मोदी र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता
काठमाडौं।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार चीनका विदेशमन्त्री वाङ यीसँगको भेटवार्तामा भारत–चीन सीमामा शान्ति र स्थिरता कायम राख्नु पर्नेमा जोड दिएका छन् ।उनले सीमा विवादको निष्पक्ष, तर्कसंगत र दुवै पक्षका लागि स्वीकार्य समाधानप्रति भारत प्रतिबद्ध रहेको दोहोर्याएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्यारिफ नीतिपछि भारत र चीनबीचको सम्बन्धले नयाँ दिशा लिएको छ । यसअघि वाङ यीले मंगलबार राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँगको भेटवार्तामा मोदीले यो महिनाको अन्त्यमा चीनको भ्रमण गर्ने पुष्टि गरेका थिए ।
वाङ यीसँगको भेटपछि मोदीले सामाजिक संजालमा गत वर्ष कजानमा राष्ट्रपति सी चिनफिङसँगको भेटवार्तापछि भारत–चीन सम्बन्धले एक–अर्काको हित र संवेदनशीलताको सम्मान गर्दै निरन्तर प्रगति गरेको बताए ।
बैठकमा वाङ यीले पछिल्ला केही वर्षमा भारत र चीन दुवैलाई झट्का लागेको र त्यो दुवैको हितमा नभएको बताए । उनले भने, “हामीले खुसीसाथ भन्न सक्छौँ, अब सीमामा स्थिरता बहाल भएको छ । इतिहास र वास्तविकताले भारत र चीनबीच राम्रो सम्बन्ध दुवै देशका दीर्घकालीन हितहरू पूरा गर्छ भन्ने यो प्रमाणित गरेको छ ।”
वाङ यीले चीनले एससीओ शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री मोदीको प्रस्तावित भ्रमणलाई धेरै महत्व दिने बताए ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ आईसीसी विश्वकप लिग–२ आजदेखि, पहिलो खेलमा नेपाल र नामिबियाको प्रतिस्पर्धा
- २ तयारी पोसाक उद्योग प्रवर्द्धनमा सरकारको जोड, ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलमेन्ट काउन्सिल’ गठन प्रक्रिया अघि बढाइने
- ३ सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकारहरु माइतीघरमा प्रदर्शन
- ४ कीर्तिपुरमा चलिरहेको निजी कारमा आगलागी, चालक मृत फेला
- ५ देशभर मनसुन सक्रिय : आज पनि धेरै स्थानमा वर्षा, केही क्षेत्रमा भारी वर्षाको सम्भावना
- ६ दैनिक इन्धन मूल्य प्रणालीको विरोधमा पाकिस्तानभर पेट्रोल पम्प बन्द गर्ने घोषणा
- ७ निर्वाचन आयोगका प्रस्तावित पदाधिकारीविरुद्धका उजुरी आज संसदीय सुनुवाइ समितिमा वितरण गरिने

तपाईको प्रतिक्रिया दिनुहोस