सिद्धिविक्रम शाह एआईजीमा बढुवा, कार्य विभागमा पदस्थापन
काठमाडौं । प्रहरी नायव महानिरीक्षक (डीआईजी) सिद्धिविक्रम शाह प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका छन् | बिहीबार बसेको मन्त्रिपरिषद बैठकले शाहलाई रिक्त एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो। बढुवा समितिको बैठकले पहिलो नम्बरका डीआईजी शाहलाई बढुवा गर्न जेठ ६ गते सिफारिस गरेको हो।
कार्यविभागका एआईजी लालमणि आचार्य १० जेठमा ५६ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा जानेभएपछि त्यो ठाउँमा शाहलाई बढुवाका लागि सिफारिस गरिएको थियो । आचार्य अवकास हुनु एकसाता पहिले नै शाहलाई सिफारिस गरिएको थियो। आफ्नो ब्याचबाट शाह एआईजी बन्ने पहिलो अधिकारी हुन्। उनका ब्याचका अरू प्रहरी अधिकृत डीआईजीसम्म मात्रै छन्।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ राज्यबाट सिर्जित सुकुम्बासी : आर्थिक, कृषि तथा भूमिनीतिको यथार्थ
- २ ट्रम्पद्वारा इरानसँगको वार्ता रोक्न निर्देशन, सम्झौताका लागि तेहरान तयार हुनुपर्ने अडान
- ३ बाढीपहिरोले देशभरका मुख्य राजमार्ग प्रभावित, विभिन्न सडकखण्ड अवरुद्ध
- ४ ललितपुर अदालतले पत्रकार श्रेष्ठविरुद्ध पक्राउ पुर्जी जारी गर्न अस्वीकार
- ५ धर्नामा बसेकाको स्वास्थ्य र सुरक्षाको व्यवस्था गर्न मानव अधिकार आयोगको आग्रह
- ६ साउनमा ७० हजारभन्दा बढीले लिए श्रम स्वीकृति
- ७ आज नौ संसदीय समितिको बैठक बस्दै, विभिन्न विषयमा छलफल हुने

तपाईको प्रतिक्रिया दिनुहोस