प्रतिनिधिसभाः उपसभामुखको पत्रबारे छानबिन गर्न माग
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समयमा बोल्ने सांसदहरुले उपसभामुख इन्दिरा रानाले अमेरिकी दूतावासलाई लेखेको पत्रका विषयमा छानबिन गर्न माग गरेका छन् ।
केही युवालाई अमेरिका पठाउन उपसभामुख रानाले संसद्को लेटरप्याडमा अमेरिकी दूतावासलाई पत्र पठाएको र यसबारे संसद्लाई जानकारी नभएका विषयमा छानबिन गरिनुपर्ने माग सत्तापक्षले उठाएको छ । प्रतिपक्षमा रहेका दलहरुले भने उपसभामुख इन्दिरा रानासँग जोडेर आएको विषय संवैधानिक परिषद्मा सत्तापक्षले खोजेको सहजतासँग जोडेर आएको र सत्तापक्षले मिडिया ट्रायल गरेको आरोप लगाएको छ । साथै पर्याप्त छानविन र वास्तविकता पहिचान नगरिकनै मानव तस्करीजस्तो जघन्य अपराधमा उपसभामुख रानाको नाम मुछिएकोप्रति प्रतिपक्ष दलका सांसदहरुले आपत्ति जनाएका हुन् ।
आजको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद रामहरी खतिवडाले प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले आफ्नो पदको दुरुपयोग गरेर केही युवालाई अमेरिका पठाउन खोजेको आरोप लगाए ।
यस्तो गम्भीर आरोपबारे छानबिन समिति गठन हुनुपर्ने तथा उपसभामुखले नैतिकताका आधारमा संसद बाहिर रहेर अनुसन्धानलाई सघाउनुपर्ने उनको भनाइ छ । “संसद् सचिवालयलाई थाहै नदिइ उपसभामुखको लेटरप्याडमा कसले कुन प्रयोजनका लागि सिफारिस गरेको हो भनेर छानबिन गरिनुपर्छ । यसका लागि उपसभामुख संसद्भन्दा बाहिर बसेर छानबिनका लागि सघाउनुपर्छ”, खतिवडाले भने, “यस्तो अवस्थामा उपसभामुखले संसदको कमाण्ड सम्हाल्न सुहाउँछ कि सुहाउँदैन रु यो गम्भीर प्रश्न हो ।”
सांसद रघुजी पन्तले राष्ट्रिय परिचयपत्रको आवश्यकता र औचित्यमाथि प्रश्न गरे । विभिन्न सामाजिक सुरक्षाभत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएपछि त्यसले अप्ठ्यारो भएको उनको भनाइ छ । राष्ट्रिय परिचयपत्र अनिवार्य गरिँदा ज्येष्ठ नागरिकलाई बढी समस्या परेको उल्लेख गर्दै सांसद पन्तले यसमा सहजीकरण गर्न संसद्मार्फत सरकारको ध्यानाकर्षण गराए ।
सांसद माधव सापकोटाले डेडिकेटेड र ट्रङ्कलाइनको विद्युत् महशुल भुक्तानीसम्बन्धी विवादमा प्रधानमन्त्रीले हस्तक्षेप गरेको विषय उठाए ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ नेपाल राष्ट्र बैंकद्वारा आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक
- २ सिन्धु त्रिवेणीघाटको सम्भावना
- ३ देशभर आंशिक बदली, केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना
- ४ देशभर आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
- ५ शान्तिका लागि साइकल यात्रा
- ६ ओलीद्वारा बुद्ध जयन्तीको शुभकामना, करुणा र शान्तिको सन्देश प्रसार
- ७ नेपालको रोमाञ्चक जित: युएई ६ रनले पराजित

तपाईको प्रतिक्रिया दिनुहोस