Techie IT
  • The Film Nepal
  • २०८३ असार ३ बुधबार

    अपडेट
    गृहपृष्ठखेलकुदनेपाल आइपुग्यो वाफको उपविजेता टोली, प्रीति र रश्मि ह्वीलचेयरमा देखिए

    नेपाल आइपुग्यो वाफको उपविजेता टोली, प्रीति र रश्मि ह्वीलचेयरमा देखिए


    साउदी अरबमा बिहीबार राति सम्पन्न वाफ वुमन्स च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपविजेता नेपाली टोली शुक्रबार स्वदेश फर्किएको छ।

    फाइनल भिडन्तमा उत्कृष्ट प्रदर्शन गरे पनि टाइ ब्रेकरमा जोर्डनसँग ५-३ ले पराजित भएर नेपाली टोली पहिलो अन्तर्राष्ट्रिय उपाधिबाट चुकेको थियो।

    नेपाली महिला टोली शुक्रबार राति विमानस्थलमा अवतरण गर्दा अखिल नेपाल फुटबल संघका अपध्यक्ष पंकजविक्रम नेम्वाङ र संघीय सांसद् तोसिमा कार्कीसहितले स्वागत गरेकी थिइन् ।

    विमानस्थलमा अतवरण गरेपछि नेपाली टोलीलाई खेलअधिकारी र उनीहरूका आफन्तले पुष्पगुच्छा र खादा-मालाले स्वागत गरे।

    नेपाल फर्किएका महिला टोलीका सदस्यहरू रश्मि तामाङ र प्रीति राईलाई ह्वीलचेयरमा स्वागत गरियो।

    रश्मि र प्रीति दुवै जोर्डनविरुद्धको फाइनल भिडन्तमा घाइते भएका थिए। त्यहीकारण उपचारका क्रममा रहेका उनीहरू दुवैजना ह्वीलचेयरमै एयरपोर्टबाट बाहिरिएका थिए ।

    नेपाली महिला टोलीले वाफसहित ११ औँ प्रतियोगिताको फाइनल खेलेर पनि उपाधिबाट बिमुख हुनु परेको छ।

    यस पटक उपाधिनजिक पुगेर पनि महिला टोली चुकेको हाे। वाफमा आमन्त्रितका रुपमा पुगेको नेपाली टोली पहिलो सहभागितमै फाइनल पुगेको थियो। तर नेपाललाई जोर्डनले छैटौँ पटक उपाधि जित्दै निराश बनायो।

    वाफ च्याम्पियन्सिपको फाइनल खेल्न नपाएकी सावित्री भण्डारी साम्बा भने उतैबाट क्लब फुटबलका लागि फ्रान्स पुगिसकेकी छन्।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    विश्वकप: सेनेगलविरुद्ध फ्रान्स विजयी

    काठमाडौँ । सेनेगलविरुद्धको खेलमा फ्रान्सले प्रभावशाली प्रदर्शन गर्दै ३–१ गोलको जित निकालेको छ।खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो

    विश्वकपमा अस्ट्रिया र जोर्डन भिड्दै : दोस्रो चरणको आशा बलियो…

    काठमाडौँ । जारी फिफा विश्वकपअन्तर्गत समूह जे को खेलमा आज बिहान अस्ट्रिया र जोर्डन आमनेसामने हुँदैछन्। अमेरिकाको क्यालिफोर्नियास्थित लेभिस रंगशालामा

    स्पेनलाई रोक्दै केप भेर्डेको ऐतिहासिक सफलता, गोलरक्षक भोजिन्हाको भावुक प्रतिक्रिया

    काठमाडौँ । विश्वकप उपाधिको बलियो दाबेदार तथा युरोपेली च्याम्पियन स्पेनलाई गोलरहित बराबरीमा रोक्दै केप भेर्डेले आफ्नो फुटबल इतिहासकै सबैभन्दा स्मरणीय

    विश्वकपमा जापान र नेदरल्यान्ड्सबीच रोमाञ्चक २–२ बराबरी

    काठमाडौँ । विश्वकपको समूह चरणअन्तर्गत बहुप्रतीक्षित खेलमा जापान र नेदरल्यान्ड्सले २–२ को रोमाञ्चक बराबरी खेल्दै अंक बाँडेका छन्। खेलको अन्तिम

    फिफा विश्वकप : ब्राजिल र मोरक्को १–१ को बराबरीमा, दुवैले…

    काठमाडौँ । जारी फिफा विश्वकप फुटबलअन्तर्गत समूह ‘सी’ को खेलमा ब्राजिल र मोरक्कोले १–१ गोलको बराबरी खेलेका छन्। आइतबार बिहान

    विश्वकप फुटबलमा मेक्सिकोको विजयी सुरुआत, दक्षिण अफ्रिकामाथि २–० को जित

    काठमाडौँ । आयोजक मेक्सिकोले फिफा विश्वकप फुटबलको उद्घाटन खेलमा दक्षिण अफ्रिकालाई २–० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको

    Techie IT