Techie IT
  • The Film Nepal
  • २०८३ भाद्र ८ सोमबार

    अपडेट
    गृहपृष्ठराष्ट्रियअहिलेको विश्वको मुख्य समस्या नै जलवायु परिवर्तन हो- राष्ट्रपति

    अहिलेको विश्वको मुख्य समस्या नै जलवायु परिवर्तन हो- राष्ट्रपति


    बाकु, अजरबैजान/२६ कात्तिक, राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकुमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९ औँ सम्मेलन (कोप–२९) मा भाग लिन आज यहाँ आइपुग्नुभएको छ । उहाँलाई यहास्थित हैदर अलीएभ अन्तराष्ट्रिय विमानस्थलमा अजरबैजानका न्याय मन्त्री फरिद अहमदोले स्वागत गर्नुभएको थियो ।
    भेटका क्रममा राष्ट्रपति पौडेलले अहिलेको विश्वको समस्या नै जलवायु परिवर्तन भएको र यो सम्मेलनले विकसित देशलाई कार्वन उत्सर्जन कम गर्न र जलवायु कोषमा प्रतिवद्धता प्रकट गरेको रकÞम लगानी गर्न तथा कार्वन उत्सर्जनमा न्यून योगदान गरेर पनि मारमा परेका विकासशील देशका लागि लगानी गर्न प्रेरित गर्नुपर्ने बताउनुभएको प्रेस सल्लाहाकार किरण पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार अनुसार मन्त्री अहमदोले अहिलेको सम्मेलनको मुख्य विषय नै त्यही भएको उल्लेख गर्दै विकाशसील देशमाथि न्याय गरिनुपर्ने बताउनुभएको थियो ! उहाँले अजरवैजानमा नेपालका जस्ता पहाड़ नभए पनि यहाँका हिमाल पग्लिएर पानीको स्रोत सुकेको जानकारी दिनुभएको थियो !

    यही कात्तिक २६ गतेबाट शुरु भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९ औँ सम्मेलन (कोप–२९) मा उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति पौडेल कतारको दोहा हुँदै यहाँ आइपुग्नुभएको हो ।

    सो भ्रमण दलमा प्रथम महिला सबिता पौडेल, वन तथा वातारण मन्त्री ऐनबहादुर शाही, राष्ट्रपतिका विज्ञ÷सल्लाहकारसहित नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुको सहभागिता रहेको छ ।
    कोप –२९ अन्र्तगतको सम्मेलनमा राष्ट्रपति पौडेलले उच्चस्तरीय सत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’लाई सम्बोधन गर्ने कार्यक्रम छ ।
    सम्मेलनका क्रममा नेपालले आफ्ना एजेण्डामाथि विश्वको ध्यानाकर्षण गराउन कात्तिक २८ गते राष्ट्रपति पौडेलको नेतृत्वमा बेग्लै उच्चस्तरीय सत्र सञ्चालन हुनेछ । यही कात्तिक २६ गतेबाट शुरु हुने सम्मेलन आगामी मंसिर ७ गतेसम्म चल्नेछ ।
    कोप २९ मा भाग लिन राष्ट्रपति पौडेल यसअघि यही कात्तिक २५ गते आइतबार काठमाडौँबाट दोहाको लागि प्रस्थान गर्नुभएको थियो । सम्मेलनमा भाग लिएर राष्ट्रपति पौडेल कात्तिक ३० गते स्वदेश फर्कने कार्यतालिका छ ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    रास्वपाले छुटेका राजनीतिक अध्याय फर्केर पढ्नुपर्छ : रवि लामिछाने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीलाई जिम्मेवार राजनीतिक शक्तिका रूपमा अघि बढाउन विगतमा छुटेका राजनीतिक

    कम्युनिस्ट शक्तिबीच एकता र पुनर्गठन आजको आवश्यकता : प्रचण्ड

    काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलनमा सहकार्य, एकता र पुनर्गठन आजको आवश्यकता भएको बताएका

    सुनसरी–मोरङ सिँचाइको दीर्घकालीन समाधान खोज्न मन्त्री श्रेष्ठको निर्देशन

    मोरङ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ठूला सिँचाइ आयोजनालाई कृषि उत्पादन, रोजगारी र स्थानीय आम्दानी वृद्धिसँग जोड्न सके

    मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको आग्रह

    काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावलीमा रहेका विवरण अद्यावधिक तथा त्रुटि सच्याउन सम्बन्धित मतदातालाई अनुरोध गरेको छ । आयोगका सहसचिव

    राज्यबाट सिर्जित सुकुम्बासी : आर्थिक, कृषि तथा भूमिनीतिको यथार्थ

    -शोभाखर भण्डारी नेपालमा पछिल्ला वर्षहरूमा आर्थिक गतिविधिहरू सुस्त बन्दै गएका छन्। उद्योग, व्यापार, घरजग्गा कारोबार तथा सेयर बजारमा देखिएको मन्दीले

    १५औँ महाधिवेशनको सम्पूर्ण प्रक्रिया रोक्न माग गर्दै देउवा र खड्का…

    काठमाडौं  ५ भदौ: नेपाली कांग्रेसको आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला १५औँ महाधिवेशनको सम्पूर्ण प्रक्रिया रोक्न माग गर्दै निवर्तमान सभापति शेरबहादुर

    Techie IT