Techie IT
  • The Film Nepal
  • २०८३ असार १४ आईतवार

    अपडेट
    गृहपृष्ठअन्तराष्ट्रियद्विपक्षीय लगानी प्रवर्द्धन तथा सुरक्षा सम्झौता अपरिहार्य – राजदूत थेयङ

    द्विपक्षीय लगानी प्रवर्द्धन तथा सुरक्षा सम्झौता अपरिहार्य – राजदूत थेयङ


    काठमाडौं/ १६ असाेज, नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क थेयङले नेपाल र काेरियाबीच द्विपक्षीय लगानी प्रवर्द्धन तथा सुरक्षा सम्झौता अपरिहार्य भएकोमा जाेड दिनुभएको छ।
    गणतन्त्र कोरियाको राष्ट्रिय दिवस २०८१ को अवसरमा गणतन्त्र कोरियाकाे दूतावासद्वारा मंगलबार (अक्टोबर १ तारिकमा) यहाँ आयोजित समारोहमा  मन्तव्य राख्नुहुँदै राजदूत थेयङले कोरिया र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पुगेको चर्चा गर्दै राजदूत थेयङले द्विदेशीय मैत्री एवं सहयोग विस्तारका निम्ति आफू प्रतिबद्ध रहेको बताउनुभयाे । उहाँले नेपालमा अधिकभन्दा अधिक लगानी भित्र्याउन आफू क्रियाशील रहेको बताउँदै सामसुङ र हुन्डेजस्ता ठूला कम्पनीका उत्पादन नेपालमा प्रारम्भ भएसँगै नेपालीले स्वदेशमा नै रोजगारीका अवसर पाउन थालेका बताउनुभयाे ।
    उपराष्ट्रपति रामसहायप्रसाद यादव गणतन्त्र कोरियाको राष्ट्रिय दिवसका अवसरमा नेपालका लागि राजदूत पार्क थेयङले मंगलबार आयोजना गरेको स्वागत समारोहमा सरिक हुनुभएकाे थियो । समारोहमा नेपाल सरकारका विभिन्न मन्त्रालयका मन्त्रीहरु, संसद सदस्यहरु, कुटनीतिक नियोगका प्रमुखहरु, नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरु, अन्तर्राष्ट्रिय संघ संस्थाका प्रतिनिधिहरू, व्यवसायी, पत्रकार तथा प्रबुद्ध व्यक्तिहरूका साथै नेपालमा रहेका कोरियाली नागरिकहरुको उपस्थिति रहेको थियो
    नेपालमा थप कोरियाली लगानी आकर्षित गर्न द्विपक्षीय लगानी प्रवर्द्धन तथा सुरक्षा सम्झौता अपरिहार्य भएको चर्चा गर्दै राजदूत थेयङले नेपालसँग आफ्नो मुलुकले निर्माण साझेदारी, जलविद्युत् आयोजना निर्माण, त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको स्तरोन्नति, सडक, अस्पताल, व्यावसायिक भवन निर्माणलगायत भौतिक विकासका परियोजना कार्यान्वयन गरेको जानकारी गराउनुभयाे ।
    रोजगार अनुमति प्रणालीअन्तर्गत सन् २००७ यता १ लाखभन्दा बढी नेपालीले कोरियामा रोजगारी पाएका तथा हाल कोरियामा ७० हजार नेपाली रहेका बताउँदै उनीहरूबाट जनस्तरको सम्बन्धलाई अझ सुदृढ तुल्याउन बल मिलेको बताउनुभयाे ।
    ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्ने नेपाल सरकारको लक्ष्यका साथै सन् २०२६ मा विकासशील राष्ट्रमा स्तरोन्नत हुने र त्यसपछि यसको दिगोपना सुनिश्चित गर्न कोरियाले सक्दो सहयोग गर्ने राजदूत थेयङले बताउनुभयाे ।
    समारोहमा कोरियाली संस्कृति झल्कने विविध सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो। त्यस अवसरमा राजदूत थेयङले हालैको बाढीपहिराबाट भएको अमूल्य जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै कोरिया सरकार र जनताका तर्फबाट हार्दिक सहानुभूति एवं ऐक्यबद्धता प्रकट गर्नुभयाे।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    कांग्रेसभित्र एकताको पहल : महामन्त्री घिमिरे र शेखर कोइरालाबीच विराटनगरमा…

    विराटनगर ।  नेपाली कांग्रेसका महामन्त्री गुरूराज घिमिरे र नेता शेखर कोइरालाबीच पार्टीभित्र देखिएको विवाद समाधान तथा एकता कायम गर्ने विषयमा

    भेनेजुएलामा शक्तिशाली भूकम्प : १८८ जनाको मृत्यु, १३८ परकम्प पुष्टि

    काठमाडौं । भेनेजुएलामा आएका दुई शक्तिशाली भूकम्पपछि हालसम्म कम्तीमा १३८ वटा परकम्प गएको पुष्टि भएको छ। घटनामा मृत्यु हुनेको संख्या

    परीक्षा बोर्डको नतिजा प्रक्रिया पारदर्शी र समयमै सम्पन्न गरिएको हो…

    काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रकाशन प्रक्रिया पारदर्शी र निर्धारित समयमै सम्पन्न गरिएको

    रास्वपाको दोस्रो चरण निर्वाचन तालिका सार्वजनिक, राति सवा ९ बजेदेखि…

    चितवन ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दोस्रो चरणअन्तर्गत पार्टी पदाधिकारी निर्वाचनको तालिका सार्वजनिक गरेको छ । केन्द्रीय निर्वाचन आयोगका

    भेनेजुएलामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प, राजधानी कराकासमा त्रास

    काठमाडौँ ।  भेनेजुएलाको उत्तर–मध्य क्षेत्रमा बिहीबार बिहान शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भीय सर्वेक्षण (USGS) का अनुसार भूकम्पको तीव्रता ७.१

    अत्यधिक गर्मीका कारण वीरगञ्जका सबै विद्यालय चार दिन बन्द

    वीरगञ्ज । अत्यधिक गर्मी र बढ्दो तापक्रमका कारण वीरगञ्ज महानगरपालिकाले महानगरभित्र सञ्चालनमा रहेका सबै विद्यालयमा चार दिनका लागि बिदा घोषणा

    Techie IT