Techie IT
  • The Film Nepal
  • २०८३ असार १३ शनिबार

    अपडेट
    गृहपृष्ठराजनीतिसूचना संयन्त्र कमजोर हुँदा संसद् भवनमा आन्दोलनकारी प्रवेश गरेको निष्कर्ष

    सूचना संयन्त्र कमजोर हुँदा संसद् भवनमा आन्दोलनकारी प्रवेश गरेको निष्कर्ष


    फागुन १४ मा नयाँ बानेश्वरस्थित संसद् भवनमा लघुवित्तका ऋणीहरू प्रवेश गरेको घटनाबारे छानबिन गर्न गठित समितिले आफ्नो प्रतिवेदन बुझाएको छ ।

    प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनाली नेतृत्वको छानबिन समितिले कमजोर ‘सूचना संयन्त्र’का कारण अति संवेदनशील क्षेत्रमा लघुवित्तका ऋणीहरू प्रवेश गर्न सफल भएको निष्कर्षसहितको प्रतिवेदन बुझाएको हो । समितिका सदस्यहरूले उपत्यका प्रहरी कार्यालयका एआईजी दीपक थापालाई प्रतिवेदन हस्तान्तरण गरेका हुन् ।

    छानबिन समितिमा जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारी र उपत्यका प्रहरी कार्यालयका डीएसपी दिनेश घिमिरे सदस्य थिए । समितिले जिल्ला सुरक्षा समितिले सूचना सङ्कलन गर्ने संयन्त्र ‘चुस्त’ नबनाएको कारण घटना भएको निष्कर्ष निकालेको छ । प्रमुख जिल्ला अधिकारीले नेतृत्व गर्ने जिल्ला सुरक्षा समितिमा सबै सुरक्षा निकायको प्रतिनिधित्व हुन्छ । समितिको रिपोर्टमा भनिएको छ,‘जिल्ला सुरक्षा समितिले सूचना सङ्कलन चुस्त बनाएको देखिएन ।’
    घटना भएको दिन धेरैतिर प्रहरी परिचालन गर्नुपरेको हुनाले पनि सो घटना भएको छानबिन समितिको ठहर छ । घटना भएकै दिनमा क्रिकेट प्रतियोगिता, मिटरब्याज पीडितहरूको प्रदर्शन, भीआईपी तथा भीभीआईपी मुभमेन्टका कारण सुरक्षा निकायले त्यसतर्फ ध्यान दिन नपाएको छानबिन समितिले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।

    संसद् भवनमा प्रवेश गर्ने मार्ग सहज हुँदा प्रदर्शनकारीले छक्याएर छिरेको र सो कुरा ड्युटीमा खटिएका प्रहरीले सङ्केत नपाएको उपत्यका प्रहरी कार्यालयका एकजना अधिकृतले रातोपाटीलाई बताए ।

    संसद् भवनको गेटबाट सहज प्रवेश रोक्न ‘गेटमा दुई लेयरको सुरक्षा सिस्टम’ लागू गर्न समितिले सुझाव दिएको छ ।

    लघुवित्तका ऋणिहरुहरुलाई नेतृत्व गर्नेहरूले त्यसदिन प्रदर्शनको कार्यक्रम नभएको बताएपछि त्यही सूचनालाई भर पर्दा अप्रत्याशित घटना भएको छानबिन समितिको निष्कर्ष छ । छानबिन समितिका एकजना सदस्यले भने,‘लघुवित्तका ऋणीको नेतृत्वकर्ताले कार्यक्रम छैन भनेपछि त्यतातिर कसैले पनि ध्यान दिएको देखिएन ।’

    बानेश्वर क्षेत्रमा परिचालित सीआरभी (कन्ट्रोल रुम भेहिकल)का सुरक्षा अधिकारीले संसद् भवनतर्फ जाँदै गरेका प्रदर्शनकारीलाई सोधपुछ गर्दा ‘घुम्न हिँडेको’ भन्ने जवाफ पाएपछि सुरक्षाकर्मीहरूले त्यसतर्फ ध्यान नै नदिएको छानबिन समितिको निष्कर्ष छ ।

    स्थानीय प्रहरीको सहयोग नहुँदा संसद् भवनको गेटमा खटिएका सीमित प्रहरीले ४ दर्जन प्रदर्शनकारीलाई रोक्न नसकेको छानबिन प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा भनिएको छ,‘बाहिरी सुरक्षा घेरामा खटिएका सुरक्षाकर्मी र पोष्ट ड्युटीले छेक्न सक्ने अवस्था देखिँदैन ।’




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    कांग्रेसभित्र एकताको पहल : महामन्त्री घिमिरे र शेखर कोइरालाबीच विराटनगरमा…

    विराटनगर ।  नेपाली कांग्रेसका महामन्त्री गुरूराज घिमिरे र नेता शेखर कोइरालाबीच पार्टीभित्र देखिएको विवाद समाधान तथा एकता कायम गर्ने विषयमा

    परीक्षा बोर्डको नतिजा प्रक्रिया पारदर्शी र समयमै सम्पन्न गरिएको हो…

    काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रकाशन प्रक्रिया पारदर्शी र निर्धारित समयमै सम्पन्न गरिएको

    रास्वपाको दोस्रो चरण निर्वाचन तालिका सार्वजनिक, राति सवा ९ बजेदेखि…

    चितवन ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दोस्रो चरणअन्तर्गत पार्टी पदाधिकारी निर्वाचनको तालिका सार्वजनिक गरेको छ । केन्द्रीय निर्वाचन आयोगका

    अत्यधिक गर्मीका कारण वीरगञ्जका सबै विद्यालय चार दिन बन्द

    वीरगञ्ज । अत्यधिक गर्मी र बढ्दो तापक्रमका कारण वीरगञ्ज महानगरपालिकाले महानगरभित्र सञ्चालनमा रहेका सबै विद्यालयमा चार दिनका लागि बिदा घोषणा

    रास्वपाको महाधिवेशनमा मध्यरातदेखि मतदान सुरु, १८ सय मत खस्यो

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि मध्यरातदेखि मतदान सुरु भएको छ ।

    बेनी–जोमसोम सडकखण्डमा पहिरो : इभी चालकको मृत्यु

    म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ महभिरस्थित बेनी–जोमसोम सडकखण्डमा पहिरो खस्दा इभी गाडी पुरिएर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा

    Techie IT