अष्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्क इन्डियन प्रिमियर लिग(आइपिएल) २०२४ को अक्सनमा कीर्तिमानी मूल्यमा कोलकाता पुगेका छन् । कोलकाताले स्टार्कलाई २४ करोड ७५ लाख भारु(झन्डै ४० करोड नेपाली रुपैयाँ) मा किनेको हो ।
यो आइपिएल इतिहासमा कुनैपनि खेलाडीले पाएको सर्वाधिक मूल्य हो । यसअघि एक घण्टा अघि मात्रै सनराइजर्स हैदराबादले प्याट कमिन्सलाई २० करोड ५० लाख भारु( झन्डै ३३ करोड) नेपाली रुपैयाँमा किनेको थियो ।
जुन आइपिएल इतिहासकै सर्वाधिक मूल्य थियो । कमिन्स अघि गतवर्ष पन्जाब किंग्सले साम करनलाई १८ करोड ५० लाख भारुमा किनेको थियो । स्टार्कले कमिन्सको कीर्तिमान तोड्दै इतिहासमै सर्वाधिक मूल्य पाएका हुन् ।
स्टार्कले अक्सनमा न्यूनतम २ करोड भारु राखेका थिए । सुरुवातमा दिल्ली र मुम्बईबीच प्रतिस्पर्धा भएको थियो । ९ करोड ६० लाखपछि दिल्लीले मूल्य लगाउन छाडेको थियो । त्यसपछि कोलकाताले मूल्य लगाएको थियो । त्यसपछि गुजरात पनि थएिको थियो । ९ करोड ६० लाखपछि दिल्ली र मुम्बई दुबै पछि हटेका थिए ।
त्यसपछि गुजरात र कोलकाताबीच अक्सनमा प्रतिस्पर्धा भएको थियो । त्यसपछि लगातार प्रतिस्पर्धा हुँदा २४ करोड कटेको थियो । २४ करोड ५० लाख सम्म गुजरातले मूल्य लगाएको थियो । तर त्यसपछि गुजरात पछि हटेको थियो ।
स्टार्क बिग म्याच प्लेयर हुन् । उनको स्वींग, गति र योर्करको सामना गर्न कुनै पनि विपक्षी ब्याटरलाई सहज हुँदैन । २०१५ र २०२३ को एकदिवसीय विश्वकप उपाधि जिताउन स्टार्कको प्रदर्शन महत्वपूर्ण थियो ।
त्यस्तै २०२१ को टि२० विश्वकप जिताउन पनि महत्वपूर्ण प्रदर्शन गरेका थिए । स्टार्कले नयाँ बलका साथ इन स्वींग र डेथ ओभरमा योर्करका साथ विपक्षी ब्याटरलाई कठिनमा पार्दै आएका छन् ।
स्टार्कले २०१४ मा बेंगलोरबाट आइपिएलमा दिल्लीविरुद्ध डेब्यू गरेका थिए । २०१५ पछि स्टार्कले आइपिएल खेलेका छैनन् । स्टार्कलाई २०१८ को अक्सनमा कोलकाताले ९ करोड ४० लाख भारुमा किनेको थियो । तर चोटका कारण खेलेका थिएनन् । पछिल्लो केहि वर्ष यता स्टार्कले अक्सनमा आफ्नो नाम नै दिएका थिएनन् । अष्ट्रेलियाको टोली र परिवारलाई समय दिने भन्दै आइपिएल नखेल्ने निर्णय लिएका थिए ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ नेप्सेमा दोहोरो अंकको गिरावट, सूचक २६६० बिन्दुमा सीमित
- २ ११ महिनामा सबैभन्दा बढी डिजेल आयात, कुल आयात १८ खर्ब ९४ अर्ब पुग्यो
- ३ रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध, केन्द्रीय सदस्यमा मतदान हुने
- ४ भेनेजुएलामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प, राजधानी कराकासमा त्रास
- ५ नेप्सेमा २६ अङ्कको गिरावट, अधिकांश कम्पनीको शेयर मूल्य घट्यो
- ६ परीक्षा बोर्डको नतिजा प्रक्रिया पारदर्शी र समयमै सम्पन्न गरिएको हो : मन्त्री पोखरेल
- ७ राष्ट्रियतामाथि शंका नगर्न प्रधानमन्त्री बालेन शाहको आग्रह

तपाईको प्रतिक्रिया दिनुहोस