Techie IT
  • The Film Nepal
  • २०८३ असार ५ शुक्रबार

    अपडेट
    गृहपृष्ठअर्थतन्त्रसहकारीपीडितको बचत रकम फिर्ता गर्ने सरकारको तयारी

    सहकारीपीडितको बचत रकम फिर्ता गर्ने सरकारको तयारी


    काठमाडौं/ ९ कातिक, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमार्फत ५८ करोड रुपियाँको दायित्व फरफारक गरिएको बताउनुभएको छ ।
    समस्याग्रस्त घोषित सहकारी संस्थाका ऋणीबाट नौ करोड ऋण असुल भएको, तीन वटा मार्ट व्यवस्थापन भएको, सहकारी संस्थाका १७ सेवा केन्द्रको व्यवस्थापन भएको, ऋणी सदस्यलाई दायित्व फरफारकका लागि सार्वजनिक सूचना प्रकाशन गरिएको उहाँले बताउनुभयो ।
    २२ वटा समस्याग्रस्त सहकारीमध्ये तीन वटा सहकारीको समस्या हल भइसकेको बताउँदै उहाँले यो वर्षभित्र बाँकी रहेका १० वटा सहकारीको सम्पूर्ण समस्या समाधान गर्ने र बाँकी सहकारीको आगामी वर्षभित्र समाधान गर्ने बताउनुभयो ।
    मन्त्रालयमा कार्यभार समालेको एक सय दिन अवधिमा हासिल भएका प्रमुख कार्य र उपलब्धि बिहीबार सार्वजनिक गर्दै उहाँले सम्बन्धित सहकारीका सञ्चालक र पीडितसँग समन्वय गरेर पीडितको बचत फिर्ता गरिने जानकारी दिनुभयो ।

    सहकारीको तरलताको समस्या समाधानका लागि बचत तथा ऋण सहकारी संस्थासम्बन्धी स्थिरीकरण कोष स्थापना तथा सञ्चालन कार्यविधि, २०७६ संशोधन गरी कार्यान्वयनमा ल्याइएको उहाँले जानकारी दिनुभयो ।

    सहकारीसम्बन्धी विद्यमान समस्या समाधान गर्न सहकारी प्रवर्धन कोष सञ्चालन कार्यविधिको मसौदा प्रतिवेदन तयार गरिएको जानकारी दिँदै मन्त्री अधिकारीले भन्नुभयो, “तिनै तहका सहकारीको नियमनका लागि सहकारी नियामक निकाय स्थापनासम्बन्धी कानुनको मसौदा तयार गरी मसौदाउपर सरोकारवालाको रायसुझाव लिने कार्य अगाडि बढाइएको छ । साथै सहकारी बचत तथा कर्जा सुरक्षणका लागि सहकारी बचत तथा कर्जा सुरक्षण कोष नियमावलीको मसौदा तयार गरिएको छ ।”

    जग्गाधनी प्रमाणपुर्जा

    रुपन्देही, कपिलवस्तुलगायत विभिन्न जिल्लाका एक हजार ५६५ परिवारलाई जग्गाधनी दर्ता प्रमाणपुर्जा उपलब्ध गराइएको मन्त्री अधिकारीले बताउनुभयो ।

    सय दिनको अवधिमा व्यक्तिविशेषले अनधिकृत रूपमा दर्ता गरेको वा अतिक्रमण गरेको सरकारी सार्वजनिक जग्गा कास्कीमा ३८९ रोपनी, काठमाडौँमा १७ रोपनी पाँच आना र नवलपरासीमा २५ बिघा नेपाल सरकारका नाममा कायम गरिएको उहाँले जानकारी दिनुभयो ।

    हाल सहकारी क्षेत्रमा देखा परेका समस्या समाधानका लागि अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैङ्क, कर्जा सूचना केन्द्र, निक्षेप तथा कर्जा सुरक्षण कोषलगायत सरोकारवाला निकायबिच छलफल गरी समस्या समाधानका लागि प्रक्रिया अगाडि बढाइएको मन्त्री अधिकारीले बताउनुभयो ।

    स्थानीय तहले भूउपयोग वर्गीकरणसम्बन्धी कार्य तोकिएको समयावधिभित्र सम्पन्न नगरेकाले कित्ताकाटमार्फत जग्गाको खरिदबिक्रीमा आएको अवरोध समाधान गर्न भूउपयोग नियमावली, २०७९ (दोसो संशोधन) मन्त्रीपरिषद्बाट स्वीकृत गरी कित्ताकाट सुचारु हुने व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो ।

    जग्गा प्रशासन निर्देशिका, २०८१ को मसौदा तयार भई स्वीकृतिको चरणमा रहेको तथा नेलिस मेरो कित्ता प्रणाली देशभरका नापी कार्यालयमा विस्तार गर्नका लागि खरिद प्रक्रिया अगाडि बढाइएको मन्त्रालयको सयदिने उपलब्धिमा उल्लेख छ ।

    यस्तै गुठी संस्थान कर्मचारीको सेवा, सर्त तथा सुविधासम्बन्धी विनियमावली स्वीकृतिका लागि कानुन मन्त्रालयको सहमतिका लागि पेस गरिएको सयदिने उपलब्धिमा छ । नेपाल सहकारी वित्तीय संस्थालाई समस्याग्रस्त घोषित गरी व्यवस्थापनका लागि समस्याग्रस्त सहकारी व्यवस्थापन समितिसमक्ष पठाइएको मन्त्रालयको उपलब्धिमा उल्लेख छ ।

    आन्दोलनरत सहकारीपीडित बचतकर्ता अभियानसँग वार्ता गरी सहकारीसम्बन्धी समस्या छिटो समाधान गर्न कार्यसूचीको प्रारम्भिक मसौदा तयार भएको छ ।

    सय दिनको अवधिमा सबै मालपोत कार्यालयबाट कुल १२ अर्ब ४९ करोड ५५ लाख रुपियाँ राजस्व सङ्कलन भएको र महिला तथा अन्यलाई गरी ९९ करोड ४० लाख रुपियाँ राजस्व छुट दिइएको छ ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    वीरताको कथा प्रस्तुत गर्ने चिनियाँ मार्सल आर्ट (वुसिया) चलचित्र काठमाडौं…

    पोखरा, ४ असार, कृत्रिम बुद्धिमत्तामार्फत विकसित वीरताको कथालाई प्रस्तुत गर्ने चिनियाँ वुसिया (मार्सल आर्ट) चलचित्र काठमाडौं र पोखरामा प्रदर्शन गरिएको

    परराष्ट्र मन्त्रालयको बजेट ११ प्रतिशतले वृद्धि, आर्थिक कूटनीति र डिजिटल…

    काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि परराष्ट्र मन्त्रालयको बजेट वृद्धि गर्दै आर्थिक कूटनीति, सार्वजनिक कूटनीति

    ऊर्जा क्षेत्रमा १ खर्ब १४ अर्ब बजेट, आगामी वर्ष १,०४०…

    काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ऊर्जा क्षेत्रलाई देशको आर्थिक रूपान्तरणको प्रमुख आधारका रूपमा विकास गर्न सरकार प्रतिबद्ध

    चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्किए परराष्ट्रमन्त्री खनाल, नेपाल–चीन सहकार्य…

    काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल चारदिने औपचारिक चीन भ्रमण सम्पन्न गरी बुधबार स्वदेश फर्किएका छन्। चीनका विदेशमन्त्री वाङ्ग यीको निमन्त्रणामा

    देशभर १६ सय नयाँ टेलिकम टावर निर्माण प्रक्रिया अघि बढ्यो,…

    काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले देशभर दूरसञ्चार सेवा विस्तार तथा गुणस्तर सुधारका लागि करिब १६ सय नयाँ

    नेपाल टेलिभिजनका उपकरण तथा सेवा खरिदबारे छानबिन गर्न चार सदस्यीय…

    काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्था नेपाल टेलिभिजनद्वारा विभिन्न समयमा गरिएका उपकरण, प्रविधि तथा सेवा खरिद

    Techie IT