवानले अपिल गरेका छन् ।

    प्रभु साह देशको प्रधानमन्त्री बन्ने उम्मेदवार पनि हो भन्दै पासवानले भनेका छन, ‘आमूल परिवर्तन चाहनेहरु आज चुनावी मैदानमा आईसकेका छन् । अब चुनावको समय नजिकै आईसकेको छ । प्रभु साह पिछडिएको वर्ग, दलित र अल्पसंख्यक, मुसलमान सबैको नेता हो । पूरा देशले उहाँलाई मानेको छ, सम्मान गरेको छ । संविधान संशोधन गर्नको लागि पनि मोवाइल छापवाहक उम्मेदवारलाई जिताएर पठाउनुहोस । प्रभु साहजी यो रौतहटवासीको मात्रै नभएर उहाँ पूरा देशको भाग्य हो । उहाँलाई सम्मानका साथ भारी मतले जिताएर पठाउनुहोस । उहाँ यो देशको प्रधानमन्त्रीको पनि उम्मेदवार हो ।’

    रौतहट सहित देशकै विकासको जिम्मेवारी अब आजपा अध्यक्ष साहलाई दिनुपर्ने बताउदै उनले सबै समुदायको समग्र विकासका लागि मोवाइलमा मतदान गर्न मतदातासंग आग्रह गरेका छन् ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ

    काठमाडौं| राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता एवं पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ परेका छन् । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले

    दक्षिणपूर्वी एसियाबाट ६१२ नेपालीको उद्धार, थप ५३ जनालाई ल्याउने तयारी

    काठमाडौं  | परराष्ट्र मन्त्रालयले दक्षिणपूर्वी एसियामा सञ्चालित अनलाइन डिजिटल स्क्यामिङ सेन्टरहरूमा फसेका नेपालीहरूको उद्धार कार्यलाई तीव्रता दिएको जनाएको छ। मन्त्रालयका

    वैशाख १५ देखि काठमाडौंका सबै विद्यालय नियमित सञ्चालन हुने

    काठमाडौं ।  काठमाडौं महानगरपालिका ले नयाँ शैक्षिक सत्र २०८३ अन्तर्गत महानगरभित्रका सबै विद्यालयको पठनपाठन तथा शैक्षिक गतिविधि आगामी वैशाख १५

    आज बीसौँ लोकतन्त्र दिवस मनाइँदै

    काठमाडौँ । आज नेपालभर लोकतन्त्र दिवस (वैशाख ११) विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। यो दिन नेपाली जनताको अधिकार, स्वतन्त्रता र लोकतान्त्रिक

    शेखर गोल्छा पक्राउ

    काठमाडौं : प्रहरीले व्यवसायी शेखर गोल्छालाई पक्राउ गरेको छ । उनलाई काठमाडौं नारायण चौरबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले

    सुकम्बासी बस्तीमा डोजर चले प्रतिकार गर्न तयार रहेको सुकुम्बासी संघको…

    काठमाडौं, १० वैशाख । सुकुम्बासी बस्तीमा डोजर चलाउने सरकारी तयारीले सुकुम्बासी बस्तीमा बसोबास गर्दै आएकाहरु त्रसित भएका छन् । सुकुम्बासीको

    Techie IT