ललितपुरका निर्माण व्यवसायी संघकाे कर सम्बन्धि तालिम
ललितपुर/ ३ भदौ, ललितपुर निर्माण व्यवसायी संघले निर्माण व्यवस्थापन, कर तथा विमा सम्बन्धि नीति बिषयमा केन्द्रित रहेर एक दिने तालिम सम्पन्न गरेकाे छ। ललितपुर निर्माण व्यवसायी संघमा आवद्ध व्यवसायीहरुलाई लक्षित गरेर कर सम्बन्धि एक दिने प्रशिक्षण आयाेजना गरेकाे संघका बरिष्ठ उपाध्यक्ष भगिरथ तिमल्सिनाले जानकारी गराउनुभयाे । “हालसालै कर कानुनमा भएका परिवर्तन र उनीहरुको निर्माण व्यवसायमा पर्न सक्ने प्रभावका बारेमा समेत जानकारी गराउनु याे तालिमकाे उद्देश्य हाे । तालिमबाट निर्माण व्यवसायीहरुलाई कानूनी रूपमा कर सम्बन्धि दायित्वहरु पूरा गर्न र करसम्बन्धी प्रावधानहरु पालना गर्न सक्षम बनाउनु हाे ।”तिमल्सिनाले भन्नुभयो ।
यस प्रशिक्षणले निर्माण व्यवसायीहरुलाई कानूनी रूपमा करसम्बन्धी दायित्व पुरा गर्न, अनुगमन र कर जाँचबाट बच्न, र करसम्बन्धी जोखिम घटाउन मद्दत गर्ने उहाँले बताउनुभयो ।
प्रशिक्षणमा लेखा प्रणाली, कर सम्बन्धि व्यवस्थाका बारेमा प्रशिक्षक सालिग्राम अर्यालले सहभागीहरुलाई प्रशिक्षण गर्नुभएको थियोे । उहाँले निर्माण व्यवसायीहरुलाई दर्ता नभएको राजनीतिक दल, दर्ता नभएको संघसंस्था, कानुनी अस्तित्वमा नरहेका समूह वा संस्थालाई दिएको चन्दा खर्चमा देखाउन नपाइने व्यवस्था रहेकाे जानकारी गराउँदै हरेक काराेवार बैंक खाता मार्फत मात्रै काराेवार गर्न आग्रह गर्नुभएकाे थियाे ।
उहाँले सहभागीहरुलाई नेपालकाे कर प्रणाली, कर नियमावली, र कानूनी दायित्वहरुको बारेमा प्रष्ट पार्नुभएकाे थियाे । प्रशिक्षणमा निर्माण व्यवसायमा लाग्ने विभिन्न करहरू जस्तै मूल्य अभिवृद्धि कर, आयकर, स्रोत कर, आदि बारेमा जानकारी गराइएको थियाे ।
तालिममा दश वर्षदेखि इन्स्योरेन्स क्षेत्रमा लाग्नु भएका विमा सर्भेयर जगन्नाथ गाैत्तमले निर्माण व्यवसायमा विमाकाे आवश्यकता, महत्व र विमा दावी गर्न सक्ने अवस्थाहरु, दावीका लागि पुर्याउनु पर्ने कागजातहरुलगायतका बारेमा प्रस्तुतिकरण गर्नुभएको थियाे ।
उहाँले सार्वजनिक खरिद क्षेत्रमा विमा चाहिन्छ भन्ने वकालत गर्दै आएकाे बताउँदै विमा दावी गर्न हुने ढिलासुस्तीले हुने हानी र विमा दावी गर्दा हुने कमजोरीले विमा रकम प्राप्त हुने नसक्ने अवस्थाहरुका बारेमा जानकारी गराउनुभएकाे थियाे। उहाँले विमा गर्दा विमा नीति सम्बन्धि सबै कुरा बुझेर मात्रै गर्न र माग दावी गर्न सकिने आधारहरुका बारेमा सुसूचित हुन आग्रह गर्नुभएको थियोे ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ नेप्सेमा दोहोरो अंकको गिरावट, सूचक २६६० बिन्दुमा सीमित
- २ ११ महिनामा सबैभन्दा बढी डिजेल आयात, कुल आयात १८ खर्ब ९४ अर्ब पुग्यो
- ३ सिन्धु त्रिवेणीघाटको सम्भावना
- ४ चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्किए परराष्ट्रमन्त्री खनाल, नेपाल–चीन सहकार्य विस्तारमा जोड
- ५ राष्ट्रियतामाथि शंका नगर्न प्रधानमन्त्री बालेन शाहको आग्रह
- ६ भेनेजुएलामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प, राजधानी कराकासमा त्रास
- ७ विश्वकप : मोरक्कोको पहिलो जित

तपाईको प्रतिक्रिया दिनुहोस