Techie IT
  • The Film Nepal
  • २०८३ असार ११ बिहीबार

    अपडेट
    गृहपृष्ठअर्थतन्त्रसिन्धुपाल्चोक उद्योग वाणिज्य संघको अध्यक्षमा बुद्धराज बस्नेतसहिले दर्ता गराए उम्मेदबारी

    सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको अध्यक्षमा बुद्धराज बस्नेतसहिले दर्ता गराए उम्मेदबारी


    आगामी चैत्र १० गते हुने सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको अधिवेशनमा अध्यक्षका लागि ३ जनाले मनोनयन पत्र दर्ता गराएका छन् । निर्वाचन समितिका अनुसार अध्यक्ष पदका लागि बुद्धराज बस्नेत, शम्भुबहादुर तिमल्सिना र सुमन खत्रीले उम्मेदवारी दर्ता गराएका हुन् । उनीहरु तीनै जना नेपाली कांग्रेस निकट हुन् ।

    वरिष्ठ उपाध्यक्षमा पनि ३ जनाकै उम्मेदवारी परेको छ । उनीहरुमा उमेश प्रधान, विदुरप्रसाद पराजुली र सूर्यबहादुर कार्की रहेका छन् । यसैगरी प्रथम उपाध्यक्षमा भने भेषबहादुर बस्नेत (राजेन्द्र) निर्विरोध चयन भएका छन् । द्धितीय उपाध्यक्षका लागि इन्द्रबहादुर राउत र राजेश श्रेष्ठको उम्मेदवारी परेको छ । यसैगरी तृतीय उपाध्यक्षमा बिचारी पराजुली निर्विरोध चुनिएका छन् । महासचिवमा पनि ईश्वर गुभाजूको मात्रै उम्मेदवारी परेकाले उनी निर्विरोध चयन भएका छन् । यसैगरी सचिव पदका लागि तीर्थ पौडेल र मोहनभक्त श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै उद्धव पौडेल सह कोषाध्यक्षमा निर्विरोध चयन भएका छन् ।

    यसैगरी १५ जना कार्यसमिति सदस्यका लागि ३० जनाले उम्मेदवारी दर्ता गराएका छन् । उनीहरुमा अम्मर बहादुर श्रेष्ठ, अशोक कुमार श्रेष्ठ, ईश्वर खत्री उद्धव तिमल्सिना, उमेश श्रेष्ठ, कुमार थापा, गणेश नेपाल, घनश्याम तिवारी, चित्र कुमार चौलागाई, चङा शेर्पा, दलबहादुर रुम्बा हुन् । दावा ग्याल्जेन शेर्पा, दिनेश रोक्का, नवराज भट्टराई, प्रकाश पौडेल, भूपेन्द थापा, मणिक लाल श्रेष्ठ, राजकुमार बस्नेत, राजकुमार राई, रञ्जित पौडेल, रामकृष्ण बस्नेत विजय विदुर खड्का, विनोद बहादुर गुभाजू, सशवरामा दैगाल, शिवहरि श्रेष्ठ, सन्तोष ािपकोटा, सुरज तिमल्सिना, सुशान्त भट्टराई र हेमबादुर योञ्जनले पनि सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । २ जना महिला सदस्यमा कल्याणी घिसिङ र चमेली श्रेष्ठ निर्विरोध चयन भएका छन् ।

    अध्यक्षमा उम्मेदवारी दिएका तीनैजना नेपाली कांग्रेस निकट हुन् । शम्भु बहादुर तिमल्सिना नेपाली कांग्रेस बाह्रबिसे नगरपालिकाका ईकाई सभापति हुन् भने बुद्धराज बस्नेत र सुमन खत्री स्थानीय नेता हुन् ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    बेनी–जोमसोम सडकखण्डमा पहिरो : इभी चालकको मृत्यु

    म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ महभिरस्थित बेनी–जोमसोम सडकखण्डमा पहिरो खस्दा इभी गाडी पुरिएर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा

    रास्वपा महाधिवेशन : मतदान राति साढे ८ बजेदेखि, ३८४ उम्मेदवार…

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि मतदान आज राति साढे ८ बजेदेखि सुरु हुने

    नेप्सेमा दोहोरो अंकको गिरावट, सूचक २६६० बिन्दुमा सीमित

    काठमाडौँ । साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ । आज नेप्से १४.४५

    बालेन शाह सचिवालयका तीन सदस्य रास्वपाको केन्द्रीय समितिमा उम्मेदवार

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति सदस्य पदका लागि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह को सचिवालयसँग आबद्ध तीन

    रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध, केन्द्रीय सदस्यमा मतदान हुने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन्। बन्द सत्रपछि रास्वपा निर्वाचन आयोगका उपप्रमुख

    नेप्सेमा २६ अङ्कको गिरावट, अधिकांश कम्पनीको शेयर मूल्य घट्यो

    काठमाडौँ | धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का

    Techie IT