सुनको मूल्यमा नयाँ कीर्तिमान, कतिमा हुँदैछ कारोबार ?
काठमाडौ । नेपाली बजारमा आज बुधबार सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । अन्तर्राष्ट्रिय बजार समेतमा उकालो लागेको सुन नेपाली बजारमा आज प्रतितोला एक लाख ५३ हजार रुपैयाँ कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापवाला सुन प्रतितोला एक लाख ५३ हजार रुपैयाँमा कारोबार हुने गरी निर्धारण भएको छ । मङ्गलबार प्रतितोला एक लाख ५२ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज आठ सय रुपैयाँले वृद्धि भई नयाँ रेकर्ड कायम गरेको हो ।
यस्तै, चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ । मङ्गलबार प्रतितोला एक हजार आठ सय २० रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने एक हजार आठ सय ३५ रुपैयाँमा कारोबार भएको छ ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ कलाकार सागर लम्साल ‘बले’ हाजिरी जमानीमा रिहा
- २ यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
- ३ सिन्धु त्रिवेणीघाटको सम्भावना
- ४ खाना पकाउने ग्याससहित सबैजसो पेट्रोलियम पदार्थको भाउ बढ्यो
- ५ ९ वटा बैंकको ब्याजदर घट्यो, १० वटाको स्थिर
- ६ नेपाल तथा भारतका २८ जना प्राज्ञलाई नइ प्रज्ञा पुरस्कार
- ७ आज जनआन्दोलन दिवस मनाइँदै

तपाईको प्रतिक्रिया दिनुहोस