बानेश्वरमा बसेर ‘ब्रिफ-केश’ बोकेर न्याय किनबेच भएको छैन’
न्याय सेवा दिवसका अवसरमा मंगलबार आयोजित कार्यक्रममा अध्यक्ष घिमिरेले ‘ब्रिफ–केश’ बोकेर बानेश्वरको चोकमा न्याय किनबेच हुने अवस्था बारकै आन्दोलनका कारण अन्त्य भएको दाबी गरेका हुन्।
‘ब्रिफ–केश बोकेर बानेश्वरको चोकमा न्याय किनबेच हुने अवस्था अहिले छैन, त्यो बारकै आन्दोलनका कारण हो’, अध्यक्ष घिमिरेको भनाइ छ।
सर्वोच्च अदालतमा न्यायाधीश नियुक्ति गर्दा न्यूनतम गर्नुपर्ने सेवा अवधिका सम्बन्धमा विचार गर्ने पो हो कि भन्दै प्रश्न गरेका उनले व्यक्तिका कारण व्यवस्था नै गलत हो भन्ने पक्षमा नेपाल बार नरहेको बताए। न्याय परिषद्ले आफ्नो ऐन संशोधन गर्दा आफूहरूलाई नसोधिएको भन्दै उनले समग्र सिस्टमको सुधारको पक्षमा लाग्दा आफूहरूले आन्दोलन नगरेको बताए।
‘तर हाम्रो विरोध जारी छ। मर्यादाक्रम फरक पर्नेगरी भएको संशोधनमा आपत्ति छ’, घिमिरेको भनाइ छ। उनले कर नतिर्ने कानुन व्यवसायीको लाइसेन्स नवीकरण नहुनेसमेत प्रस्ट पारेका छन्।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
- २ नेप्सेमा दोहोरो अंकको गिरावट, सूचक २६६० बिन्दुमा सीमित
- ३ ११ महिनामा सबैभन्दा बढी डिजेल आयात, कुल आयात १८ खर्ब ९४ अर्ब पुग्यो
- ४ रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध, केन्द्रीय सदस्यमा मतदान हुने
- ५ भेनेजुएलामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प, राजधानी कराकासमा त्रास
- ६ परीक्षा बोर्डको नतिजा प्रक्रिया पारदर्शी र समयमै सम्पन्न गरिएको हो : मन्त्री पोखरेल
- ७ नेप्सेमा २६ अङ्कको गिरावट, अधिकांश कम्पनीको शेयर मूल्य घट्यो

तपाईको प्रतिक्रिया दिनुहोस