मध्यपहाडी लाेकमार्गकाे लागि ७६ कराेड सुनिश्चित, पुर्वमन्त्री बस्नेतद्वारा फिल्ड निरिक्षण
मेलम्ची/ ७ मंसिर ,नेपाल सरकारका पुर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य माेहनबहादुर बस्नेतले पाटीभञ्ज्याङ देखि बाहुनेपाटी खण्डकाे मध्यपहाडी लाेकमार्गकाे निरिक्षण तथा अनुगमन गर्नुभएकाे छ ।
मध्यपहाडी लाेकमार्गकाे लागि ७६ कराेड सुनिश्चित भएकाे छ । लाेकमार्गकाे अनुगमन गर्दै पुर्वमन्त्री बस्नेतद्वारा यश खण्डमा अब गुणस्तरीय सडक बन्ने बताउनुभयाे । ७६ कराेड मध्ये अधिकांस काम सिन्धुपाल्चाेकमा हुने उहाँले जानकारी दिनुभयाे ।
निरिक्षणकाे क्रममा बस्नेतले यश अघि पनि साना तथा मझाैला याेजना परेकाे अवगत गराउनुभयाे । ‘यश क्षेत्रमा ठुलाे रकम परेकाे छ । समयमा काम गर्न पर्याे’, पुर्वमन्त्री बस्नेतले भन्नुभयाे । समयमा काम नभएमा रकम अन्त जाने भन्दै चाँडै काम सम्पन्न गर्न ठेकेदार कम्पनीलाई उहाँले निर्देशन दिनुभयाे ।
साथै बस्नेतले स्थानियकाे मागकाे सम्बाेधन गर्दै जाने बताउनुभयाे । केही समय अघि काउलेमा उद्घाटन भएकाे नगर अस्पतालमा आवस्यक सामान उपलब्ध गराएकाे बताउँदै ५ बर्ष भित्रमा भाेटकाे कदर हुने गरि काम गर्ने उद्घाेश गर्नुभयाे ।
शुक्रवार स्थानिय र निर्माण व्यबसायी बिच अन्तर्क्रिया कार्यक्रम समेत गरिएकाे छ । यश क्षेत्रमा बिनियाेजित रकम बाट कसरी काम गर्न सकिन्छ भनेर स्थानिय संग छलफल गरिएकाे थियाे । अन्तर्क्रिया कार्यक्रममा बजेट सुनिश्चित भएर तिव्र गतीमा काम भइरहेकाे स्थानियले बताएका छन । बाटाे खन्दा खानेपानीका पाइप लगायत गाेरेटाे बाटाे बिच्छेद भएकाे भन्दै त्यसकाे समेत मर्मत गरिदिनपर्ने स्थानिय अनिल थापाले माग गरे । पिप्लेमा बसपार्क निर्माण गरिदिनुपर्ने तथा सिँचाई कुलाेकाे मर्मत गरिदिनुपर्ने उहाँले माग राख्नुभयाे ।
मध्यपहाडी लाेकमार्गकाे पाटीभन्ज्याङ देखि बाहुनीपाटी खण्डमा बन्धना भगवती कन्स्ट्रकसनले काम गरिरहेकाे छ । अन्तरक्रिया कार्यक्रममा स्थानियकाे माग सम्बाेधन गर्दै कम्पनीका ईन्जिनियर देव ढुंगेलले स्थानियकाे सबै माग पूरा गर्ने प्रतिवद्वता व्यक्त गर्नुभयाे । संघिय सांसद बस्नेतले लाेकमार्गकाे लागि थप बजेटकाे लागि पहल गरिदिएकाे हुनाले गत बर्ष १ अर्व जतिकाे काम गरेकाे जानकारी दिनुभयाे । अझै पनि ४९ कराेड बाँकी रहेकाे उहाँले बताउनुभयाे । लाेकमार्गकाे काम तिव्र गतीमा जाने बताउँदै पाटीभन्ज्याङमा ३०० जना कामदारले काम गरिरहेकाे र भदाैरे बाट पनि काम भईरहेकाे जानकारी दिनुभयाे । काम गर्दा स्थानियकाे खेत, कुलाे नास हुन नदिने उहाँले प्रतिवद्वता व्यक्त गर्नुभयाे ।
<span;>अनुगमनकाे क्रममा बागमती प्रदेशका सांसद कृष्ण कुमार तामाङ, कांग्रेस जिल्ला सचिव रमेशराज भण्डारी, क्षेत्रिय सचिव विष्णु घाेरासैनी, मेलम्ची नगर सभापती वसन्त गुरूङ, यश भेगका निर्वाचित जनप्रतिनिधिहरू लगायतकाे उपस्थिति रहेकाे थियाे ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ नेप्सेमा दोहोरो अंकको गिरावट, सूचक २६६० बिन्दुमा सीमित
- २ ११ महिनामा सबैभन्दा बढी डिजेल आयात, कुल आयात १८ खर्ब ९४ अर्ब पुग्यो
- ३ सिन्धु त्रिवेणीघाटको सम्भावना
- ४ राष्ट्रियतामाथि शंका नगर्न प्रधानमन्त्री बालेन शाहको आग्रह
- ५ विश्वकप : मोरक्कोको पहिलो जित
- ६ चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्किए परराष्ट्रमन्त्री खनाल, नेपाल–चीन सहकार्य विस्तारमा जोड
- ७ रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध, केन्द्रीय सदस्यमा मतदान हुने

तपाईको प्रतिक्रिया दिनुहोस