के निर्णय गर्यो त एकीकृत समाजवादीको सचिवालय बैठकले ?
काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) को ७०औं केन्द्रीय सचिवालय वैठक सम्पन्न भएको छ।
पार्टीको केन्द्रीय कार्यालय आलोकनगर काठमाडौँमा सम्पन्न वैठकले यहि पुस ११, १२ र १३ गते केन्द्रीय कमिटी वैठकको आह्वान गरेको छ।
पार्टीका उपमहासचिव एवं पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाकाअनुसार वैठकमा पार्टीको प्रस्तावित विधानका धारा उपधारामाथि छलफल भएको छ। साथै आह्वान गरिएको केन्द्रीय कमिटीको वैठकमा विधानसम्बन्धि थप छलफल हुनेछ।
वैठकपछि सञ्चारकर्मीसँगको कुराकानिमा उपमहासचिव खतिवडाले भन्नुभयो, ‘पुस ११, १२ र १३ गते आह्वान गरिएको केन्द्रीय कमिटीको वैठकमा विधानका बारेमा वृहत्त छलफल हुनेछ। त्यसपछि आगामी माघ १४ र १५ गते आह्वान गरिएको केन्द्रीय परिषदको वैठकमा प्रस्तुत हुनेछ। यसअघि पुस ९ र १० गते तय गरिएको स्थायी कमिटीको वैठकलाई केन्द्रीय कमिटी वैठकमा समायोजन गरिएको छ।’
उपमहासचिव खतिवडाले अगाडि भन्नुभयो, ‘आज सम्पन्न वैठकले अर्को एउटा सार्वजनिक आह्वान गर्ने निर्णय गरेको छ। देश दिर्घरोगले आक्रान्त छ। कलेजो, किड्नी ट्रान्सप्लान्ट जस्ता जटिल रोगछन्। यस्ता रोगहरूलाई दृष्टिगत गर्दै हाम्रो पार्टीका नेता कार्यकर्ताहरूलाई अंगदान गर्न आह्वान गर्ने निर्णय गरेको छ। अब हामी ११, १२ र १३ गते तय गरिएको केन्द्रीय कमिटी वैठकको तयारीमा जुट्नेछौं।’
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ राज्यबाट सिर्जित सुकुम्बासी : आर्थिक, कृषि तथा भूमिनीतिको यथार्थ
- २ ट्रम्पद्वारा इरानसँगको वार्ता रोक्न निर्देशन, सम्झौताका लागि तेहरान तयार हुनुपर्ने अडान
- ३ बाढीपहिरोले देशभरका मुख्य राजमार्ग प्रभावित, विभिन्न सडकखण्ड अवरुद्ध
- ४ धर्नामा बसेकाको स्वास्थ्य र सुरक्षाको व्यवस्था गर्न मानव अधिकार आयोगको आग्रह
- ५ ललितपुर अदालतले पत्रकार श्रेष्ठविरुद्ध पक्राउ पुर्जी जारी गर्न अस्वीकार
- ६ साउनमा ७० हजारभन्दा बढीले लिए श्रम स्वीकृति
- ७ आज नौ संसदीय समितिको बैठक बस्दै, विभिन्न विषयमा छलफल हुने

तपाईको प्रतिक्रिया दिनुहोस