Techie IT
  • The Film Nepal
  • २०८३ भाद्र ८ सोमबार

    अपडेट
    गृहपृष्ठराजनीतिलोकतन्त्रको आन्दोलन उठाउँदाकै आस्थाबाट अहिलेपनि अटलरुपले निर्देशित छु: राष्ट्रपति

    लोकतन्त्रको आन्दोलन उठाउँदाकै आस्थाबाट अहिलेपनि अटलरुपले निर्देशित छु: राष्ट्रपति


     

    बाग्लुङ । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रको आन्दोलन उठाउँदाकै आस्थाबाट अहिले पनि आफू अटलरुपले निर्देशित भएको बताउनुभएको छ ।

    गण्डकी प्रदेशस्तरीय पर्यटन, कृषि, औधोगिक, व्यापार मेला एवम् सातौं बाग्लुङ महोत्सव २०८० को बुधबार बाग्लुङमा उदघाटन गर्दै राष्ट्रपति पौडेलले यस्तो बताउनुभएको हो ।

    “जुन आस्था र विश्वास बोकेर २०४६ सालमा म धौलागिरिमा आन्दोलन उठाउन आएको थिएँ, त्यो आस्था र विश्वासबाट म आजपर्यन्त अटलरुपले निर्देशित छु”, उहाँले भन्नुभयो, “आजको यो संविधान त्यसरीनै कठोर मेहनत र नेपाली जनताको रगत पसिनाले लेखिएको छ । यसरी जनताले बनाएको नेपालको संविधानलाई कसैले आँच पु¥याउन सक्ने छैन भनेर पनि विश्वास दिलाउन चाहन्छु ।”

    आत्मनिर्भर अर्थतन्त्रको आधार निर्माण गर्न, स्थानीय सम्भावना, उत्पादन र रोजगारीका अवसर वृद्धि गरी आयात प्रतिस्थापन तथा निर्यातलाई प्रोत्साहन गर्न जरुरी रहेको राष्ट्रपति पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो,“ महोत्सवले क्रेता र विक्रेता एकै ठाउँमा जम्मा गर्ने भएको हँुदा बस्तुको उत्पादन, बजार, माग तथा आपूर्तिको साथै स्थानीय प्रविधि र रोजगारीलाई बढावा दिन्छ, मैले यो महोत्सवले यसमा सफलता प्राप्त गर्ने विश्वास लिएको छु । ”

    स्थानीयस्तरमा परम्परागत रूपमा सञ्चालित उद्योगहरूको प्रतिस्पर्धामक क्षमता अभिवृद्धि गर्न मेशिनरी प्रतिस्थापन प्रविधि सुधार तथा पूर्वाधार निर्माणका लागि सहुलीयतपूर्ण कर्जाको आवश्यकतामा जोड दिँदै उहाँले यसका लागि स्थानीय र प्रदेश सरकारले स्थानीय कच्चा पदार्थमा आधारित लघु, घरेलु र साना उद्योगलाई बजार प्रवद्र्धनका कार्यक्रम दिन सक्नुपर्ने बताउनुभयो ।

    “मैले भन्नै पर्दछ, हरित अर्थतन्त्रको मान्यताअनुसार वातावरण संरक्षण र जलवायु परिर्वतन अनुकुल तथा न्यूनिकरणलाई स्थानीय स्तरबाटै निजी र सरकारी क्षेत्रले ध्यान दिनुपर्दछ”, राष्ट्रपति पौडेलले भन्नुभयो, “म यहाँ निजी क्षेत्रको तर्फबाट उपस्थित हुनुभएका अगुवाहरूलाई के भन्न चाहन्छु भने यी देखिएका हिमशुङ्खला, हामीले होस पु¥याएनौ भने नरहन पनि सक्दछ ।”

    राष्ट्रपति पौडेलले गण्डकी प्रदेशलाई चीन र भारतसँग जोड़नका लागि त्रिवेणीसम्म पु¥याउन आफूले संविधानसभामा निकै मेहेनत गर्नु परेको स्मरण गर्दे भन्नुभयो – कालीगण्डकी कोरिडोर सम्पन्न गर्न, मध्य पहाड़ी लोकमार्ग निर्माण कार्य पुरा गर्न भईरहेका बीच बीचका अबरोध हटाउन प्रतिनिधिसभाका तपाईहरूले संसदमा आावाज उठाउनुहोस म तपाईहरूको साथमा छु ।

    राष्ट्रपति पौडेलले त्यस क्षेत्रको विशिष्टता, प्राकृतिक सौन्दर्य, संस्कृति र सभ्यतालाई नेपाल र विश्व पर्यटन बजारमा प्रवद्र्धन गरी पर्यटन क्षेत्रलाई आयआर्जन र समृद्धिको आधारको रूपमा स्थापित गर्न सकिने प्रचुर संभावना रहेको बताउँदै यस ठाँउको भौगोलिक विविधता र विकटतालाई पृथक र नवीन पर्यटकीय थलोको रुपमा विकास गरी नयाँ पुस्तालाई यस क्षेत्र र नेपाल भ्रमणको लागि आकर्षित गर्नुपर्ने आजको आवश्यकता हो भन्नुभयो ।

    “यसका साथै, निजी क्षेत्रको लगानी, उद्यमशीलता र अनुभवलाई यस क्षेत्रको आर्थिक विकासमा परिचालन गर्न व्यवसायीमैत्री वातावरण तयार गर्नुपर्दछ भन्ने पनि मलाई लाग्दछ”, उहाँले भन्नुभयो ।

    राष्ट्रपति पौडेलले पर्यटकीय पूर्वाधार विकासमा निजी क्षेत्रको अत्यन्त महत्वपूर्ण भूमिका हुन्छ र निजी क्षेत्रलाई लगानी गर्न मन लाग्ने वातावरण स्थानीय, प्रदेश र संघीय सरकारले ऐन, नियम परिमार्जित गरेर प्रोत्साहन गरिदिनुपर्दछ भन्ने आफूलाई लागेको उल्लेख गर्नुभयो ।

    प्रदेश सरकार र निजी क्षेत्रको सहकार्यमा पहाडी तथा हिमाली क्षेत्रमा मनोरञ्जनात्मक तथा साहसिक पर्यटनको लागि हिलस्टेशनहरू विकास गर्न आवश्यक छ भन्दै उहाँले सांस्कृतिक, धार्मिक, साहसिक, कृषि, स्वास्थ्य तथा खेल पर्यटक आकर्षित गर्दै यस क्षेत्रको मौलिक संस्कृति संरक्षणमा महोत्सवले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।

    पहिला फलाम र तामाको खानी भएपनि अहिले त्यसको उपयोग नभएको उल्लेख गर्दै उहाँले संभावित खानीको उपयोग गर्न निजी क्षेत्रलाई आग्रह गर्नुभयो ।

    यस क्षेत्रमा उत्पादन हुने कृषि उत्पादनहरूलाई व्यवसायीकरण, यान्त्रिकीकरण र आधुनिकीकरण गरेमा मात्र यस भेगका जनताको जीवनस्तर सुध्रिनेछ भन्दै राष्ट्रपति पौडेलले महोत्सवमार्फत निजी क्षेत्रले यहाँको उत्पादन हुने कृषि उपज र जडीबुटीलाई हाम्रो सामु ल्याएको हुँदा प्रदेश सरकारले यसको विकासमा उद्योगी व्यवसायीलाई उत्प्रेरित गर्नुपर्ने आवश्यकता आफूले देखेको बताउनुभयो ।

    उहाँले बाग्लुङ राजनीतिक चेतनाको उर्वरभूमि मात्र नभएर धौलागिरि हिमशृङलासहितका प्राकृतिक छटाले सुसज्जित रहेको बताउँदै भन्नुभयो,“ धेरै विपे्रषण भित्राउने जिल्ला पनि हो बाग्लुङ, धेरै विषयमा बाग्लुङले आफूलाई प्रख्यात गराउन सकेको र यहाँका उद्योगी व्यवसायीहरूले राष्ट्रियस्तरमासमेत अर्थतन्त्रको बागडोर सम्हालेको देख्दा म हर्षित छु । ”

    उहाँले सो अवसरमा आफूसँगै बाग्लुङ कारागारमा जेल जीवन बिताउने साथीहरु गोविन्द कँडेल, तनहुँका लक्ष्मी आचार्य र यहिँका नेता जगदिश उपाध्याय, रघुपति तथा ऋषि कँडेल, विष्णु गिरी, ढकप्रसाद, दिलप्रसाद र इश्वरीप्रसाद कँडेल, मणिभद्र चालिसे र दिलप्रसाद सापकोटालगायतका बाह्रपन्ध्रजना भाइहरू, जेलमा दूध, तरकारी पु¥याइदिने सापकोटा बाजे र बाग्लुङ बजार बिँहु–लेखानी, पैयूँपाटा, कुश्मीशेरा र पर्वत फलेवास, मणिकुँवा अनि पाङ, ग्यादी र कुश्माका साथीहरूलाई स्मरण गर्नुभयो ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    रास्वपाले छुटेका राजनीतिक अध्याय फर्केर पढ्नुपर्छ : रवि लामिछाने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीलाई जिम्मेवार राजनीतिक शक्तिका रूपमा अघि बढाउन विगतमा छुटेका राजनीतिक

    कम्युनिस्ट शक्तिबीच एकता र पुनर्गठन आजको आवश्यकता : प्रचण्ड

    काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलनमा सहकार्य, एकता र पुनर्गठन आजको आवश्यकता भएको बताएका

    सुनसरी–मोरङ सिँचाइको दीर्घकालीन समाधान खोज्न मन्त्री श्रेष्ठको निर्देशन

    मोरङ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ठूला सिँचाइ आयोजनालाई कृषि उत्पादन, रोजगारी र स्थानीय आम्दानी वृद्धिसँग जोड्न सके

    मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको आग्रह

    काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावलीमा रहेका विवरण अद्यावधिक तथा त्रुटि सच्याउन सम्बन्धित मतदातालाई अनुरोध गरेको छ । आयोगका सहसचिव

    राज्यबाट सिर्जित सुकुम्बासी : आर्थिक, कृषि तथा भूमिनीतिको यथार्थ

    -शोभाखर भण्डारी नेपालमा पछिल्ला वर्षहरूमा आर्थिक गतिविधिहरू सुस्त बन्दै गएका छन्। उद्योग, व्यापार, घरजग्गा कारोबार तथा सेयर बजारमा देखिएको मन्दीले

    १५औँ महाधिवेशनको सम्पूर्ण प्रक्रिया रोक्न माग गर्दै देउवा र खड्का…

    काठमाडौं  ५ भदौ: नेपाली कांग्रेसको आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला १५औँ महाधिवेशनको सम्पूर्ण प्रक्रिया रोक्न माग गर्दै निवर्तमान सभापति शेरबहादुर

    Techie IT