Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण ११ सोमबार

    अपडेट
    गृहपृष्ठविश्वहिन्द महासागरमा डुंगा दुर्घटना ,२५० जना बेपत्ता

    हिन्द महासागरमा डुंगा दुर्घटना ,२५० जना बेपत्ता


    काठमाडौं । बंगलादेशबाट मेलिसिया जाँदै गरेको डुंगा हिन्द महासागरको पूर्वी किनारमा पर्ने अण्डमान सागरमा दुर्घटना हुँदा २५० जना वेपत्ता भएका छन् । संयुक्त राष्ट्र संघको शरणार्थी तथा प्रवासन एजेन्सीका अनुसार अण्डमान सागरमा डुंगा दुर्घटना हुँदा २५० रोहिङ्ग्या र बंगलादेशी नागरिक वेपत्ता भएका हुन् ।

    बीबीसीमा प्रकाशित समाचारअनुसार दुर्घटनामा परेको माछा मार्न प्रयोग हुने उक्त डुंगा बंगलादेशबाट मलेशियातर्फ जाँदै थियो ।तीव्र गतिको हावा, खराब समुद्री अवस्था र क्षमताभन्दा बढी मानिसहरू सवार रहेका कारण डुंगा समुद्रमा डुबेको समाचारमा उल्लेख छ ।

    बंगलादेश कोस्ट गार्डले समाचार एजेन्सी एएफपीलाई ९ अप्रिलमा उनीहरूको एक जहाजले डुंगा दुर्घटनामा परेका नौ जनाको उद्दार गरेको थियो ।

    उक्त डुंगा कहिले दुर्घटनामा परेको भन्ने बारे स्पष्ट नभएको बीबीसीमा उल्लेख छ । रोहिङ्ग्या म्यानमारको एक अल्पसंख्यक समुदाय हो । सन् २०१७ मा भएको हिंस्रक अभियानपछि उनीहरू ठूलो संख्यामा बंगलादेश भागेका थिए ।

    बहुसंख्यक बौद्ध धर्मावलम्बी रहेको म्यानमारमा रोहिङ्ग्या मुसलमानलाई नागरिकता दिइँदैन । बांगलादेशको खराब अवस्थाका कारण कयौं रोहिङ्ग्या जोखिमयुक्त समुद्री यात्रा गरेर मलेशिया जाने गरेका छन् ।बंगलादेश कोस्ट गार्डको जहाजले उद्दार गरेका मध्येका एक रफिकुल इस्लामले उद्दार हुनुअघि आफूले झण्डै ३६ घण्टासम्म समुद्रमा तैरिनु परेको बताएका छन् ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    डीआर कंगोमा इबोला महामारी भयावह, मृतक संख्या १,३०९ नाघ्यो

    काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र (डीआर) कंगोमा फैलिएको इबोला महामारी झन् भयावह बन्दै गएको छ। महामारीका कारण मृत्यु हुनेको संख्या एक हजार

    डीआर कंगोमा इबोला संक्रमण अझै नियन्त्रणबाहिर, डब्ल्यूएचओद्वारा उच्च सतर्कता

    काठमाडौं । लोकतान्त्रिक गणतन्त्र कंगो (डीआर कंगो)मा इबोला भाइरसको संक्रमण नयाँ–नयाँ क्षेत्रमा फैलिन थालेपछि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले संक्रमण अझै

    दैनिक इन्धन मूल्य प्रणालीको विरोधमा पाकिस्तानभर पेट्रोल पम्प बन्द गर्ने…

    काठमाडौँ ।  सरकारले लागू गर्न लागेको दैनिक इन्धन मूल्य निर्धारण प्रणालीको विरोध गर्दै पाकिस्तानभरका पेट्रोल पम्प सञ्चालकहरूले बुधबार रातिदेखि देशव्यापी

    विश्वकपको सबैभन्दा सुन्दर कथा : केप भर्डे

    काठमाडौं । शनिबार बिहान केप भर्डेले डेब्यू विश्वकपमा पहिलो हार ब्यहोर्दा स्टेडियममा धेरैका आँशु थामिएनन् । हो फुटबल निर्मम छ ।

    इरानद्वारा होर्मुज जलमार्ग बन्द गर्ने घोषणा, अमेरिका–इरान तनाव थप चर्कियो

    काठमाडौँ । इरानले विश्वकै महत्वपूर्ण समुद्री व्यापारिक मार्गमध्ये एक होर्मुज जलमार्ग (स्ट्रेट अफ होर्मुज) सबै प्रकारका जहाजहरूको आवतजावतका लागि अर्को

    फिलिपिन्समा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी जारी

    काठमाडौँ ।  फिलिपिन्समा शक्तिशाली भूकम्प गएपछि सुनामीको चेतावनी जारी गरिएको छ। अमेरिकाको भूगर्भ सर्वेक्षण संस्थाका अनुसार भूकम्प जमिनको सतहबाट करिब

    Techie IT