Techie IT
  • The Film Nepal
  • २०८३ असार ४ बिहीबार

    अपडेट
    गृहपृष्ठसमाचारविपद् व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेका छौँ – महानगरप्रमुख महर्जन

    विपद् व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेका छौँ – महानगरप्रमुख महर्जन


    ललितपुर/ ९ असोज, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले विपद् व्यवस्थापनलाई सम्बोधन गर्न नसके स्मार्ट सिटी हुन नसक्ने बताउनुभएको छ । ललितपुर महानगरपालिकाको विपद् व्यवस्थापन शाखाद्वारा आज आयोजित आगलागी नियन्त्रण सचेतना अभियान शुभारम्भ गर्दै उहाँले स्मार्ट सिटी हुनका लागि विपद् व्यवस्थापनका काम चुस्त राख्नुपर्छ भन्नुभयो । उहाँले फिलिपिन्सबाट अग्नि नियन्त्रक बोलाएर नगरप्रहरीलाई तालिम दिएको जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, “विश्वमै विपद् व्यवस्थापनमा जापान पहिलो हो, त्यसपछि फिलिपिन्स छ, हामीले फिलिपिन्सबाट अग्निनियन्त्रकलाई बोलाएर तालिम दिएर सक्षम बनाएका छौँ, विपद् प्रतिकार्यमा नेपालका नगरपालिकामध्ये नम्बर एकमा कायम रहन चाहन्छौँ ।” उहाँले विपद्को चार मिनेटभित्रै घटनास्थलमा दमकलसम्बन्धी साधन पुग्नुपर्छ भन्ने अन्तर्राष्ट्रिय विपद्को मान्यतालाई कायम राख्दै काम गर्छौँ भन्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले भन्नुभयो ,“विपद्का सबै कार्य एउटै छानामुनि हुनुपर्छ भन्ने हाम्रो मान्यता हो । तसर्थ पुल्चोकको जुद्धबारुण यन्त्रसँगै दमकल, एम्बुलेन्स, बहानलगायतका सामग्रीको व्यवस्थापन गरिएको छ ।” उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले जनताको जीउधनको सुरक्षा महानगरको मुख्य जिम्मेवारी रहेको भन्दै समयमा विपद् व्यवस्थापन गर्न नसक्दा जनधनको धेरै क्षति हुने जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, “सानो गल्तीले हुने हानी र अग्निको व्यवस्थापन गर्न नसक्दा धेरै क्षति हुन्छ, अरुबाट पाठ सिकेर त्यही खालका गल्ती नदोहोरियोस् भनेर सचेतना अभियान थालेको हो । ” प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले आगलागीबाट हुने घटनाबाट जोगिन हरप्रहर सचेत रहन र घटनाघट्नासाथ विपद् व्यवस्थापनका लागि सूचना प्रवाह गरेर नियन्त्रणमा लिएर क्षति हुनबाट बचाउन लागि पर्ने जानकारी गराउनुभयो ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्किए परराष्ट्रमन्त्री खनाल, नेपाल–चीन सहकार्य…

    काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल चारदिने औपचारिक चीन भ्रमण सम्पन्न गरी बुधबार स्वदेश फर्किएका छन्। चीनका विदेशमन्त्री वाङ्ग यीको निमन्त्रणामा

    देशभर १६ सय नयाँ टेलिकम टावर निर्माण प्रक्रिया अघि बढ्यो,…

    काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले देशभर दूरसञ्चार सेवा विस्तार तथा गुणस्तर सुधारका लागि करिब १६ सय नयाँ

    नेपाल टेलिभिजनका उपकरण तथा सेवा खरिदबारे छानबिन गर्न चार सदस्यीय…

    काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्था नेपाल टेलिभिजनद्वारा विभिन्न समयमा गरिएका उपकरण, प्रविधि तथा सेवा खरिद

    प्रतिनिधिसभा बैठक आज बस्दै, विभिन्न मन्त्रालयको बजेटमाथि उठेका प्रश्नको मन्त्रीहरूले…

    काठमाडौं । प्रतिनिधिसभाको बैठक आज (बुधबार) बिहान ११ बजे संघीय संसद् भवन, सिंहदरबारमा बस्दैछ। बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न

    परराष्ट्रमन्त्री खनाल र सीपीपीसीसी अध्यक्ष वाङ हुनिङबीच भेटवार्ता

    काठमाडौँ । चीनको औपचारिक भ्रमणमा रहेका नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र नेसनल कमिटी अफ द पिपल्स पोलिटिकल कन्सल्टेटिभ कन्फरेन्स (सीपीपीसीसी)

    राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल अख्तियारको नियन्त्रणमा

    काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ। आयोगको टोलीले मंगलबार

    Techie IT