Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण ११ सोमबार

    अपडेट
    गृहपृष्ठराष्ट्रियरसुवा नाका सञ्चालनमा आउन कम्तीमा पन्ध्र दिन लाग्ने

    रसुवा नाका सञ्चालनमा आउन कम्तीमा पन्ध्र दिन लाग्ने


    काठमाडौँ/ २ कात्तिक, तीन दिन लगातार परेको वर्षापछि आएको बाढी पहिरोले सडक क्षतिग्रस्त हुँदा रसुवा भन्सार नाकाबाट मालवस्तु अझ कम्तीमा १५ दिन लाग्ने भएको छ । गत असोज ११, १२ र १३ गते लगातार परेको वर्षापछि आएको बाढी र पहिरोले चीनतर्फको रसुवा नाका जोड्ने राजमार्ग क्षतिविक्षत हुँदा उक्त सडक सञ्चालन गर्न कम्तीमा अझ १५ दिन लाग्ने चिनियाँ पक्षले बताएको छ ।
    जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी सरस्वती अधिकारीले चीनतर्फको बाटो खुलाउन चिनियाँ पक्षसँग निरन्तर संवाद भइरहेको बताउँदै संवादमा बाटो खुलाउन निरन्तर काम भइरहेको चिनियाँ पक्षले बताएको बताउनुभयाे । प्रवक्तासमेतको जिम्मेवारी रहनुभएकी अधिकारीले चिनियाँ पक्षले सडक खुलाउन तीव्र काम भइरहेको र अबको कम्तीमा १५ दिनमा सञ्चालन हुने जानकारी प्राप्त भएको बताउनुभयाे ।
    यस्तै नेपाल हिमालयन सीमापार व्यापार संघका महासचिव रामचन्द्र पराजुलीले  नेपालतर्फको बाटो  सुचारु भएको तर चीनतर्फको सडक बनाउन कम्तीमा १५ दिन लाग्ने स्थानीयले बताएको जानकारी गराउनुभयाे। महासचिव पराजुलीले एक्कैपटक चीनसँग जोडिएका सर्वाधिक महत्वपूर्ण दुई नाका रसुवाको केरुङ र सिन्धुपाल्चोकको तातोपानी नाकाबाट चीनतर्फबाट मालवस्तु आउन बन्द हुँदा नेपालमा चिनियाँ उत्पादित उपभोग्यवस्तुको मूल्य वृद्धि हुने बताउनुभयाे । साथै पराजुलीले लामोसमय सडक बन्दहुँदा चीनतर्फबाट आयात गर्ने व्यापारीहरू मर्कामा परेको र चीनतर्फ निर्यात गर्ने व्यापारीहरू समेत समस्यामा परेको बताउनुभयाे।
    यता सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष एवं व्यवसायी बुद्धराज बस्नेतले तातोपानी नाकाहुँदै आउने नेपालतर्फको सडकका दुईओटा पुल लार्चा र लिपिङ खोलाको पुल र केही ठाउँको सडक मर्मत पछि आयात निर्यात सुचारु हुने बताउनुभयाे । उहाँका अनुसार उक्त पुल र सडक बनाउन सरकारले तदारुकताका साथ काम गरे एक हप्तामै सडक सञ्चालन हुने बताउनुभयाे ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    सुनसरी गोलीकाण्ड छानबिन गर्न गृह मन्त्रालयद्वारा पाँच सदस्यीय समिति गठन

    काठमाडौँ । सुनसरीमा सुरक्षाकर्मीको गोली लागेर एक युवकको मृत्यु भएको घटनाको छानबिन गर्न गृह मन्त्रालयले पाँच सदस्यीय समिति गठन गरेको

    नारायणी अस्पताल घटनाः चिकित्सकमाथि आक्रमण आरोपमा एक पक्राउ, थप अनुसन्धान…

    वीरगञ्ज ।  वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि चिकित्सकमाथि भएको आक्रमणको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको

    सिमलतालमा पहिरो पन्छाइएपछि मुग्लिन–नारायणगढ सडक पुनः सञ्चालन

    चितवन — मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत सिमलताल नजिक आज बिहान खसेको पहिरो पन्छाइएपछि सडकमा सवारीसाधनको आवागमन पुनः सञ्चालनमा आएको छ। सडक डिभिजन

    हेटौँडामा रक्ताम्य अवस्थामा पुरुष मृत फेला, सँगै रहेकी महिला फरार

    हेटौँडा, मकवानपुर — मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित यातायात व्यवस्था कार्यालय अगाडि एक पुरुष रक्ताम्य अवस्थामा मृत फेला परेका छन्। प्रारम्भिक

    काठमाडौंको सुन्दरीजलबाट ३० किलो गाँजासहित दुई जना पक्राउ

    काठमाडौं । काठमाडौंको सुन्दरीजल क्षेत्रमा लागूऔषध ओसारपसार नियन्त्रण अभियानअन्तर्गत प्रहरीले करिब ३० किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ

    अविरल वर्षाले देशभरका प्रमुख राजमार्ग प्रभावित, धेरै सडक पूर्ण रूपमा…

    काठमाडौँ ।  लगातारको वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न राष्ट्रिय राजमार्गमा यातायात सेवा प्रभावित भएको छ। केही सडकखण्ड पूर्ण

    Techie IT